रेसुंगाको गौशलामा सामुहिक गौपूजा

0
430

तिलाचन पाण्डे
तम्घास कात्तिक ११ गते । यमपञ्चकको आज चौथो दिन गुल्मीको पबित्र स्थल रेसुंगामा रहेको गौशलामा सामुहिक गौ पूजा गरिएको छ । गौको महत्वलाई अझ बुझाउनका लागि पनि गौशलामा रहेको करिब २ सय गौहरुलाई सामुहिक पूजा गरि नुन , रोटी , तेल लगायत चामलको पिठो मिठा मिठा खानेकुरा खुवाइएको रेसुंगा संरक्षण समितिका अध्यक्ष शुरेस चन्द्र भुसालले जानकारी दिए । भुसालका अनुसार हाल आएर गौप्रबचन पनि सुनाउने र गौहरुको संरक्षणका निम्ति प्रतिब्याक्ति एक दिनमा एक रुपैयाँ उठाउन पनि सुरु गरिएको जानकारी दिए ।


गौशलालाई अझ ब्यबस्थित गर्नका रेसुंगा नगरपालिकाले बिशेष ब्यबस्था गर्ने नगरपालिकाले जनाएको छ । हिन्दु धर्म अनुसार गौलाई पूजा गर्नाले स्वर्गमा बास हुने धार्मिक मान्यता रहदै आएको छ ।

SHARE