Saturday, June 6, 2026

गुल्मीको दॉसिकोटमा बृहत भेला सम्पन्न

0

मंसिर१४,

खड्ग भूमि कालिका मन्दिर पुजा ब्यबस्थापन समितिको आयोजनामा गुल्मीको दॉसिकोटमा भेला सम्पन्न भएको छ।भेलाले ताराप्रसाद कंडेलको अध्यक्षतामा २७सदस्यिय समितिको निर्माण गरिएको हो।पुजा ब्यबस्थापन समितिको सह अध्यक्षमा ढालबहादुर पौडेल,हिमबहादुर बि क र नन्दकली खरेल रहनु भएको छ।यसैगरी सचिबमा ताराप्रसाद खरेल,सहसचिबमा लेखनाथ कंडेल,कोषाध्यक्षमा पदम बि क र सह कोषाध्यक्षमा धमला कंडेल रहनु भएको छ। सदस्य हरूमा:बाबुराम परियार,कालीदास खरेल,बुध्दिमणी खरेल,यज्ञ कंडेल,टुंके परियार,बलबहादुर बि क,गोपाल कंडेल,सुमित्रा खरेल,चन्द्रकान्त कंडेल,बिरबहादुर परियार,लक्ष्मण कंडेल,कर्णबहादुर बि क,बलबहादुर बि क (डॉडा),लुकमणी कंडेल,प्रेम बहादुर बि क(२),प्रेमबहादुर बि क,सिता कंडेल(कमेरे)लगायत रहनु भएको छ। भेलाले रामकृस्ण कंडेल लाई आर्थिक बिभाग प्रमुख,देबराज खरेल लाई ईतिहॉस लेखन बिभाग प्रमुख,यज्ञमूर्ती कंडेल लाई बिधान मस्यौदा निर्माण बिभाग प्रमुखमा चयन गरिएको छ। सल्लाहकारमा वार्ड अध्यक्ष नरेश खरेल,पं यमप्रसाद कंडेल र शषे दर्जी रहनु भएको छ। भेलाले मन्दिर निर्माणको लागि देश बिदेशमा रहनु भएका ब्यक्तित्व हरू संग आबस्यक सर सल्लाह लगायतका बिबिध बिषयमा परामर्श गर्ने,आर्थिक समितिको पूर्णता दिने जिम्मा आर्थिक बिभाग प्रमुख रामकृस्ण कंडेल लाई तोकेको छ।

गुल्मीको रुरुक्षेत्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न , ७५ प्रतिशत मत खस्यो

0

मंसिर १४,२०७६ गुल्मी ः गुल्मीको रुरुक्षेत्र वडा नं ६ रिमुवामा वडा अध्यक्षका लागि भएको निर्वाचनको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नं ६ रिमुवामा वडा अध्यक्षका लागि भएको निर्वाचनमा कुल एक हजार ५४४ मत खसेको मतदान अधिकृत शान्ती शर्माले जानकारी दिए । जसमा महिला ८७६ र पुरुष ६६८ जनाले मतदान गरेको शर्माले जानकारी दिए । जस अनुसार ७५ दशमलब ३९ प्रतिशत मत खसेको शर्माले जानकारी दिए । सो वडामा कुल दूई हजार ४८ मतदाता रहेका थिए ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ६ को वडा अध्यक्षको लागि भएको निर्वाचन शान्तिपुर्ण रुपमा रुपमा सम्पन्न भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए । निर्वाचनका लागि जनज्योती माध्यमिक बिधालयमा एक मतदान स्थल र २ मतदान केन्द्रमा मतदाताले मतदान गरेका हुन् ।
वडा अध्यक्षको निर्वाचनमा रिमुवाका ८६ बर्षका जेष्ठ नागरिक राम बहादुर दमैले मतदान गरेका थिए ।

वडा नम्बर ६ का वडाध्यक्ष पुर्ण बहादुर रेगामीको २०७५ साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थियो भने उनका प्रतिद्धन्दी नेपाली काग्रेसका वेद बहादुर दर्लामीले ६१९ मत ल्याएका थिए अहिले वडा अध्यक्षका लागि नेकपाबाट गिरी प्रसाद सिंजाली , नेपाली काग्रेसबाट बेद बहादुर दर्लामी र स्वतन्त्रबाट मनबहादुर पचभैया चुनावी मैदानको प्रतिस्पर्धामा रहेका छन् ।

