Friday, June 5, 2026

पुरानो पुस्तासंगै सति गए कला र संस्कृति, दुर्लभ बन्दै देउँसी र भैलो

0
टोपलाल अर्याल, गुल्मी कार्तिक १३ ।

टाउकोमा रुमाल । कम्मरमा पटुका र फ्रर्ग । सोनम विक भैलोका मारुले हुन् । टाउकोमा माला गुथेका मादले सुरेश विक । टोलीमा भट्याउन खप्पिस नविन पन्थी ।
कहिले चुटका । कहिले मेलो । संगीले गलोमा गलो थप्थे । मालिका गाउँपालिका ७ घमिर भानपोखराका बालबालिकाले देखाएको देउँसीभैलोले जो कसैलाई बालापनको प्यास मेटाउँथ्यो । उनीहरु गाउँका टोल बस्तीहरुमा तीन दिन देखि देउँसीभैलो खेलिरहेका छन् । टोलीमा १० जना छन् । सवैको उमेर १५ कटेको छैन् ।
उदेश्य नौलो हैन । संकलित पैसाले पुसे १५ मा खाजा खाने योजना उनीहरुको छ । पछिल्ला तीन बर्षदेखि रमाइलोकै लागि देउँसीभैलो खेल्दै आएको देउँसीभैलो टोलीका सदस्य आशिष पन्थीले बताए । नयाँ पुराना भाका सवै गाउँछन् । मादल बजाउनेसंग पनि देउँसीभैलोकै कला छ ।

उनीहरुसंग देउँसीभैलोको छुट्टै शिक्षा र अभ्यास छैन । यो पुर्वजको देखासिकीनै हो । ‘ठुलो टोलीका अरु खेलेको देखेको मात्रै हो, अरु आफैले सिकेका छौ,’पन्थीले भने,‘तीन बर्षदेखि खेल्न थालेकाले आफै राम्रो बन्दै गएको छ ।’ टोलीले गत बर्ष तीन हजार मात्रै जम्मा गरे । अहिले पनि त्यसकै वरिपरी रकम संकलन हुने आशा उनीहरुको छ।
गाउँमा एक घण्टा नाचेर पनि २० रुपैयाँ दिने र घरमा देउँसीभैलो खेल्दा खुसीभन्दा समस्या ठान्ने गरिएकाले यो संस्कृति र कलाप्रतिको उर्जा मर्न थालेको घमिरकै लोक सर्जक सन्तोष लम्सालले बताए । बसाइसराईले गाउँ रित्तिएका छन् । अहिले देउँसीभैलोमा पाको आवाज गाउँमा सुनिदैन । कला र संस्कृति पुरानो पुस्तासंगै सति गए ।

फाट्टफुट्ट रुपमा गाउँघरमा भेटिएका साना देउँसीभैलोले पनि प्रोत्साहन नपाएका कारण हराएर गएको इस्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए । केहि बर्ष पहिलेसम्म तिहारमा दैनिक चार÷पाँच समुहले देउँसीभलो देखाउने गरेको अनुभव अधिकारीसंग छ । अहिले दैनिक एक समुह पनि आउँदैनन् ।

आएपनि नेपाली मौलिकपनबाट टाढा रहेको देउँसीभैलो प्रस्तुत गर्ने गरिएको वडाध्यक्ष अधिकारीले बताए । इस्माका सुत्लो घर्तिले देवि बान्थे । उनका मित भक्ते खड्का र विरे गन्र्धव मारुनी थिए । टोलीका गुरु लिले गन्धर्व र मदले कृष्णे सार्की । बिने सार्की पुर्सुङ्गे थिए ।

भैलोका सवैजना अब्बल कलाकार हुन् । यी मध्येका कुनै जिवित छैनन् । उनीहरुको मृत्युपछि केहि बर्ष छोराहरुले यो संस्कृतिको संरक्षण गरे । अहिले पुरानो देउँसीभैलोका मारुने, पुर्सुङ्ग, मादले वा गाउने कला नयाँ पुस्तामा नपाइने दम बहादुर बस्नेतले बताए ।

