गुल्मीमा ट्याक्टर दुर्घटनामा १५ जना घाइते ४ को अबस्था गम्भिर

0
385

कात्तिक ११ , २०७६ गुल्मी ः आइतबार राती गुल्मीमा टयाक्टर दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ च ३४०१ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए ।
देउसी भैलो खेल्न हिडेका समुह ट्याक्टरमा सवार गरिरहेको बेला दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये गम्भीर घाइते इस्मा गाउँपालिका वडानम्बर ६ बुल्म घर भएकाहरु ४० वर्षिय भुपेन्द्र कुमाल, २३ वर्षिय पदम कुँवर, १२ वर्षिय शेरे कुमाल, २९ वर्षिय प्रेम कुमालको पाल्पामा उपचार भइहरको घलेले जानकारी दिए ।
दुर्घटनामा परेर घाइते मध्ये ११ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकमै पल्टीएको छ ।
दुर्घटनामा परेर ट्याक्टर चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

SHARE