कपिलबस्तुमा माटाका भाडा बिक्री नहुँदा चिन्ता

0
927

कात्तिक १०, २०७६ कपिलवस्तु . पूजाआजा, चाडपर्व तथा शुभ साइतका बेला माटोको दियोमा बत्ती बाल्ने परम्परा हिन्दु धर्मावलम्बीमा कायमै छ। उज्यालोको पर्व तिहारमा घर, कार्यालय, चोकचौराहा झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीको प्रभाव बढेपछि माटाका पालाको महत्व घटेको अनुभव गर्न थालिएको छ। झिलिमिली बत्तीले माटोको पालालाई ओझेंलमा पारेको ज्येष्ठ नागरिकको बुझाइ छ। वर्षौंदेखि माटाका भाँडा बनाउँदै आएका कपिलवस्तुका कोहाँर तथा कसघड समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त भएका छन्। लक्ष्मीपूजा नजिकिँदै गर्दा यहाँका माटोका भाडा बनाउने समुदायमा उल्लास भने देखिँदैन। त्यस क्षेत्रमा सधै माटोको दियो, भाडा बनाउने भेटिन्छन्। तर अन्य समयको तुलनामा दशैं र तिहारमा दियो बढी खपत हुने भएकाले उनीहरू दियो बनाउन व्यस्त छन्। यद्यपि बिक्री नहुँदा तिहार मनाउने गर्जो टर्न हम्मेहम्मे पर्न थालेको यशोधरा गाउँपालिका ३ निवासी रामकरन कोहाँरको गुनासो छ। कोहाँर जातिले परम्परादेखि नै माटोको भाँडा बनाउदै आए पनि अहिलेका युवापुस्ताले परम्परागत पेशालाई नअपनाएपछि पेशा नै संकटमा पर्न थालेको छ। अर्कोतर्फ माटोकोे दियो, गागरो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कोहाँर पेशाकर्मी अहिले रेडिमेड झिलमिली बत्ती, बल्ब, भाँडाकुडाका कारण पेशा संकटमा पर्दै गएको हो। तिहार र छठ पर्वमा अत्यधिक खपत हुने माटोको दियो तथा अन्य माटोको भाँडा वनाउन कपिलवस्तुका कोहाँर र कसघड समुदाय यति वेला व्यस्त छन्।थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेशालाई अवमूल्यन गरेका कारण चाडपर्वको वेला बढेको माग पूरा गर्न बुढापाकालाई हम्मेहम्मे परेको छ। प्लाष्टिकका सामान सस्तोमा पाउने तथा आफूहरूले प्रयोग गर्ने माटो, दाउरा र रंगरोगनका सामग्रीको मूल्य बढेका कारण पेशालाई निरन्तरता दिन कठिनाइ भएको कपिलवस्तु नगरपालिका ८ का सुकई कोहाँर बताउछन्। लक्ष्मी पूजा र छठ पर्वको लागि घैटो कटिया, टुइया, धुपदानी, हाडी, नदिया, चौमुख, खपडी लगायतका गरी झण्डै चार दर्जन भन्दा बढी प्रकारका माटाका सामग्री आवश्यकता पर्दछन्। ती सबै सामग्री विगत ४० वर्षदेखि बनाउँदै आएको बताउने यशोधरा गाउपालिकाका ६० वर्षीय रामकरण कोहाँरले प्रतिदियो ५ रुपैयाँमा बिक्री गर्दा समेत उपभोक्ता खरिद नगर्ने गरेको गुनासो गर्दछन्। जसले गर्दा जीविकोपार्जन मै समस्या भएको उनी बताउँछन्। यस्तै कपिलवस्तु सदरमुकाम तौलिहवा क्षेत्रमा वसोवास गर्ने कोहाँरको पुर्खौली पेशा माटोको काममा भन्दा अन्य काममा आम्दानी बढी हुने गरेका कारण युवा अन्य पेशामा लाग्न थालेको संचारकर्मी नारद कोहाँर वताउँछन्। माटाका भाडाँ वनाएर जीविको चलाउन सक्ने अवस्था नभएकाले मौलिक व्यवसायलाई जीवन्त राख्न कठिनाइ पर्न थालेको उनीहरूको दुखेसो छ। त्यस्तै, विगत ७ वर्षदेखि इलेक्ट्रोनिक्स पसल चलाइरहेका सदरमुकाम तौलिहवास्थित चौकबजारका अजय कशौधनले हरेक तिहारमा झिलिमिली बत्ती पनि बेच्ने गर्छन्। उनका अनुसार हरेक वर्ष व्यापारमा वृद्धि भइरहेको छ। दिन प्रतिदिन स्थानीयको मागको चाप बढ्दै गएको र झन्झन् ठूल्ठूला घरको निर्माण भइरहेकाले पनि तिहारमा झिलिमिलीको ‘डिमान्ड’ पहिलाको भन्दा बढेको उनको भनाइ छ।थाहाबाट

SHARE