हेलो सरकारमा उजुरीका चाङ, धेरै यात्रु ठगिएका उजुरी

0

कात्तिक ११, २०७६ काठमाडौं . सरकारले सर्वसाधारणको गुनासो सुन्न संचालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढी जनगुनासोको चाङ लागेका छन्। हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्‍न सामाजिक सञ्‍जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलो सरकारमा आएको जानकारी दिइन्। त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै सम्बोधन गरिएको छ । ३२८ वटा गुनासो भने अध्ययनको प्रक्रियामा रहेका छन्। ती गुनासोहरु सम्बन्धित निकायमा फरवार्ड गरिएको पनि हेलो सरकारकी शाखा अधिकृत आचार्यले बताइन्। हेला सरकारमा धेरैजसो यातायात क्षेत्रको बेथितिबारे गुनासो आउने गरेको छ। त्यसैगरी विकास, निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याबारे पनि गुनासो आउने गरेको हेला सरकारले जनाएको छ। शाखा अधिकृत आचार्यका अनुसार सार्वजनिक सेवा प्रवाहमा जनताले हैरानी व्यहोर्नु परेको गुनासो पनि धेरै आउने गरेका छन्। सरकारले जनताको गुनासो तत्काल सम्बोधन हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी सो गुनासो सम्बन्धन गर्न हेला सरकार गुनासो व्यवस्थापन प्रणाली संचालनमा ल्याएको हो। यस प्रणालीले जनताको गुनासोलाई अभिलेखिकरण गरी सम्बन्धित निकायमा समस्या समाधानका लागि फरवार्ड गरिदिने काम गर्दछ। थाहाबाट

रेसुंगाको गौशलामा सामुहिक गौपूजा

0

तिलाचन पाण्डे
तम्घास कात्तिक ११ गते । यमपञ्चकको आज चौथो दिन गुल्मीको पबित्र स्थल रेसुंगामा रहेको गौशलामा सामुहिक गौ पूजा गरिएको छ । गौको महत्वलाई अझ बुझाउनका लागि पनि गौशलामा रहेको करिब २ सय गौहरुलाई सामुहिक पूजा गरि नुन , रोटी , तेल लगायत चामलको पिठो मिठा मिठा खानेकुरा खुवाइएको रेसुंगा संरक्षण समितिका अध्यक्ष शुरेस चन्द्र भुसालले जानकारी दिए । भुसालका अनुसार हाल आएर गौप्रबचन पनि सुनाउने र गौहरुको संरक्षणका निम्ति प्रतिब्याक्ति एक दिनमा एक रुपैयाँ उठाउन पनि सुरु गरिएको जानकारी दिए ।


गौशलालाई अझ ब्यबस्थित गर्नका रेसुंगा नगरपालिकाले बिशेष ब्यबस्था गर्ने नगरपालिकाले जनाएको छ । हिन्दु धर्म अनुसार गौलाई पूजा गर्नाले स्वर्गमा बास हुने धार्मिक मान्यता रहदै आएको छ ।

तिहारमा जम्दै जुवाको खाल, एकैदिन समातिए ६५ जना

0

कात्तिक ११, २०७६ काठमाडौं . तिहारका बेला जुवाको खाल चलाउनेमाथि प्रहरीले धमाधम धरपकड जारी राखेको छ । देशका विभिन्‍न स्थानबाट लाखौँको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सय भन्दा धेरैलाई पक्राउ गरिसकेको छ। शनिबार राति काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित धनाढ्य जुवाडे पक्राउ गरेको प्रहरीले गुल्मीमा जुवा खेल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ। गुल्मीको दरवार गाउँपालिका(७ गलाम बस्ने निलासिंह अधिकारीको घरमा जुँवा खेली रहेका १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । प्रहरीले जुवाको खालबाट २ लाख ८२ हजार रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जुवा खेलीरहेको अबस्थामा नियन्त्रणमा लिएका १७ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरीक्षक घलेले बताए । त्यसैगरि दाङको लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले ६ लाख ७८ हजार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोदविक्रम शाहकाअनुसार पक्राउ पर्नेमा जुवा खेलाउने श्रेष्ठ, लमही नगरपालिका(८ का प्रकाश खड्का, सोही ठाउँका कर्णबहादुर बुढाथोकी, खिम पुन, अशोककुमार खड्का, लमही नगरपालिका(३ का अमरबहादुर तामाङ, वडा नं ६ का भिविराज किराती र लमही(५ का मुकेश चौधरी छन् । इलाका प्रहरी कार्यालय लमहीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने शाहले बताए।

