गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

0
407

कात्तिक ११ , २०७६ गुल्मी ः गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ परेका छन् । गुल्मी दरवार गापा ७ गलाम बस्ने निलासिंह अधिकारीको घरमा जुँवा खेली रहेका १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।
प्रहरीले जुवाको खालबाट २ लाख ८२ हजार रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जुवा खेलीरहेको अबस्थामा नियन्त्रणमा लिएका १७ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरीक्षक घलेले बताए । उनीहरुलाई आवश्यक अनुसन्धान गरी कानुन अनुसार कारवाही गरेरै छाडने घलेले दाबी गरे ।
त्यस्तै प्रहरीले पटका पडकाउदै हिडेका ७ जना युवालाई पक्राउ गरेको थियो । जिल्लाको सदरमुकाम तम्घासमै पटका पडकाउने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

SHARE