ट्याक्टको ठक्करबाट एक जनाको मृत्यु

0

मंसिर १३ ,२०७६ गुल्मी ः
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ६ दौघामा लु ३ च ८२८० नंको टयाक्टरको ठक्करबाट पैदलयात्री १६ बर्षका सुमन नेपाली घाइते भएको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

गुल्मीमा जिप दुर्घटना ६ जना घाइते २ को अबस्था गम्भिर
गुल्मीमा शुत्रबार जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ७ रैतरामा लु १ च ७२४१ नं को जिप दुर्घटना हँुदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घाइतेहरुमा चन्द्कोट गाउँपालिका वडा नं ७ रैतराका २५ बर्षिय चालक लाल बहादुर नेपाली , ७५ की चन्द्रकला घिमिरे , ५६ की मैँया थापा , २३ की गोमा केशी , ३६ की हिमा भट्टराई र १६ की मनिषा खत्री रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । घाइतेहरु मध्ये चालक लाल बहादुर नेपाली र चन्द्रकला घिमिरेको अबस्था गम्भिर रहेकाले उपचारका लागि पाल्पा पठाइएको छ भने अन्यको स्थानीय जोहाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलग गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीको रूपाकोटमा जीप दुर्घटना,चालक सहित ६घाईते

0

मंसिर१३,रामकृस्ण कंडेल गुल्मी

जिल्लाको चन्द्रकोट-७ रुपाकोटमा जीप दुर्घटना भएको छ।रुपाकोटको एक्लेपिपल देखी रैकर जाने क्रममा महेन्द्र प्रा वि नजिकै जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन।जिप चालक सहित २जनाको थप ऊपचारको लागी तानसेन पाल्पा पठाईएको छ।घाईते ४ जनाको गुल्मीको खैरेनीमा ऊपचार भईरहेको बताईएको छ।

३७ जिल्लाका ५२ पदमा मतदान हुँदै

0

अघि मंसिर १४, २०७६ काठमाडौं

स्प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा आज उपनिर्वाचन हुँदै छ। त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका समय तोकिएको छ। मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ। उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्धक्क भएर मतदान गर्न आयोगले मतदातालाई आह्वान गरेको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताएका छन्। साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकै घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने व्यवस्था छ। आज हुने उपचुनावमा गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २, भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभाको उपचुनाव हुन लागेको हो। त्यस्तै धरान उपमहानगरमा नगरप्रमुखका लायगि, फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्षको चुनाव हुँदै छ। त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको चुनाव हुन लागेको हो। विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदै छ। उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन्। जसमध्ये प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ।थाहाबाट

मालिकामा लैगिक हिंसा विरुद्धको अभियान सञ्चालन

0

मङ्सिर १३ गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । गाउँ पालिकाले पालिकामा रहेका ८ वटै वडामा अभियान सञ्चालन गरिने मालिका गाउँ पालिकाका उपाध्यक्ष देवा अर्यालले जानकारी गराईन् । अर्यालका अनुसार पहिलो दिन मालिका गाउँपालिका १ नेटामा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा सहभागी महिलाहरूले मदिरा सेवनले हिंसा बढाएको बताए । उनीहरूले मदिरामुक्त वडाका लागि गाउँपालिकालाई पहल गर्न आग्रह समेत गरेका छन् । सोही वडामा महिलाहरू घरभित्रै दविएर बस्नुपर्ने ,छोरा र छोरीमा समान व्यवहार नगर्ने लगायतका विषयमा छलफल भएको थियो । मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले हिंसा न्यूनीकरण गर्न स्थानीय महिला जागरुप हुनुपर्ने उल्लेख गरे । थापाले बालविवाह पहिलो समस्या रहेको बताउँदै बाल विवाह रोक्न सबै लाग्नुपर्ने थापाको भनाई छ । यस्तै मालिका गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक देवा अर्यालले लैगिंक हिंसा कसैले नगर्ने र नसहने हो भने हिंसा न्यूनीकरण भएर जाने बताइन् । न्यायिक समितिको संयोजक समेत रहेकी उनले गाउँमा हिंसा भए न्यायका लागि गाउँपालिका आउन कार्यक्रमका सहभागीलाई आग्रह गरेकी छन् । अभियान प्रत्येक वडामा ८ दिन सम्म चल्ने पालिकाले जनाएको छ ।

