Friday, June 5, 2026

उम्मेदवारको चुनावी नारा : दाङमा प्रदेश राजधानी ल्याउँछौं

0

मंसिर २, २०७६ दाङ: मंसिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा गाउँ-गाउँमा चुनावी माहोल बढ्न थालेको छ। दाङ क्षेत्र नं. ३ (ख) मा हुन गइरहेको निर्वाचनमा आ-आफ्नो पक्षमा मत माग्‍न उम्मेदवारलाई भ्याई नभ्याई छ। उपनिर्वाचनमा १२ दलका उम्मेदवार र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्। चुनावी मैदानमा उत्रिएका उम्मेदवारले दाङलाई प्रदेशको राजधानी बनाउनेदेखि पश्चिम दाङको विकास गर्ने भन्दै चुनावी नारा बनाएका छन्। यस पटक विशेष गरी (नेकपा) र नेपाली कांग्रेसका बीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। २०७४ सालमा भएको निर्वाचनमा प्रदेश सभाको लागि स्वर्गीय उत्तरकुमार वली र संघीयतर्फ हिराचन्द्र केसी तत्कालीन नेकपा एमालेबाट विजयी भएका थिए। चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा (नेकपा) ले स्वर्गीय वलीकी श्रीमती बिमला वलीलाई उम्मेदवार बनाएको छ। त्यसैगरी नेपाली कांग्रेसले पुराना, त्यागी, विभिन्न समयमा जेल जीवन बिताएका नेता केशव आचार्यलाई उम्मेदवार बनाएपछि निकै चासोका साथ हेरिएको छ। (नेकपा) की उम्मेदवार बिमलाले आफूले नै जित्ने दाबी गरिन्। उनले आफ्ना स्वर्गीय श्रीमान वलीले पश्चिम जनताका लागि धेरै काम गरेको बाँकी उनको सपना पूरा गर्नका लागि आफूलाई नै जनताले साथ दिने भन्दै जित निश्चित भएको बताइन्। उनले दाङको पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि, सञ्चार जस्ता कुराको पहुँच पुग्‍न नसकेको र विकास क्षेत्रमा पछि परेकोले पनि यस क्षेत्रको समग्र विकासको लागि आफू निरन्तर लाग्ने उनले बताइन्। त्यस्तै कांग्रेसको पक्षमा सबै तह र तप्काका नेता कार्यकर्ताहरू एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन्। यस पटकको निर्वाचनमा कांग्रेसको विजय निश्चित भएको दावी छ। उनले आफूलाई जिताए दाङलाई प्रदेशको राजधानी बनाउने महत्वपूर्ण भूमिका खेल्ने नेपाली कांग्रेसका उम्मेदवार आचार्यले बताए। यस्तै नेपाली कांग्रेसका उम्मेदवारले मात्र नभई प्रदेशको राजधानीको लागि समाजवादी पार्टी र राप्रपा संयुक्तले पनि राजधानीको लागि पहल गर्ने बताए। समाजवादी उम्मेदवार डिल्लीराज डाँगीले पनि आफूलाई चुनावमा जिताए पश्चिम दाङको विकास गर्ने र प्रदेशको राजधानी बनाउन पहल गर्ने बताए। त्यसैगरी राप्रपा संयुक्तका छोटिलाल थारुले पनि दाङमा राजधानी बनाउन पहल गर्ने बताए। जिल्लाको २ स्थानमा हुने उपनिर्वाचनका लागि ४२ मतदान केन्द्र र ३४ वटा निर्वाचनस्थल छन्। ती मध्ये ६ वटा स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील, २६ वटा संवेदनशील र २ वटा सामान्य रहेको जिल्ला सुरक्षा समितिक संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। भूगोल, सुरक्षा र दूरीका दृष्टिले ६ वटा निर्वाचनस्थल अति संवेदनशील मानिएको उनले बताए। दाङमा क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। जसअन्तर्गत क्षेत्र न ३ (ख) मा ३२ मतदानस्थल र घोराही उपमहानगरपालिका १६ मा दुई निर्वाचनस्थल रहेका छन्। दुई उपनिर्वाचन हुने थानमा ७३ हजार १७२ जना मतदाताहरू रहेका छन्। जस मध्ये क्षेत्र न ३ (ख)मा ६८ हजार ७१९ जना र घोराही उपमहानगरपालिका १६ मा ४ हजार ४५३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। २०७४ सालको निर्वाचनमा स्वर्गीय वलीले नेपाली कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीलाई ६ हजार ४३४ मतले हराएका थिए। स्व. वलीले २३ हजार ९७० मल ल्याएका थिए भने भण्डारीले १७ हजार ५३६ मत ल्याएका थिए।थाहाबाट

