
वैशाख ८,२०८२ काठमाडौँ : सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।
सुन प्रतितोला एक लाख ९१ हजारमा कारोवार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको हो ।