निर्धक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आयोगको आग्रह

0

मंसिर १३, २०७६ काठमाडौं . निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ। आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। उपनिर्वाचन हुने क्षेत्रका मतदाताले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताए। उनले उपनिर्वाचनको प्रर्यवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले अनुमति पाइसकेको र नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई समेत अनुमति प्रदान गरिएको बताए। त्यस्तै आयोगमा मिडिया अनुगमन इकाई स्थापना भई अनुगमनको काम भइरहेको समेत उनले बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्री सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुर्‍याइसकेको समेत जानकारी दिए।उनले ३७ जिल्लामा २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षकर्मीआवश्यक मतदान सामग्रीहरुसहित गत बुधबार साँझ नै पुगिसकेको समेत जानकारी दिए। उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्य तर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदै छ। प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरु सहभागी भएका छन्। निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दै छन्।थाहाबाट

संस्कृति संरक्षणमा मदाने गाउँपालिकाको चासो

0
गुल्मी , मंसिर १३ / परम्परागत रुपमा मनाईदै आएका लोक संस्कृति दिनानु दिन लोप भईरहेको अवस्थामा जिल्लामा भने एक स्थानीय सरकारले संस्कृति संरक्षण र संवद्र्धनमा चासो देखाएको छ । मदाने गाउँपालिकाले संस्कृति संरक्षणका लागि विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी संस्कृति संरक्षण र सवद्र्धनमा चासो देखाएको हो । कला संस्कृतिको संरक्षण गर्दै अगाडि बढेको गाउँपालिकाले केही दिन अघि पुर्कोटदहमा ऐतिहासिक भैलो नाँच प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगिता हेर्नको लागि जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, कपिलवस्तु र प्यूठानबाट पनि दर्शकहरु आएका थिए ।

सोही अवसरमा व्यापार गर्ने उद्देश्यले पनि टाढा–टाढाबाट स्थानीय उत्पादन विक्रीका लागि ल्याइएको थियो । जसकारण संस्कृतिको संरक्षणसँगै स्थानीय वस्तुहरुको प्रवद्र्धनमा समेत टेवा पुगेको देखिन्छ । भैलो नाँच प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ७ वटै वडाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने मदाने १ अग्लु·ले २५ हजार हात पारेको छ । मदाने गाउँपालिका–६ पुर्कोटदहले द्वितीय स्थान हासिल गर्दै १५ हजार हात पारेको छ । भने अन्य सहभागी समूहले पाँच हजारका दरले भत्ता स्वरुप पाएका थिए । यसरी स्थानीय सरकार गठन भएपश्चात गाउँपालिकाले स्थानीय कला र संस्कृतिको संरक्षणमा विशेष जोड दिर्दै आएको सूचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए । विभिन्न ऐतिहासिक चाडपर्वहरुमा गाइने मौलिक गीत तथा नाँचको संरक्षणका लागि गाउँपालिकाले विशेष भूमिका खेलेको छ ।