रामेछापको दोरम्बामा जीप दुर्घटना, दुईजनाको मृत्यु, १० बढी घाइते

0

मंसिर २, २०७६ रामेछाप : दोरम्बा गाउँपालिका १ डडुवाको धारानजिकै जीप दुर्घटनामा हुँदा २ जनाको ज्यान गएको छ भने १० जना बढी घाइते भएको दोरम्बा गाउँपालिका २ का अध्यक्ष खड्ग श्रेष्ठले जानकारी दिए।  दोलखाको झोरबाट रामेछापको दोरम्बामा पर्ने दहपातालका लागि रिजर्भमा हिडेकाे बलेरो सडकबाट करिव २ सय मिटर तल खसेको स्थानीय गोकर्ण श्रेष्ठले जानकारी दिए। घाइते मध्ये धरै जसोको अवस्था गम्भीर रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए। दुर्घटनास्थलबाट घाइतेहरूको उद्धार गरी दोरम्बा स्वास्थ्य चौकीमा उपचारका लागि पठाउने कार्य भइरहेको जनाइएको छ। गम्भीर घाइतेकाे प्राथमिक उपचारपछि काठमाडौं पठाउने तयारी भइरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए।  दुर्घटनाको जानकारी पाउना साथ दोरम्बा चौकीबाट प्रहरी उद्धारका लागि  घटनास्थलतर्फ हिडिसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक संतोषकुमार भट्टराईले जानकरी दिए। प्रहरीलाई घटनास्थल पुग्न १ घण्टा लाग्ने बताइएको छ। घटनाको विस्तृत जानकारी आउने केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नावय उपरीक्षक भट्टराईले जानकारी  दिए।थाहाबाट

निर्माणधिन रेसुंगा बिमानस्थलको मन्त्री ज्ञवालीद्धारा निरीक्षण

0

तिलाचन पाण्डे
मंसिर २ , २०७६ गुल्मी ः गुल्मीको रेसुंगा नगरपालिका वडा नं १० सिमीचौमा रहेको निर्माणधिन बिमान स्थलको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले निरीक्षण गरेका छन् । ज्ञवाली पर्यटनमन्त्री हुँदा निर्माण कार्यका लागि शिलन्यास गरेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बिमानस्थलको निरीक्षण गरेका हुन् । आगामी २०७७ जेठ महिनादेखि नियमित रुपमा उडान भर्ने गरी कार्य अगाडी बढेको रेसुंगा नगरपालिकाका प्रमूख डिल्लीराज भुसालले जानकारी दिए । निर्माणधिन बिमानस्थलको निरीक्षण गर्दै मन्त्री ज्ञवालीले दु्रत गतिमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको र निर्माण ब्यबसायीले पनि दु्रत गतिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भुसालले जानकारी दिए । यता निर्माण ब्यबसायी रौताहा हरीहरी जेभीका प्रमुख सन्तोष भुसालले आगामी जेठ महिनासम्म निर्माण कार्य सम्पन्न गर्ने गरी आफूले कार्य अगाडी बढाइरहेको दाबी गरे । २०७५ साल जेठ २५ गते तारा एयरको ९ एनएकेएल कल साइन भएको बिमानले परीक्षण उडान भरेको र परीक्षण उडान सफल भएको थियो ।


