महिला स्वास्थ्य स्वयसेविका तथा कार्यालय प्रमुखको विदाई कार्यक्रम सम्पन्न

0
833

रामकृष्ण कडेल, कार्तिक २९ चारपाला , गुल्मि।दरबार देविस्थान स्वास्थ्य चौकि गुल्मिदरबार गाउपालिकामा बिगत १५ बर्षदेखि कार्यालय प्रमुखको रुपमा कार्यरत सिनियर अहेव नारायण प्रसाद अर्याललाइ आज एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको छ ।साथै उक्त कार्यक्रममा १० जना महिला स्वास्थ्य स्वयमसेविकालाइ पनि बिदाई गरिएको छ ।कार्यालय प्रमुख अर्याललाइ स्वास्थ्य चौकि ब्यव्स्थापन समिति, कर्मचारि, महिला स्वास्थ्य स्वयम्सेविका लगाएतले फुलमाला मायाको चिनो कदर पत्र सहित

दोसल्ला ओडाएर सम्मान गरेका थिए।तेस्तै बिदाइ हुनुभएका प्रमुख अतिथि अर्याल र स्वयम्सेविकाहरुले पनि स्वास्थ्य चौकि लाइ मायाको चिनो प्रदान गरेका थिए।साबिकको दरबार देबिस्थान गाबिस सङ्घियता सङै दुइ वाडमा बिभाजित भइ गुल्मिदरबार गाउपालिका अन्तरगत ६र ७ वडामा बिभजित भएको थियो स्वास्थ्य चौकि ७ नम्बर वाड्मा भएको र वडा नम्बर ६ मा स्वास्थ्य केन्द्र स्थापित भएकोले ६ नम्बर वडा अन्तरगतका १० जना स्वयम्सेविकालाइ पनि आज फुलमाला, मायाको चिनो सहित बिदाइ गरिएको छ्।स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष टोपबहादुर बस्नेतको अध्यक्षता तथा दरबार देबिस्थान स्वास्थ्य चौकिका भुतपुर्व प्रमुख तथा गुल्मिदरबार गाउपालिकाका स्वस्थ्य प्रमुख अधिकृत नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले बिगतमा स्वास्थ्य चौकि प्रमुखको रुपमा रहि बिदाइ हुन लाग्नु भएका र अहिले स्वस्थ्य सम्योजकमा पदस्थापन हुनुभएका सिनियर अहेव नारायण प्रसाद अर्यालले स्वास्थ्य चौकिको बृहत्तर बिकास र अन्य सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा अझैबढि सहयोगको अपेक्षा गरिएको कुरा बताउदै उच्च प्रशम्सा गरेका थिए। कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाहरु अमृता अर्याल, मिना पौडेल अहेव राम कृष्ण कडेल अध्यक्ष बस्नेत लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले आफु बिदाइ भएर टाढा नगएको र बिगतमा दरबार देबिस्थान स्वास्थ्य चौकि गुल्मि पनि जिल्लाको उत्कृष्टको सुचिमा पर्नुको श्रेय आफु मात्रै नभै सम्पुर्ण कर्मचारीको एकरुपताले सम्भव भएको र सम्पुर्णको उत्तिकै श्रेय रहोको स्मरण गराउदै आगामि दिनमा यस स्वास्थ्य चौकि र गुल्मिदरबार गाउपालिका भरिकै स्वास्थ्य क्षेत्रको बृहत्तर बिकासमा निरन्तर लागिरहने प्रतिबद्द्ता समेत ब्यक्त गर्नुभएको थियो। स्वास्थ्यचौकिकि अनमि सुमन पन्थिको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सन्चालन निमित्त प्रमुख तथा सिनियर अनमि निरिक्षक जुनाकला बस्नेतले गर्नुभएको थियो।

SHARE