निर्माण ब्यबसायी सम्मानीत

0
677

तिलाचन पाण्डे
मंसिर २ , २०७६ गुल्मी ः जुभुङ स्वास्थ्य चौकीको नबनिर्मित भबनका निर्माण ब्यबसायी श्रेष्ठ कन्ट्रक्सन प्रालि गुल्मीका प्रमुख हरि कुमार श्रेष्ठ सम्मानीत भएका छन् । नबनिर्मित भबनको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले श्रेष्ठलाई सम्मान गरेका हुन् । स्वास्थ्यचौकी भबन निर्माण कार्य तोकीए बमोजिम सम्पन्न गरेको स सम्मान प्रमाणपत्रले सम्मान गरिएको हो । अत्याधुनिक सुबिधा सम्पन्न भबनको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले निरीक्षण समेत गरेका थिए । १ करोण ५३ लाख ६१ हजार ६४५ रुपैयाँमा २०७३ साल असोज १४ गते सम्झौता गरी २०७५ फागुन २७ गते सम्पन्न गरी हस्तान्तरण गरेको र हाल आएर उद्घाटन गरिएको शहरी बिकास तथा भबन निर्माण बिभाग संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

SHARE