कफी खेती गाउँमा , कार्यक्रम शहरमा

0
465

तिलाचन पाण्डे
मंसिर १, २०७६ गुल्मी ः देश बिदेशमा गुल्मीको कफी प्रसिद्ध छ । बिक्रम संम्बत १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउँ गुल्मीको आपचौरमा रोपण गरे पश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइन्छ । गुल्मीमा बिशेष गरी मुसिकोट नगरपालिकाको आँपचौर , छत्रकोट , गुल्मी दरवार , धुर्कोट , रुरुक्षेत्रमा गरी १७८ हेक्टर जमिनमा कफी खेती गरिदै आएको छ ।
तर १५ औ राष्ट्रिय कफी दिबस आर्थिक समृद्धिका लागि किसानको हात , गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ भन्ने नाराका साथ उदगम स्थल गुल्मीमा आईतबार मंसिर १ गते मनाउने निर्णय त भयो तर बास्तबिक कफी उत्पादन हुने स्थान र कृर्षकको बगैचामा गर्नुपर्ने कार्यक्रम सदरमुकाम तम्घासको इन्दे्रणी पार्टी प्यालेसमा धुमधामका साथ परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले शनिबार सदरमुकाम तम्घासको जिल्ला समन्वय समिति गुल्मीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए । उनले यति मात्रै होइन गुल्मी कफीको उदगम स्थल र गुल्मी जिल्लामै १५ राष्ट्रिय कफी दिबस मनाउने निर्णय हुनु गुल्मीको गौरबको बिषय भएको पनि बताए ।
उनले यति मात्रै बताएनन् की महामहिम राष्ट्रपति बिधादेबी भण्डारीको निमन्त्रणमा अघिल्लो महिना चिनियाँ राष्ट्रपति नेपालको भ्रमणमा आएको समयमा उहाँको सम्मानमा रात्रीभोजको मेन्युमा गुल्मीको कफी पनि समाबेश भएको राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा गुल्मीको कफीले चिनाएको भन्दै कफी दिबसको अबसरमा ठुलै प्रशंसा समेत गरियो तर गाउँमा रहेर दिनरात गुल्मीको कफी भन्दै मरीमेटी परिश्रम गर्ने हरुको बगैचामा गएर कफी दिबस नमनाउनु ? उनीहरुले नै गुल्मीलाई चिनाए तर नेपालको छबी राख्ने कृषृकको बगैचामा कार्यक्रम किन नगरिनु ? उनीहरुका समस्याहरु के छन् कसरी समस्याहरु समाधान गर्न सकिन्छ भनेर बगैचामै गएर कफी दिबस मनाउदा उनीहरु कति खुसी हुन्थेहोला तर कार्यक्रम गुल्मी गरियो भन्ने तर सम्पन्न पार्टी प्यालेसमा धुमधामका साथ कार्यक्रम गर्ने र कृर्षकको बगैचामा नगई गरिने कार्यक्रम कसरी फलदायी बन्न सक्ला यसरी गरिने कार्यक्रम किसान र कृर्षक मुखी कहिले बन्ने होला भन्नेमा कृर्षकहरुले चिन्ता गर्नुबाहेक अरु केही बन्न नसक्ने सदरमुकाम तम्घासमा गरिने कार्यक्रमले स्पस्ट पारीसकेको छ ।
कृर्षक गाउँमा र बगैचामा दिन रात धुलो महिलो बनी काम गर्ने र उनीहरुले नै गुल्मी संगै नेपालको नाम राख्ने कृर्षकको बगैचामा किन कार्यक्रम नगरिएको भन्ने सन्र्दभमा अहिले केही प्राबिधिक समस्याका कारण जान नसकिएको भन्दै हल्का रुपमा जवाफ दिदै आगामी दिनहरुमा कृर्षकको बगैचामा गएर दिबस मनाइने प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना कफी इकाई कार्यलय गुल्मीका प्रमुख उमानाथ भण्डारीले जबाफ दिए । यस बाट पनि के स्पस्ट हुन्छ भने नेपाली उखान अनुसार भएको छोरा मारेर पुर्णीमाको बर्त बसे जस्तै अहिले गुल्मी सदरमुकाम तम्घासमा गर्ने कार्यक्रम कृर्षकको बगैचामा जान नसक्नेले आगामी दिनमा कसरी गर्लान र होला भनेर पत्याउने ?
आँपचौरमा गरौ भन्ने प्रस्ताब राख्यौ ः नगरप्रमुख सापकोटा
मुसीकोट नगरपालिकाको आँपचौरमा राखौन भन्ने प्रस्ताव राखेको तर बिबिध कारणले गर्दा सदुमुकाम केन्द्रित कार्यक्रम गर्नेमा सहमती भएको मुसिकोट नगरापािलकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार कृर्षकको बगैचामा गएर कार्यक्रम गर्नु उपयुक्त हुने भएका काराणले र उदगम स्थल आँपचौरमै कार्यक्रम गर्ने प्रस्ताब राखेपनी जिल्लामै गर्ने सहमती भएको र कृषकको बगैचामा नभए पनि गुल्मी सदरमुकाम केन्द्रित कार्यक्रम हँुदा पनि आफूहरुलाई खुसी नै लागेको बताए ।

SHARE