बिमान स्थल निर्माणका लागि ४६ रोपनी जग्गाको मुअब्जा बितरण गरी १ सय १२ रोपनी जग्गामा ७ सय मिटर लम्बाई ९० मिटर चौडाइको धाबन मार्ग निर्माणका लागि हालसम्म ११ करोण रुपैयाँ खर्च भइसकेको र बिमान स्थलको धाबन मार्ग कालोपत्रे र अन्य संरचना निर्माणका लागी ८ करोण ठेक्का भइसकेको निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । २०७७ साल जेठ देखी बिमानस्थलबाट नियमित उडान भर्ने पन्तले जानकारी दिए ।

निर्माण ब्यबसायी सम्मानीत

0

तिलाचन पाण्डे
मंसिर २ , २०७६ गुल्मी ः जुभुङ स्वास्थ्य चौकीको नबनिर्मित भबनका निर्माण ब्यबसायी श्रेष्ठ कन्ट्रक्सन प्रालि गुल्मीका प्रमुख हरि कुमार श्रेष्ठ सम्मानीत भएका छन् । नबनिर्मित भबनको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले श्रेष्ठलाई सम्मान गरेका हुन् । स्वास्थ्यचौकी भबन निर्माण कार्य तोकीए बमोजिम सम्पन्न गरेको स सम्मान प्रमाणपत्रले सम्मान गरिएको हो । अत्याधुनिक सुबिधा सम्पन्न भबनको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले निरीक्षण समेत गरेका थिए । १ करोण ५३ लाख ६१ हजार ६४५ रुपैयाँमा २०७३ साल असोज १४ गते सम्झौता गरी २०७५ फागुन २७ गते सम्पन्न गरी हस्तान्तरण गरेको र हाल आएर उद्घाटन गरिएको शहरी बिकास तथा भबन निर्माण बिभाग संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