पुराना लोकसंस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नको लागि गाउँपालिकाले संस्कृति सम्बन्धी विभिन्न परम्परागत ऐतिहासिक साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारी बताए । उनका अनुसार गाउँपालिका संस्कृतिको संरक्षणका लागि विशेष योजना सहित अगाडि बढेको हो । वार्षिक बजेटमा नै संस्कृति संरक्षणको लागि भनेर छुट्टै शिर्षक राखिएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए । संस्कृति संरक्षणका लागि वार्षिक बजेटमा नै पाँच लाख छुट्याईएको छ । आधुनिकताको नाममा परम्परागत कला र संस्कृति विस्तारै हराउन थालेकाले तिनीहरुको संरक्षणका लागि नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले भैलो, तिजगीत, पञ्चेबाजा जस्ता प्रतियोगिता आयोजना गरिदै आएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए । उनले यो वर्षबाट भजन कृर्तन प्रतियोगिता पनि सञ्चालन गर्ने जानकारी दिए । उनले भने ‘संस्कृतिको संरक्षण हामी सबैले गर्नुपर्छ भन्ने गाउँपालिकाको मान्यता रहेको छ ।’ गाउँपालिकामा सबैको साझा संस्कृति भएकाले यस्ता संस्कृति संरक्षणमा सबैले चासो दिन अध्यक्ष केसीले आग्रह गरे । उनले भने ‘हाम्रो गाउँपालिकामा कुनै पनि जाती विशेषका पर्वहरु छैनन् । हामी सबैका एउटै र साझा पर्वहरु तिज, दशैं र तिहार हुन् । आगामी दिनहरुमा यस्ता प्रतियोगितात्मक कार्यक्रमहरु गर्नको लागि पहिले नै मिति तोक्ने अध्यक्ष केसीले जानकारी गराए ।
कार्यक्रम स्थलमा स्थानीयस्तरमा उत्पादन गरिएका कृषि सामग्री र खाद्यन्नहरु त्यस ठाउँमा राख्दा स्थानीय कृषि सामग्रीको व्यापार हुने केसीले बताए । गाउँपालिका भित्र लुकेर रहेका प्रतिभाहरुको उजागर गर्दै संस्कृतिको जर्गेनाका लागि आफूहरुले विशेष ध्यान पुर्याएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताईन् । उनले भनिन् ‘गाउँपालिकाले संस्कृतिको जर्गेनामा पनि विशेष ध्याँन पु¥याएको छ, छिट्टै पञ्चेबाजा, भजनकृर्तन प्रतियोगिता पनि गर्दैछौँ ।’ नयाँ पुस्ताका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको
भनाई छ ।

द्वन्द्वकालमा किनबेच भएका घरजग्गा मालपोतमा पास हुन थाले

0

मंसिर १३, २०७६ रुकुम . लामो समयको छलफलपछि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका स्थानीयहरूले द्वन्द्वकालमा तत्कालीन माओवादी जनसत्तामा दर्ता गरेका घरजग्गामा लिखत मालपोत कार्यालयमा दर्ता गरेका छन्। सशस्त्र द्वन्द्वकालमा तत्कालीन जनसत्तामा जग्गा दर्ता गरेका बाँफीकोटका स्थानीयले गाउँमा सरकारी सेवा शिविर गएको अवसरमा धमाधम मालपोत कार्यालयमा दर्ता गरेका हुन्। जसका लागि स्थानीय सरकार र राजनीतिक दलमार्फत पहल भएको थियो। द्वन्द्वकालमा माओवादी जनसत्तामा पास गरेका घरजग्गा शान्ति प्रक्रियापछि अवैधानिक भन्दै केहिले दुख दिएका कारण किन्ने व्‍यक्तिहरू मारमा परेका थिए। गाउँपालिकाले सोमबारदेखि तीनदिने शिविर राखेर गाउँमै जनसत्ताका लिखतलाई मालपोतमा दर्ता गराएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए। उनका अनुसार बाँफीकोट गाउँपालिकामा रहेका ४ सय ५६ कित्तामध्ये १ सय ५४ कित्ता मात्र नामसारी हुन बाँकी छन्। ’जिल्ला छाडेर अर्को जिल्ला बसाइँ सरेका, बसाइँ सरेर पनि विदेश गएका, कतिको नामसारी गर्नुपर्ने मान्छे घर नभएका, सूचना नपाएकाहरूको मात्रै जग्गा बाँकी रहेको हो, अन्य धेरैले गर्नुभयो’ अध्यक्ष केसीले भने, ‘बाँकी व्‍यक्तिहरुले त जतिसक्दो छिटो उक्त कार्य गर्न सूचना गरेका छौं, उक्त सूचनाको अटेर गर्नेलाई गाउँपालिकाको सिफारिस लगायतका अन्य सेवा रोक्ने पनि निर्णय भएको छ।’ बाँफीकोट गाउँपालिकामा २ सय ९४ घरपरिवारले जनसत्तामा दर्ता भएको जग्गा वैधानिक रूपले आफ्नो नाममा ल्याएका छन्। गाउँपालिकाका अनुसार १ सय ४७ घरधुरीले नगद बुझाएको लामो समयपछि जग्गा आफ्नो नाममा गराएका छन् भने १ सय ४७ घरधुरीले अर्कैलाई बेचिसकेको जग्गा रजिस्ट्रेसन पास गरिदिएका छन्। आफूले कजाउँदै आएको घरजग्गा अर्कैको नाममा रहेका कारण ठूलो चिन्तामा रहेकाहरू यसबाट खुसी भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सदस्य महेन्द केसीले बताए। यसबाट तत्कालीन नेकपा माओवादीमार्फत घरजग्गा पास गराएकाहरुले हालको सरकारी वैधानिकतासमेत पाएका छन्। २०५९ सालमा स्थानीय डिलबहादुर दाहालबाट ३० हजारमा जग्गा किनेका धनबहादुर दमाईले आफ्नो नाममा जग्गा आएपछि खुसी लागेको बताए। डिलबहादुरकी श्रीमती मैमीले बिहीबार उक्त जग्गा नामसारी गरिदिएकी थिइन्। सशस्त्र द्वन्द्व उत्कर्षमा जाँदै गर्दा गाउँमा सरकारको उपस्थिति शून्य थियो। त्यस्तो अवस्थामा माओवादीले जनसत्तामार्फत सर्वसाधारणको घरजग्गा किनबेचको रजिस्ट्रेसन पास गरिदिएका थिए।थाहाबाट

