निर्माणधिन रेसुंगा बिमानस्थलको मन्त्री ज्ञवालीद्धारा निरीक्षण

0
564

तिलाचन पाण्डे
मंसिर २ , २०७६ गुल्मी ः गुल्मीको रेसुंगा नगरपालिका वडा नं १० सिमीचौमा रहेको निर्माणधिन बिमान स्थलको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले निरीक्षण गरेका छन् । ज्ञवाली पर्यटनमन्त्री हुँदा निर्माण कार्यका लागि शिलन्यास गरेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बिमानस्थलको निरीक्षण गरेका हुन् । आगामी २०७७ जेठ महिनादेखि नियमित रुपमा उडान भर्ने गरी कार्य अगाडी बढेको रेसुंगा नगरपालिकाका प्रमूख डिल्लीराज भुसालले जानकारी दिए । निर्माणधिन बिमानस्थलको निरीक्षण गर्दै मन्त्री ज्ञवालीले दु्रत गतिमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको र निर्माण ब्यबसायीले पनि दु्रत गतिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भुसालले जानकारी दिए । यता निर्माण ब्यबसायी रौताहा हरीहरी जेभीका प्रमुख सन्तोष भुसालले आगामी जेठ महिनासम्म निर्माण कार्य सम्पन्न गर्ने गरी आफूले कार्य अगाडी बढाइरहेको दाबी गरे । २०७५ साल जेठ २५ गते तारा एयरको ९ एनएकेएल कल साइन भएको बिमानले परीक्षण उडान भरेको र परीक्षण उडान सफल भएको थियो ।


बिमान स्थल निर्माणका लागि ४६ रोपनी जग्गाको मुअब्जा बितरण गरी १ सय १२ रोपनी जग्गामा ७ सय मिटर लम्बाई ९० मिटर चौडाइको धाबन मार्ग निर्माणका लागि हालसम्म ११ करोण रुपैयाँ खर्च भइसकेको र बिमान स्थलको धाबन मार्ग कालोपत्रे र अन्य संरचना निर्माणका लागी ८ करोण ठेक्का भइसकेको निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । २०७७ साल जेठ देखी बिमानस्थलबाट नियमित उडान भर्ने पन्तले जानकारी दिए ।

SHARE