दूई हजार एक सय रुपैयाँले बढ्यो सुन

0
64

पुस २५,२०८२ काठमाडौँ :हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा दुई हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा दूई हजार एक सय रुपैयाँले बढेर तोलाको दूई लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलाको दूइृ लाख ६५ हजार सात सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको दूई लाख ६७ हजार सात सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ तोलाको चार हजार ८३५ रुपैयाँ थियो । अस्ति चाँदीको भाउ हालसम्मकै उच्च चार हजार ९३५ रुपैयाँ पुगेको थियो ।

SHARE