चितवनमा २० जना पक्राउ

पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। उनीहरुको साथबाट एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ। यसैगरी नारायणी नदीको पुलबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार आइतबार अपराह्न ४ बजे हाम फालेका अन्दाजी ३०÷३५ वर्षीय पुरुषको शव नदी किनारमा फेला पारिएको हो ।

गुल्मीमा ट्याक्टर दुर्घटनामा १५ जना घाइते ४ को अबस्था गम्भिर

0

कात्तिक ११ , २०७६ गुल्मी ः आइतबार राती गुल्मीमा टयाक्टर दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ च ३४०१ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए ।
देउसी भैलो खेल्न हिडेका समुह ट्याक्टरमा सवार गरिरहेको बेला दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये गम्भीर घाइते इस्मा गाउँपालिका वडानम्बर ६ बुल्म घर भएकाहरु ४० वर्षिय भुपेन्द्र कुमाल, २३ वर्षिय पदम कुँवर, १२ वर्षिय शेरे कुमाल, २९ वर्षिय प्रेम कुमालको पाल्पामा उपचार भइहरको घलेले जानकारी दिए ।
दुर्घटनामा परेर घाइते मध्ये ११ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकमै पल्टीएको छ ।
दुर्घटनामा परेर ट्याक्टर चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

0

कात्तिक ११ , २०७६ गुल्मी ः गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ परेका छन् । गुल्मी दरवार गापा ७ गलाम बस्ने निलासिंह अधिकारीको घरमा जुँवा खेली रहेका १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।
प्रहरीले जुवाको खालबाट २ लाख ८२ हजार रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जुवा खेलीरहेको अबस्थामा नियन्त्रणमा लिएका १७ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरीक्षक घलेले बताए । उनीहरुलाई आवश्यक अनुसन्धान गरी कानुन अनुसार कारवाही गरेरै छाडने घलेले दाबी गरे ।
त्यस्तै प्रहरीले पटका पडकाउदै हिडेका ७ जना युवालाई पक्राउ गरेको थियो । जिल्लाको सदरमुकाम तम्घासमै पटका पडकाउने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

पटका पडकाउने सात जना पक्राउ

0

कात्तिक १० , २०७६ गुल्मी ः गुल्मीको सदरमुकाम तम्घास बजारमा पटका पडकाउने ७ जनालाई प्रहरीले आइतबार राती करिब पौने नौ बजे नियन्त्रणमा लिएको छ ।
तम्घासको बसपार्क एरिया , खानीगाउँ , साहुटोलबाट प्रशासनले पटका पडकाउन प्रतिबन्द लगाएको समयमा त्यसको अबज्ञा गर्दै पटका पडकाउने उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यलय गुल्मीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खडकाले जानकारी दिए । खडकाका अनुसार पटका पडकाउने र रातको समयमा हो हल्ला गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाडने दाबी गरे ।

