मालिकामा लैगिक हिंसा विरुद्धको अभियान सञ्चालन

0
396

मङ्सिर १३ गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । गाउँ पालिकाले पालिकामा रहेका ८ वटै वडामा अभियान सञ्चालन गरिने मालिका गाउँ पालिकाका उपाध्यक्ष देवा अर्यालले जानकारी गराईन् । अर्यालका अनुसार पहिलो दिन मालिका गाउँपालिका १ नेटामा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा सहभागी महिलाहरूले मदिरा सेवनले हिंसा बढाएको बताए । उनीहरूले मदिरामुक्त वडाका लागि गाउँपालिकालाई पहल गर्न आग्रह समेत गरेका छन् । सोही वडामा महिलाहरू घरभित्रै दविएर बस्नुपर्ने ,छोरा र छोरीमा समान व्यवहार नगर्ने लगायतका विषयमा छलफल भएको थियो । मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले हिंसा न्यूनीकरण गर्न स्थानीय महिला जागरुप हुनुपर्ने उल्लेख गरे । थापाले बालविवाह पहिलो समस्या रहेको बताउँदै बाल विवाह रोक्न सबै लाग्नुपर्ने थापाको भनाई छ । यस्तै मालिका गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक देवा अर्यालले लैगिंक हिंसा कसैले नगर्ने र नसहने हो भने हिंसा न्यूनीकरण भएर जाने बताइन् । न्यायिक समितिको संयोजक समेत रहेकी उनले गाउँमा हिंसा भए न्यायका लागि गाउँपालिका आउन कार्यक्रमका सहभागीलाई आग्रह गरेकी छन् । अभियान प्रत्येक वडामा ८ दिन सम्म चल्ने पालिकाले जनाएको छ ।

SHARE