कफी खेती गाउँमा , कार्यक्रम शहरमा

0

तिलाचन पाण्डे
मंसिर १, २०७६ गुल्मी ः देश बिदेशमा गुल्मीको कफी प्रसिद्ध छ । बिक्रम संम्बत १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउँ गुल्मीको आपचौरमा रोपण गरे पश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइन्छ । गुल्मीमा बिशेष गरी मुसिकोट नगरपालिकाको आँपचौर , छत्रकोट , गुल्मी दरवार , धुर्कोट , रुरुक्षेत्रमा गरी १७८ हेक्टर जमिनमा कफी खेती गरिदै आएको छ ।
तर १५ औ राष्ट्रिय कफी दिबस आर्थिक समृद्धिका लागि किसानको हात , गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ भन्ने नाराका साथ उदगम स्थल गुल्मीमा आईतबार मंसिर १ गते मनाउने निर्णय त भयो तर बास्तबिक कफी उत्पादन हुने स्थान र कृर्षकको बगैचामा गर्नुपर्ने कार्यक्रम सदरमुकाम तम्घासको इन्दे्रणी पार्टी प्यालेसमा धुमधामका साथ परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले शनिबार सदरमुकाम तम्घासको जिल्ला समन्वय समिति गुल्मीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए । उनले यति मात्रै होइन गुल्मी कफीको उदगम स्थल र गुल्मी जिल्लामै १५ राष्ट्रिय कफी दिबस मनाउने निर्णय हुनु गुल्मीको गौरबको बिषय भएको पनि बताए ।
उनले यति मात्रै बताएनन् की महामहिम राष्ट्रपति बिधादेबी भण्डारीको निमन्त्रणमा अघिल्लो महिना चिनियाँ राष्ट्रपति नेपालको भ्रमणमा आएको समयमा उहाँको सम्मानमा रात्रीभोजको मेन्युमा गुल्मीको कफी पनि समाबेश भएको राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा गुल्मीको कफीले चिनाएको भन्दै कफी दिबसको अबसरमा ठुलै प्रशंसा समेत गरियो तर गाउँमा रहेर दिनरात गुल्मीको कफी भन्दै मरीमेटी परिश्रम गर्ने हरुको बगैचामा गएर कफी दिबस नमनाउनु ? उनीहरुले नै गुल्मीलाई चिनाए तर नेपालको छबी राख्ने कृषृकको बगैचामा कार्यक्रम किन नगरिनु ? उनीहरुका समस्याहरु के छन् कसरी समस्याहरु समाधान गर्न सकिन्छ भनेर बगैचामै गएर कफी दिबस मनाउदा उनीहरु कति खुसी हुन्थेहोला तर कार्यक्रम गुल्मी गरियो भन्ने तर सम्पन्न पार्टी प्यालेसमा धुमधामका साथ कार्यक्रम गर्ने र कृर्षकको बगैचामा नगई गरिने कार्यक्रम कसरी फलदायी बन्न सक्ला यसरी गरिने कार्यक्रम किसान र कृर्षक मुखी कहिले बन्ने होला भन्नेमा कृर्षकहरुले चिन्ता गर्नुबाहेक अरु केही बन्न नसक्ने सदरमुकाम तम्घासमा गरिने कार्यक्रमले स्पस्ट पारीसकेको छ ।
कृर्षक गाउँमा र बगैचामा दिन रात धुलो महिलो बनी काम गर्ने र उनीहरुले नै गुल्मी संगै नेपालको नाम राख्ने कृर्षकको बगैचामा किन कार्यक्रम नगरिएको भन्ने सन्र्दभमा अहिले केही प्राबिधिक समस्याका कारण जान नसकिएको भन्दै हल्का रुपमा जवाफ दिदै आगामी दिनहरुमा कृर्षकको बगैचामा गएर दिबस मनाइने प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना कफी इकाई कार्यलय गुल्मीका प्रमुख उमानाथ भण्डारीले जबाफ दिए । यस बाट पनि के स्पस्ट हुन्छ भने नेपाली उखान अनुसार भएको छोरा मारेर पुर्णीमाको बर्त बसे जस्तै अहिले गुल्मी सदरमुकाम तम्घासमा गर्ने कार्यक्रम कृर्षकको बगैचामा जान नसक्नेले आगामी दिनमा कसरी गर्लान र होला भनेर पत्याउने ?
आँपचौरमा गरौ भन्ने प्रस्ताब राख्यौ ः नगरप्रमुख सापकोटा
मुसीकोट नगरपालिकाको आँपचौरमा राखौन भन्ने प्रस्ताव राखेको तर बिबिध कारणले गर्दा सदुमुकाम केन्द्रित कार्यक्रम गर्नेमा सहमती भएको मुसिकोट नगरापािलकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार कृर्षकको बगैचामा गएर कार्यक्रम गर्नु उपयुक्त हुने भएका काराणले र उदगम स्थल आँपचौरमै कार्यक्रम गर्ने प्रस्ताब राखेपनी जिल्लामै गर्ने सहमती भएको र कृषकको बगैचामा नभए पनि गुल्मी सदरमुकाम केन्द्रित कार्यक्रम हँुदा पनि आफूहरुलाई खुसी नै लागेको बताए ।

कालीगण्डकी गाउँपालिका गुल्मीमा जागिरको अबसर

0

तिलाचन पाण्डे
कात्तिक ३०,२०७६ गुल्मी ः कालीगण्डकी गाउँपालिका गुल्मीले पालिका भित्र बिभिन्न पदका लागि करारमा कर्मचारी लिने भएको छ । पालिकाले कात्तिक २८ माग गरेको सूचनाका अधारमा ६ जना अहेब , ६ जना अनमी र २ जना ल्याब असिष्टेन्ट आवश्यक भएकाले सूचना जारी गरेको १५ दिन भित्र योग्यता पुगेका नेपाली नागकिहरुबाट निश्चित राजश्व बुझाई दरखास्त दिनुहुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्लाका राम्रा र नराम्रा पक्षहरुलाई यर्थाथ रुपमा बाहिर ल्याइदिन प्रजिअ निरौलाको आग्रह