कपिलबस्तुमा माटाका भाडा बिक्री नहुँदा चिन्ता

0

कात्तिक १०, २०७६ कपिलवस्तु . पूजाआजा, चाडपर्व तथा शुभ साइतका बेला माटोको दियोमा बत्ती बाल्ने परम्परा हिन्दु धर्मावलम्बीमा कायमै छ। उज्यालोको पर्व तिहारमा घर, कार्यालय, चोकचौराहा झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीको प्रभाव बढेपछि माटाका पालाको महत्व घटेको अनुभव गर्न थालिएको छ। झिलिमिली बत्तीले माटोको पालालाई ओझेंलमा पारेको ज्येष्ठ नागरिकको बुझाइ छ। वर्षौंदेखि माटाका भाँडा बनाउँदै आएका कपिलवस्तुका कोहाँर तथा कसघड समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त भएका छन्। लक्ष्मीपूजा नजिकिँदै गर्दा यहाँका माटोका भाडा बनाउने समुदायमा उल्लास भने देखिँदैन। त्यस क्षेत्रमा सधै माटोको दियो, भाडा बनाउने भेटिन्छन्। तर अन्य समयको तुलनामा दशैं र तिहारमा दियो बढी खपत हुने भएकाले उनीहरू दियो बनाउन व्यस्त छन्। यद्यपि बिक्री नहुँदा तिहार मनाउने गर्जो टर्न हम्मेहम्मे पर्न थालेको यशोधरा गाउँपालिका ३ निवासी रामकरन कोहाँरको गुनासो छ। कोहाँर जातिले परम्परादेखि नै माटोको भाँडा बनाउदै आए पनि अहिलेका युवापुस्ताले परम्परागत पेशालाई नअपनाएपछि पेशा नै संकटमा पर्न थालेको छ। अर्कोतर्फ माटोकोे दियो, गागरो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कोहाँर पेशाकर्मी अहिले रेडिमेड झिलमिली बत्ती, बल्ब, भाँडाकुडाका कारण पेशा संकटमा पर्दै गएको हो। तिहार र छठ पर्वमा अत्यधिक खपत हुने माटोको दियो तथा अन्य माटोको भाँडा वनाउन कपिलवस्तुका कोहाँर र कसघड समुदाय यति वेला व्यस्त छन्।थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेशालाई अवमूल्यन गरेका कारण चाडपर्वको वेला बढेको माग पूरा गर्न बुढापाकालाई हम्मेहम्मे परेको छ। प्लाष्टिकका सामान सस्तोमा पाउने तथा आफूहरूले प्रयोग गर्ने माटो, दाउरा र रंगरोगनका सामग्रीको मूल्य बढेका कारण पेशालाई निरन्तरता दिन कठिनाइ भएको कपिलवस्तु नगरपालिका ८ का सुकई कोहाँर बताउछन्। लक्ष्मी पूजा र छठ पर्वको लागि घैटो कटिया, टुइया, धुपदानी, हाडी, नदिया, चौमुख, खपडी लगायतका गरी झण्डै चार दर्जन भन्दा बढी प्रकारका माटाका सामग्री आवश्यकता पर्दछन्। ती सबै सामग्री विगत ४० वर्षदेखि बनाउँदै आएको बताउने यशोधरा गाउपालिकाका ६० वर्षीय रामकरण कोहाँरले प्रतिदियो ५ रुपैयाँमा बिक्री गर्दा समेत उपभोक्ता खरिद नगर्ने गरेको गुनासो गर्दछन्। जसले गर्दा जीविकोपार्जन मै समस्या भएको उनी बताउँछन्। यस्तै कपिलवस्तु सदरमुकाम तौलिहवा क्षेत्रमा वसोवास गर्ने कोहाँरको पुर्खौली पेशा माटोको काममा भन्दा अन्य काममा आम्दानी बढी हुने गरेका कारण युवा अन्य पेशामा लाग्न थालेको संचारकर्मी नारद कोहाँर वताउँछन्। माटाका भाडाँ वनाएर जीविको चलाउन सक्ने अवस्था नभएकाले मौलिक व्यवसायलाई जीवन्त राख्न कठिनाइ पर्न थालेको उनीहरूको दुखेसो छ। त्यस्तै, विगत ७ वर्षदेखि इलेक्ट्रोनिक्स पसल चलाइरहेका सदरमुकाम तौलिहवास्थित चौकबजारका अजय कशौधनले हरेक तिहारमा झिलिमिली बत्ती पनि बेच्ने गर्छन्। उनका अनुसार हरेक वर्ष व्यापारमा वृद्धि भइरहेको छ। दिन प्रतिदिन स्थानीयको मागको चाप बढ्दै गएको र झन्झन् ठूल्ठूला घरको निर्माण भइरहेकाले पनि तिहारमा झिलिमिलीको ‘डिमान्ड’ पहिलाको भन्दा बढेको उनको भनाइ छ।थाहाबाट

भैलीको शैली बचाउँदै बालबालिका

0
All-focus

कात्तिक १०, २०७६ पर्वत . यतिबेला तिहारको रमाइलोले सबैमा उल्लास छाएको छ। गाउँ र शहर जतिसुकै झिलिमिली बत्ती र देउसी भैलोको आवाजले वातावरण तिहारमय बनेको छ। विभिन्न कारणले बजारमा बस्दै आएकाहरू गाउँमा फर्किनाले देउसी भैलोको रमाइलो पनि शहरमा भन्दा गाउँमा नै बढी हुने गरेको छ। तर गाउँमा खेलिने भैलिनीमा पनि युवा पुस्ता भन्दा बालबालिका नै बढी देखिएका छन्। पर्वतको फलेवास नगरपालिकाकी ८ वर्षीया आयुष्मा भण्डारी अध्ययनको लागि आफ्न बुबा र आमाको साथमा पोखरा बस्ने गरेकी छन्। तिहारको टीका लगाउन परिवार नै गाउँ आएपछि आयुष्मालाई घर र आफन्तको भन्दा देउसी भैलोको रमाइलो लागेको छ। उनी आफ्नै उमेर मिल्ने साथीहरू जम्मा पारेर घर घरमा हिँडिरहेकी छन्। ‘पोखराबाट आ’ को अनि साथीसँग धेउसी खेलेको, हजुरआमाले पनि खेल्न भन्नुभयो’ उनले भनिन्, ‘विवसले मादल बजाउँछन्।अर्की दिदीले भैलो भन भन्नुहुन्छ। एउटा घरमा ५ रुपैयाँ दिए हिजो। अहिलेसम्म २ सय रुपैयाँ झोलामा छ।’ पर्वत सदरमुकाम कुस्मा बजारमा पनि साना बालबालिकाको समूहले भट्टयाउँदै र गाउँदै देउसी खेलिरहेको दृश्य देखियो। करिब १२ वर्ष भन्दा कम उमेरका उनीहरूले जानी नजानी गाउँदै निकै खुसी भएका देखिन्थेँ। गाउँ र सहर जहाँ भेटीएपनि बालबालिकाले खेलेको देउसी र भैलोमा मौलिकता प्रस्ट देखिएको थियो।

