पटका पडकाउने सात जना पक्राउ

0
475

कात्तिक १० , २०७६ गुल्मी ः गुल्मीको सदरमुकाम तम्घास बजारमा पटका पडकाउने ७ जनालाई प्रहरीले आइतबार राती करिब पौने नौ बजे नियन्त्रणमा लिएको छ ।
तम्घासको बसपार्क एरिया , खानीगाउँ , साहुटोलबाट प्रशासनले पटका पडकाउन प्रतिबन्द लगाएको समयमा त्यसको अबज्ञा गर्दै पटका पडकाउने उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यलय गुल्मीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खडकाले जानकारी दिए । खडकाका अनुसार पटका पडकाउने र रातको समयमा हो हल्ला गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाडने दाबी गरे ।

SHARE