ट्याक्टको ठक्करबाट एक जनाको मृत्यु

0
298

मंसिर १३ ,२०७६ गुल्मी ः
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ६ दौघामा लु ३ च ८२८० नंको टयाक्टरको ठक्करबाट पैदलयात्री १६ बर्षका सुमन नेपाली घाइते भएको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

गुल्मीमा जिप दुर्घटना ६ जना घाइते २ को अबस्था गम्भिर
गुल्मीमा शुत्रबार जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ७ रैतरामा लु १ च ७२४१ नं को जिप दुर्घटना हँुदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घाइतेहरुमा चन्द्कोट गाउँपालिका वडा नं ७ रैतराका २५ बर्षिय चालक लाल बहादुर नेपाली , ७५ की चन्द्रकला घिमिरे , ५६ की मैँया थापा , २३ की गोमा केशी , ३६ की हिमा भट्टराई र १६ की मनिषा खत्री रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । घाइतेहरु मध्ये चालक लाल बहादुर नेपाली र चन्द्रकला घिमिरेको अबस्था गम्भिर रहेकाले उपचारका लागि पाल्पा पठाइएको छ भने अन्यको स्थानीय जोहाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलग गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE