गुल्मीको रुरुक्षेत्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न , ७५ प्रतिशत मत खस्यो

0
449

मंसिर १४,२०७६ गुल्मी ः गुल्मीको रुरुक्षेत्र वडा नं ६ रिमुवामा वडा अध्यक्षका लागि भएको निर्वाचनको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नं ६ रिमुवामा वडा अध्यक्षका लागि भएको निर्वाचनमा कुल एक हजार ५४४ मत खसेको मतदान अधिकृत शान्ती शर्माले जानकारी दिए । जसमा महिला ८७६ र पुरुष ६६८ जनाले मतदान गरेको शर्माले जानकारी दिए । जस अनुसार ७५ दशमलब ३९ प्रतिशत मत खसेको शर्माले जानकारी दिए । सो वडामा कुल दूई हजार ४८ मतदाता रहेका थिए ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ६ को वडा अध्यक्षको लागि भएको निर्वाचन शान्तिपुर्ण रुपमा रुपमा सम्पन्न भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए । निर्वाचनका लागि जनज्योती माध्यमिक बिधालयमा एक मतदान स्थल र २ मतदान केन्द्रमा मतदाताले मतदान गरेका हुन् ।
वडा अध्यक्षको निर्वाचनमा रिमुवाका ८६ बर्षका जेष्ठ नागरिक राम बहादुर दमैले मतदान गरेका थिए ।

वडा नम्बर ६ का वडाध्यक्ष पुर्ण बहादुर रेगामीको २०७५ साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थियो भने उनका प्रतिद्धन्दी नेपाली काग्रेसका वेद बहादुर दर्लामीले ६१९ मत ल्याएका थिए अहिले वडा अध्यक्षका लागि नेकपाबाट गिरी प्रसाद सिंजाली , नेपाली काग्रेसबाट बेद बहादुर दर्लामी र स्वतन्त्रबाट मनबहादुर पचभैया चुनावी मैदानको प्रतिस्पर्धामा रहेका छन् ।

SHARE