मैत्री बहुउधेश्यीय सहकारी संस्थाको अध्यक्षमा खडका निर्वाचित

0
1013

तिलाचन पाण्डे
कात्तिक २९ , २०७६ गुल्मी ः मैत्री बहुउधेश्यीय सहकारी संस्थाको १८ औ साधारण सभाले बोम बहादुर खडकालाई अध्यक्ष पदमा सर्बसम्बत रुपमा चयन गरेको छ ।
संस्थाको शुक्रबार तम्घासको बालमन्दिरमा सम्पन्न १८ औ बार्षिक साधारण सभाले उपाध्यक्षमा गोपाल सुनार , कोषध्यक्षमा खुमानन्द घिमिरे , सह कोषध्यक्षमा बसन्ता ज्ञवालीलाइृ चयन गरेको छ । यसै गरी सदस्यहरुमा जंग नेपाली , ओम बहादुर कार्की , देवनारायण ज्ञवाली , चिरञ्जीबि शर्मा , सरिता सुनार बिश्वकर्मा , पुष्पा पन्थी र कमला पन्थीलाई चयन गरेको छ ।
यसै गरी साधारण सभाले चोलराज शर्मा संयोजक रहेको लेखा समितिमा हरि प्रसाद अर्याल र मिठु बोहरालाई सदस्य पदमा निर्वाचित समेत गरेको छ । समितिको कार्यअवधी ४ बर्षको रहने भएको छ ।
अध्यक्ष पदमा निर्वाचित भएसंगै अध्यक्ष बोम बहादुर खडकाले सहकारी संस्थालाई नमुना सहकारी संस्थाको रुपमा बिकास गर्दै लैजाने र यसमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । आफूले संस्थाको बिकासका निम्ति दत्त चित्त भएर लाग्ने भन्दै कार्यसमितिलाई बधाई दिदै संस्थाको हक र हितमा लाग्न समेत आग्रह गरे ।


यसै गरी संस्थाले उत्कृष्ठ कर्मचारी तर्फ झगेन्द्र बहादुर बिश्वकर्मा र पबित्रा पौडेल उत्कृष्ठ क्रणी तर्फ मिन बहादुर खत्री र निर्मला पाण्डेलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरेको छ । यसै गरी उत्कृष्ठ शाखा अन्र्तगत बलेटक्सार शाखा लाई सम्मान गरिएको हो । यसै गरी उत्कृष्ठ बचतकर्ता तर्फ बसन्त मरासिनी , कारोवारको आधारमा यज्ञ प्रसाद पन्थी , शाखा तर्फबाट शान्ता अधिकारी , नियमित बचत तर्फबाट राम बहादुर कुँवर ,बाल बचत तर्फबाट बेबु अ‍ोसिन मल्ल लाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ ।
यसै गरी उत्कृष्ठ बिधार्थी तर्फ बिपीन कुमार मरासीनी ,अमित आर्चाय र प्रतिक्षा भुसाललाई पनि पुरस्कार र प्रमाणपत्रले सम्मान गरेको हो । यसै गरी संस्थाले उत्कृष्ठ लघुबित्तसंसथाहरुलाई पनि पुरस्कार र प्रमाण पत्रले सम्मान गरेको हो । कार्यक्रममा रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल , समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली बिशेष अतिथीको रुपमा रहेको थिए । यसै गरी कार्यक्रमका प्रमुख अतिथि प्रदेस सभाका सदस्य खडग केशीले सहकारीको माध्यमबाट आर्थिक रुपमा सम्पन्न हुन सक्ने र समाजमा परिबर्तन गर्न सकिने धारण ब्याक्त गरेका थिए । १८ औ साधारण सभामा बार्षिक नीति तथा कार्यक्रम र बजेटको संस्थाका ब्यबस्थापक अर्जुन प्रसाद आर्चायले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बोम बहादुर खडकाको अध्यक्षतामा कार्यक्रमको संचालन शंकर प्रसाद गौतमले गरेका थिए ।

SHARE