एउटै कार्यालयबाट २२ जनाको दरबन्दी कटौती

0
443

 

असोज ११, २०७६ सल्यान ,  डिभिजन वन कार्यालय सल्यान र मातहत निकायमा रहेका २२ कर्मचारीको दरबन्दी कटौती भएको छ। ५३ जनाको दरबन्दी रहेको कार्यालयमा १८ बन रक्षक र ४ सहायक वन अधिकृतको दरबन्दी कटौती भएको हो। कर्मचारीको दरबन्दीको कतौटी भएपछि सेवा प्रवाह प्रभावित भएको छ। डिभिजन र ८ सव डिभिजनमा एक उपसचिव, ११ सहायक वन अधिकृत, ३२ वन रक्षक, १ रेन्जर,२ फरेस्टर, १ नायव सुब्वा एक खरिदार, एक लेखापालको दरबन्दी भएको कार्यालयमा कुनै छलफल विनै दरबन्दी कटौती भएको डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले बताए। अनाधिकृत दरबन्दी कटौती हुँदा कामकाज गर्न निकै समस्या भएको उनको भनाई छ। उनले भने, ‘एकातिर प्रदेश सरकारले भू–संरक्षण, पर्यटन, घरेलु, उद्योगको कार्यक्रम वन कार्यालयका थुपारेको छ उता कर्मचारी भारी मात्रामा कटौती गरि रहेको छ।’ प्रदेश सरकारको यस प्रकारको कार्यले कर्मचारीमा निरासा छाएको उनको भनाई छ। दरबन्दी कटौतीले वन क्षेत्रको काम प्रभावकारी नहुने र स्वीकृत कार्यक्रम पनि गर्न नसक्ने अवस्था आएको कार्कीको भनाई छ। उनले भने, ‘कर्मचारी नै नभएपछि कसरी काम हुन्छरु कसरी सफल हुन्छन् कार्यक्रमरु’

फरेस्टर घरेलुमा सरुवा

प्रदेश सरकारले डिभिजन वन कार्यालयका फरेस्टरलाई घरेलु तथा साना उद्योग विकास समितिमा सरुवा गरेको छ। कही नभएको जात्रा प्रदेश सरकारले गरेको कर्मचारीको आरोप छ। सम्बन्ध नै नभएको फरेस्टरलाई घरेलुमा सरुवा गरिँदा कस्तो प्रतिफल पाउन सकिएका प्रमुख कार्कीले बताए। उनले एक जना फरेस्टर र सुब्बालाई घरेलुमा काजमा सरुवा भएको उनको भनाई छ। काम घरेलुको गर्ने तलव चाही वन कार्यालयबाट खुवाउनु पर्ने बाध्यता रहेको बताए। वनको सरंक्षण गर्ने कार्यालयलाई पर्यटन सडक बनाउन निर्देशन दिनु, फरेस्टरलाई घरेलुमा सरुवा गर्नु, चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन थोरै दिन मात्र बाँकी रहदा समेत कार्यक्रम नपठाउनु, कर्मचारीको दरबन्दी कटौती गर्दै जानुले विकास होइन यथास्थितिमा रहने वातावरण समेत नरहेको डिभिजन प्रमुख कार्कीको भनाई छ।

थाहा खबरबाट

SHARE