जिल्लाका राम्रा र नराम्रा पक्षहरुलाई यर्थाथ रुपमा बाहिर ल्याइदिन प्रजिअ निरौलाको आग्रह

0
388

तिलाचन पाण्डे
कात्तिक ३०,२०७६ गुल्मी ः गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जिल्लामा भएका राम्रा , नराम्रा पक्षहरुलाई पुर्ण रुपमा बाहिर ल्याइदिन आग्रह गरेका छन् ।
भर्खरै स्याङजाबाट गुल्मी सरुवा भई आएका निरौलाले पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा जिल्लामा भएका गतिबिधिहरुलाई यर्थाथपरकरुपमा बाहिर ल्याइदिन आग्रह गरेका हुन् ।
उनले जिल्लामा हुने राम्रा नराम्रा पक्षहरु दुबैलाई बाहिर ल्याई सचेत गराउन पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भन्दै गोपनीयतालाई ख्यालमा राखी निष्पक्ष रुपमा कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले सूचना पाउने पत्येक नागरिकको अधिकार भएको भन्दै सूचनालाई पारदर्शिता बनाउने आफूले पहल गने बताएका छन् । कहि कतै अझै पनि सूचना लुकाउने परिपाटी रहेको भन्दै प्रत्येक कार्यलयहरुमा सूचना अधिकारी राख्ने ब्यबस्था भएकाले सहज रुपमा सूचना प्राप्त गर्न सकिने दाबी गरे ।कतिपय अनुसन्धानका बिषयमा सबैले ख्याल गरिदिनुपर्ने भएकाले अनुसन्धानमा रहेका सूचनाहरु बाहेक अन्य सूचनाहरुलाई आम जनतामा जानकारी गराउने भन्दै यर्थाथ रुपमा कलम चलाउन र कसैको दबाबमा नपर्न निरौलाले आग्रह गरेका हुन् । जिल्लाको शान्ती सुरक्षालाई मजबुद बनाउने र जनताको सहज रुपमा काम गर्न आफूले प्राथमिकता दिने निरौलाको भनाई छ ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले सरकारी जग्गाहरुको अभिलेख राख्न , सवारी साधनमा अनिवार्य टाइमकार्डको ब्यबस्थालाई चुस्त बनाउन , सवारी साधनमा बिधाथी र जेष्ठनागरीकहरुलाई दिने भनिएको सहुलियतलाई कार्यन्वयन गराउन र बजार अनुगमनलाई चाडपर्ब लक्षीत मात्रै नभई समय समयमा बजार अनुगमन गर्न आग्रह गरेका हुन् ।

SHARE