चन्द्रकोट हत्याकाण्डमा बाग्लुङका दुई अभियुक्त पक्राउ

0
513

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ ।

बागलुङ र गुल्मीको सीमाना नजीक गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ३ हर्राचौरमा गत कार्तिक १६ गते एक अधवैंसे महिला सँगै दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा २५ फेँदीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङको गल्कोट नगरपालिका–८ थालेपोखराका माधव सुनार र पूर्णबहादुर सुनार रहेका छन् । उनीहरु काका भतिजा समेत रहेको बताईएको छ । घटनामा संलग्न एक जना भने फरार छन् । प्राप्त विवरण अनुसार निज सुनारले पोखरामा होटल व्यवसाय सन्चालन गर्दै आईरहेको र सोही होटलमै मजदुरी गर्ने मोरङ कानापोखरी ३ का तीन आमा छोरीको हत्या भएको थियो ।

सुनारको राना थरकी ती महिला संग अनैतिक सम्वन्ध भएको र महिलाले सुनारलाई छोड्न नमाने पछी ‘घरमा जाउँ‘’ भनेर ल्याउदै गर्दा भतिज समेत मिलेर निज तीनै जनाको हत्या गरिएको श्रोतको दावी छ ।  हत्या गरिएकी महिला र दुई बालिका मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ की वासिन्दा हुन् । हत्या हुनेमा ३२ वर्षीया सरिता लिम्बु, छोरीहरु गङ्गा मगर र जमुना मगर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सरिताकी दुई जुम्ल्याहा छोरीहरु हुन् गङ्गा र जमुना ।

हत्याका मुख्य योजनाकार ४६ वर्षीय पूर्णबहादुर सुनारसहित दुई जना पक्राउ परिसकेका छन् । पूर्णबहादुरसँगै १६ वर्षीय भतिज माधव सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्याल्य गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीहरुलाई पोखरास्थित आफ्नै होटलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

SHARE