स्थानीय तहका उपप्रमुखलाई न्यायिक अधिकार दिइएकोमा कानुनमन्त्रीको आपत्ति

0

मंसिर १३, २०७६ काठमाडौं . कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिकनिरुपणको अधिकार दिइएकोमा असन्तुष्टि जनाएका छन्। मन्त्रालयमै शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री यादवले राजनीतिक व्यक्तिलाई कानुनी अधिकार दिएपछि स्वतन्त्र न्याय प्रणालीमै प्रश्न उठ्ने दाबी गरे। ुसंविधानमै भएको व्यवस्थाबारे मैले बोल्दैमा मात्रै केही हुँदैन तर प्रणालीमा सुधारको आवश्यकता छ। गाउँपालकिाको उपप्रमुखलाई किन कानुनी अधिकार दिइयोरुु, उनले प्रश्न गरे, ुराजनीतिक व्यक्तिले कानुनी अधिकार प्रयोग गर्यो भने कसरी हुन्छ निष्पक्ष न्यायिक निरुपणरुु यादवले राजनीतिक व्यक्तिले कार्यपालिका र न्यायपालिका दुवैको अधिकार प्रयोग गर्नु सरासर गलत हुने जिकिर गरे। ुराजनीति व्यक्तिले कानुनी र न्यायिक अधिकार प्रयोग गर्नु गलत हो। कार्यपालिका र न्यायपालिका एकै ठाउँमा, यो कसरी सम्भव भयोरुु, उनले सोधे, ुकार्यकारी पदले न्यायपालिकाको काम गर्नु उचित हुँदैन। त्यस्तो काम गर्नलाई त प्रारम्भिक जिल्ला अदालत छँदैछ नि१ु स्वास्थ्यबाट कानुनमा सरुवा भएपछि पहिलो पटक पत्रकारहरुसामू प्रस्तुत हुँदै यादवले न्यायमा सहजरुपमा कसरी बनाउने भन्‍नेमा आफ्नो चिन्ता रहेको उल्लेख गरे। आफु भारतको राजधान नयाँ दिल्लीमा अन्य १३७ देशका मन्त्रीहरु सहभागी कार्यक्रममै रहेका बेला मन्त्रालय परिवर्तन गरिएकोमा यादवले रोष प्रकट गरे। आफुसँग सल्लाहसमेत नगरी यस्तो गरिएकोमा उनले आक्रोश व्यक्त गरे। ुयो त राम्रो भएन। १३७ देशका मन्त्री सहभागी थिए। उनीहरू पनि छक्क परेु, उनले भने, ुनेपालको बोल्ने पालो थियो तर प्रतिनिधि नै छैन। यो ठीक होइन। दुई दिन पर्खिएको भए राम्रो हुन्थ्यो।थाहाबाट