‘रातो माटो, चिप्लो बाटो,

साइकलको घण्टी, छिटो दिनुस् अण्टी,

हामी त्यसै आएका होइनौं। बालिाराजाले पठाएर आएका हौँ।

यो घर कत्रोरु दरबारै जत्रो, घरमा सुनको छानो होस्।

माटो छोए अन्न बनोस्, ढुंगा छोए सुन बनोस्’ यस्तै(यस्तै आशीर्वाद दिँदै बालबालिका घर घरमा डुलिरहेका छन्। उनीहरूले गाएका गीत पनि उस्तै छन्। ‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनिबास।’ एउटा चोकमा साना बालबालिकाले नजानी नजानी भट्टयाएर भए पनि देउसी गाएको बेलामा अर्को चोकमा भने रेकर्ड गरिएका गीतमा चर्को आवाजमा बजाएर नाच्दै गरेका युवायुवतीको समूह देखियो। उनीहरू न त कसैले भट्ट्याए, न त मौलिक संस्कृतिका गीत नै गाए। उनीहरूले भैलीको नाममा जति बेर समय बिताए। त्यसमा रिमिक्स हिन्दी गीतको तालमा ब्रेक डान्सहरू देख्न सकिन्थ्यो। युवा पुस्ताको भैली शैलीबाट प्रभावित नभएका ससाना बालबालिकाले भने बरु नेपालकै मौलिक शैलीको गीत गाएको सुन्न पाइन्छ। ‘टिनेजर’ ले प्रविधिको फाइदा उठाउँदै ‘साउन्ड सिस्टममा’ चलचित्रका गीत, आधुनिक गीत, पप गीतहरू बजाएर नाच्दा मौलिक संस्कृति नै लोप हुने अवस्था देखिएको छ। त्यति मात्रै होइन युवाको समूह भैली खेल्न आइहालेका आशीर्वाद भन्दा धेरै पैसा मागेर हैरान पार्ने गरेको फलेवास नगरपालिकाकै ७९ वर्षीया गोमादेवी उपाध्यायले बताइन्। ‘हाम्रा पालका जस्ता भैली आजभोलिका छैनन्। केटारी मात्र खेल्न आएका छन्। जसोतसो हिँडेका छन् बरा१’ उनले भनिन्, ‘पाका मान्छे भैली खेल्न खासै आएका छैनन्। आए भनेनी आशीर्वाद दिन्नन्। छिटो दिनोस् भन्छन्। धेरै पैसा खोज्छन्।’ गोमादेवीको बिचारमा भैली खेल्नुको उद्देश्य पैसा भन्दा पनि आशीर्वाद र रमाइलो बढी हुनुपर्छ।थाहाबाट

तरुण दलको ६६औँ स्थापना दिवस

0

कात्तिक १०, २०७६ काठमाडौं . नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ। तरुण दलले आज बिहान काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजङ्ग बस्नेतले जानकारी दिए। विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए। त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बिपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए। राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो। यद्यपि विभिन्न नाममा युवा सङ्गठित हुँदै निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत थिए। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको अध्यक्ष बस्नेतले बताए। विसं २०५४ मा नेपालगञ्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए। त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल बस्नेत अध्यक्ष छन्। तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो। महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो। पञ्चानब्बे सदस्यीय रहने केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन। थाहाबाट