0

तिलाचन पाण्डे
कात्तिक ३०,२०७६ गुल्मी ः गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जिल्लामा भएका राम्रा , नराम्रा पक्षहरुलाई पुर्ण रुपमा बाहिर ल्याइदिन आग्रह गरेका छन् ।
भर्खरै स्याङजाबाट गुल्मी सरुवा भई आएका निरौलाले पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा जिल्लामा भएका गतिबिधिहरुलाई यर्थाथपरकरुपमा बाहिर ल्याइदिन आग्रह गरेका हुन् ।
उनले जिल्लामा हुने राम्रा नराम्रा पक्षहरु दुबैलाई बाहिर ल्याई सचेत गराउन पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भन्दै गोपनीयतालाई ख्यालमा राखी निष्पक्ष रुपमा कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले सूचना पाउने पत्येक नागरिकको अधिकार भएको भन्दै सूचनालाई पारदर्शिता बनाउने आफूले पहल गने बताएका छन् । कहि कतै अझै पनि सूचना लुकाउने परिपाटी रहेको भन्दै प्रत्येक कार्यलयहरुमा सूचना अधिकारी राख्ने ब्यबस्था भएकाले सहज रुपमा सूचना प्राप्त गर्न सकिने दाबी गरे ।कतिपय अनुसन्धानका बिषयमा सबैले ख्याल गरिदिनुपर्ने भएकाले अनुसन्धानमा रहेका सूचनाहरु बाहेक अन्य सूचनाहरुलाई आम जनतामा जानकारी गराउने भन्दै यर्थाथ रुपमा कलम चलाउन र कसैको दबाबमा नपर्न निरौलाले आग्रह गरेका हुन् । जिल्लाको शान्ती सुरक्षालाई मजबुद बनाउने र जनताको सहज रुपमा काम गर्न आफूले प्राथमिकता दिने निरौलाको भनाई छ ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले सरकारी जग्गाहरुको अभिलेख राख्न , सवारी साधनमा अनिवार्य टाइमकार्डको ब्यबस्थालाई चुस्त बनाउन , सवारी साधनमा बिधाथी र जेष्ठनागरीकहरुलाई दिने भनिएको सहुलियतलाई कार्यन्वयन गराउन र बजार अनुगमनलाई चाडपर्ब लक्षीत मात्रै नभई समय समयमा बजार अनुगमन गर्न आग्रह गरेका हुन् ।

महिला स्वास्थ्य स्वयसेविका तथा कार्यालय प्रमुखको विदाई कार्यक्रम सम्पन्न

0

रामकृष्ण कडेल, कार्तिक २९ चारपाला , गुल्मि।दरबार देविस्थान स्वास्थ्य चौकि गुल्मिदरबार गाउपालिकामा बिगत १५ बर्षदेखि कार्यालय प्रमुखको रुपमा कार्यरत सिनियर अहेव नारायण प्रसाद अर्याललाइ आज एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको छ ।साथै उक्त कार्यक्रममा १० जना महिला स्वास्थ्य स्वयमसेविकालाइ पनि बिदाई गरिएको छ ।कार्यालय प्रमुख अर्याललाइ स्वास्थ्य चौकि ब्यव्स्थापन समिति, कर्मचारि, महिला स्वास्थ्य स्वयम्सेविका लगाएतले फुलमाला मायाको चिनो कदर पत्र सहित

