गुल्मीमा राहदानीबाट एक हप्तामा आठ लाख बढी राजस्व संकलन

0
154
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

वैशाख ८,२०८२ गुल्मी : गुल्मीमा राहदानीबाट आठ लाख ६५ हजार र संस्था नविकरणबाट छ हजार गरि कुल आठ लाख ७१ हजार रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिनुभयो ।

गत आइतबारदेखी शुक्रबारसम्म १८२ जनाले राहदानी बनाएको र रादानीबाट उक्त राजस्व संकलन भएको सहायक प्रमुुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

प्रशासनको अभिलेख अनुसार एक हप्तामा १०७ जनाले नयाँ नागरिकता बनाउँदा १०१ जनाले प्रतिलिपि बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्ताको अवधिमा १०७ जनाले नयाँ नागरिकता बनाउँदा १०१जनाले प्रतिलिपि बनाएको बताउनुभयो ।

नागरिकहरुले नागरिकतालाई माया नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउँने बढेको उहाँको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको गैरेले बताउनुभयो ।

गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता १०७, प्रतिलिपि १०१, नावलक परिचयपत्र १५ ,राहदानीको आवेदन सङकलन १८२, राहदानी वितरण १८२, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ३६५, परिचयपत्र वितरण ४२०, संस्था दर्ता तथा नविकरण चार र ८४ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

SHARE