दोसल्ला ओडाएर सम्मान गरेका थिए।तेस्तै बिदाइ हुनुभएका प्रमुख अतिथि अर्याल र स्वयम्सेविकाहरुले पनि स्वास्थ्य चौकि लाइ मायाको चिनो प्रदान गरेका थिए।साबिकको दरबार देबिस्थान गाबिस सङ्घियता सङै दुइ वाडमा बिभाजित भइ गुल्मिदरबार गाउपालिका अन्तरगत ६र ७ वडामा बिभजित भएको थियो स्वास्थ्य चौकि ७ नम्बर वाड्मा भएको र वडा नम्बर ६ मा स्वास्थ्य केन्द्र स्थापित भएकोले ६ नम्बर वडा अन्तरगतका १० जना स्वयम्सेविकालाइ पनि आज फुलमाला, मायाको चिनो सहित बिदाइ गरिएको छ्।स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष टोपबहादुर बस्नेतको अध्यक्षता तथा दरबार देबिस्थान स्वास्थ्य चौकिका भुतपुर्व प्रमुख तथा गुल्मिदरबार गाउपालिकाका स्वस्थ्य प्रमुख अधिकृत नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले बिगतमा स्वास्थ्य चौकि प्रमुखको रुपमा रहि बिदाइ हुन लाग्नु भएका र अहिले स्वस्थ्य सम्योजकमा पदस्थापन हुनुभएका सिनियर अहेव नारायण प्रसाद अर्यालले स्वास्थ्य चौकिको बृहत्तर बिकास र अन्य सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा अझैबढि सहयोगको अपेक्षा गरिएको कुरा बताउदै उच्च प्रशम्सा गरेका थिए। कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाहरु अमृता अर्याल, मिना पौडेल अहेव राम कृष्ण कडेल अध्यक्ष बस्नेत लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले आफु बिदाइ भएर टाढा नगएको र बिगतमा दरबार देबिस्थान स्वास्थ्य चौकि गुल्मि पनि जिल्लाको उत्कृष्टको सुचिमा पर्नुको श्रेय आफु मात्रै नभै सम्पुर्ण कर्मचारीको एकरुपताले सम्भव भएको र सम्पुर्णको उत्तिकै श्रेय रहोको स्मरण गराउदै आगामि दिनमा यस स्वास्थ्य चौकि र गुल्मिदरबार गाउपालिका भरिकै स्वास्थ्य क्षेत्रको बृहत्तर बिकासमा निरन्तर लागिरहने प्रतिबद्द्ता समेत ब्यक्त गर्नुभएको थियो। स्वास्थ्यचौकिकि अनमि सुमन पन्थिको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सन्चालन निमित्त प्रमुख तथा सिनियर अनमि निरिक्षक जुनाकला बस्नेतले गर्नुभएको थियो।

मैत्री बहुउधेश्यीय सहकारी संस्थाको अध्यक्षमा खडका निर्वाचित

0

तिलाचन पाण्डे
कात्तिक २९ , २०७६ गुल्मी ः मैत्री बहुउधेश्यीय सहकारी संस्थाको १८ औ साधारण सभाले बोम बहादुर खडकालाई अध्यक्ष पदमा सर्बसम्बत रुपमा चयन गरेको छ ।
संस्थाको शुक्रबार तम्घासको बालमन्दिरमा सम्पन्न १८ औ बार्षिक साधारण सभाले उपाध्यक्षमा गोपाल सुनार , कोषध्यक्षमा खुमानन्द घिमिरे , सह कोषध्यक्षमा बसन्ता ज्ञवालीलाइृ चयन गरेको छ । यसै गरी सदस्यहरुमा जंग नेपाली , ओम बहादुर कार्की , देवनारायण ज्ञवाली , चिरञ्जीबि शर्मा , सरिता सुनार बिश्वकर्मा , पुष्पा पन्थी र कमला पन्थीलाई चयन गरेको छ ।
यसै गरी साधारण सभाले चोलराज शर्मा संयोजक रहेको लेखा समितिमा हरि प्रसाद अर्याल र मिठु बोहरालाई सदस्य पदमा निर्वाचित समेत गरेको छ । समितिको कार्यअवधी ४ बर्षको रहने भएको छ ।
अध्यक्ष पदमा निर्वाचित भएसंगै अध्यक्ष बोम बहादुर खडकाले सहकारी संस्थालाई नमुना सहकारी संस्थाको रुपमा बिकास गर्दै लैजाने र यसमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । आफूले संस्थाको बिकासका निम्ति दत्त चित्त भएर लाग्ने भन्दै कार्यसमितिलाई बधाई दिदै संस्थाको हक र हितमा लाग्न समेत आग्रह गरे ।


यसै गरी संस्थाले उत्कृष्ठ कर्मचारी तर्फ झगेन्द्र बहादुर बिश्वकर्मा र पबित्रा पौडेल उत्कृष्ठ क्रणी तर्फ मिन बहादुर खत्री र निर्मला पाण्डेलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरेको छ । यसै गरी उत्कृष्ठ शाखा अन्र्तगत बलेटक्सार शाखा लाई सम्मान गरिएको हो । यसै गरी उत्कृष्ठ बचतकर्ता तर्फ बसन्त मरासिनी , कारोवारको आधारमा यज्ञ प्रसाद पन्थी , शाखा तर्फबाट शान्ता अधिकारी , नियमित बचत तर्फबाट राम बहादुर कुँवर ,बाल बचत तर्फबाट बेबु अ‍ोसिन मल्ल लाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ ।
यसै गरी उत्कृष्ठ बिधार्थी तर्फ बिपीन कुमार मरासीनी ,अमित आर्चाय र प्रतिक्षा भुसाललाई पनि पुरस्कार र प्रमाणपत्रले सम्मान गरेको हो । यसै गरी संस्थाले उत्कृष्ठ लघुबित्तसंसथाहरुलाई पनि पुरस्कार र प्रमाण पत्रले सम्मान गरेको हो । कार्यक्रममा रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल , समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली बिशेष अतिथीको रुपमा रहेको थिए । यसै गरी कार्यक्रमका प्रमुख अतिथि प्रदेस सभाका सदस्य खडग केशीले सहकारीको माध्यमबाट आर्थिक रुपमा सम्पन्न हुन सक्ने र समाजमा परिबर्तन गर्न सकिने धारण ब्याक्त गरेका थिए । १८ औ साधारण सभामा बार्षिक नीति तथा कार्यक्रम र बजेटको संस्थाका ब्यबस्थापक अर्जुन प्रसाद आर्चायले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बोम बहादुर खडकाको अध्यक्षतामा कार्यक्रमको संचालन शंकर प्रसाद गौतमले गरेका थिए ।

चन्द्रकोट हत्याकाण्डमा बाग्लुङका दुई अभियुक्त पक्राउ

0

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ ।

बागलुङ र गुल्मीको सीमाना नजीक गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ३ हर्राचौरमा गत कार्तिक १६ गते एक अधवैंसे महिला सँगै दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा २५ फेँदीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङको गल्कोट नगरपालिका–८ थालेपोखराका माधव सुनार र पूर्णबहादुर सुनार रहेका छन् । उनीहरु काका भतिजा समेत रहेको बताईएको छ । घटनामा संलग्न एक जना भने फरार छन् । प्राप्त विवरण अनुसार निज सुनारले पोखरामा होटल व्यवसाय सन्चालन गर्दै आईरहेको र सोही होटलमै मजदुरी गर्ने मोरङ कानापोखरी ३ का तीन आमा छोरीको हत्या भएको थियो ।

सुनारको राना थरकी ती महिला संग अनैतिक सम्वन्ध भएको र महिलाले सुनारलाई छोड्न नमाने पछी ‘घरमा जाउँ‘’ भनेर ल्याउदै गर्दा भतिज समेत मिलेर निज तीनै जनाको हत्या गरिएको श्रोतको दावी छ ।  हत्या गरिएकी महिला र दुई बालिका मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ की वासिन्दा हुन् । हत्या हुनेमा ३२ वर्षीया सरिता लिम्बु, छोरीहरु गङ्गा मगर र जमुना मगर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सरिताकी दुई जुम्ल्याहा छोरीहरु हुन् गङ्गा र जमुना ।

हत्याका मुख्य योजनाकार ४६ वर्षीय पूर्णबहादुर सुनारसहित दुई जना पक्राउ परिसकेका छन् । पूर्णबहादुरसँगै १६ वर्षीय भतिज माधव सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्याल्य गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीहरुलाई पोखरास्थित आफ्नै होटलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।