Saturday, June 6, 2026

ठुलोखर्क प्रा.बि.,मुनपा८मा बि ब्य स गठन

0

रामकृस्ण कंडेल,वामीटक्सार पुष ६

मुसिकोट नगरपालिका८,ठुलोखर्कमा रहेको ठुलोखर्क प्रा बि मा बिधालय ब्यबस्थापन समिति र शिक्षक अभिभाबक संघको गठन कार्य सम्पन्न भएको छ। प्रभाकर पान्डेयको अध्यक्षतामा ९सदस्य्य बि ब्य स को गठन भएको छ।सदस्य हरूमा नर बहादुर पौडेल,बालकुमारी कंडेल,लिला बि क,भुपाल बि क,सिता खराल,शिक्षक ज्ञानराज पन्थी रहनु भएको छ।बिधालयका प्रधानाध्यापक बेदप्रसाद खरेल समितिको सदस्य सचिब रहनु भएको छ।साथै आजै लक्ष्मी बि क को अध्यक्षतामा ७सदस्यिय शिक्षक अभिभाबक संघको पनि गठन गरिएको छ। बिधालयले समिति गठनको लागि आयोजित अभिभाबक भेला कार्यक्रममा मुसिकोट नगरपालिकाको शिक्षा शाखा बाट देबिराम शर्मा,वार्डनं८का वार्ड अध्यक्ष नारायण सापकोटा,शारदा बिधा मन्दिर मा वि वामी मैदानका प्रधानाध्यापक ज्ञानहरि सापकोटा,नगर शिक्षा समिति सदस्य टिकाराम खराल लगायतको बिशेष उपस्थिति रहेको थियो।

सबैभन्दा छोटो दिन आज

0

पुस ६, २०७६ काठमाडौं ः आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ। आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ। पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ। हरेक वर्ष जाडोमा हुने सोल्सटाईस ९सक्रान्ती० उत्तरी खण्ड सूर्यबाट २३।५ डिग्रीले टाढा हुन्छ। जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ। हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन्। तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ।थाहाबाट

सासंदको प्राथमिकतामा सडक र खानेपानी

0

हुमाकान्त पोखरेल
पुस ६ , २०७६ गुल्मी ः प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका गुल्मेली सासंदको विकास आयोजनामा सडक र खानेपानी प्राथमिकतामा परेका छन् । जिल्लामा रहेका दुइवटै निर्वाचन क्षेत्रका सासंदको नजरमा सडक र खानेपानी प्राथमितामा परेका हुन् । निर्वाचन क्षेत्र नम्बर १ का सासंद एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सडक र क्षेत्र नम्बर २ का सासंद एवम् पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले खानेपानीलाई प्राथमिकता दिएका हुन् ।
ज्ञवाली र बिष्टले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरगत छ÷छ करोड विकासका काममा विनियोजन गर्न पाउँछन् । सोहि कार्यक्रम अनुसार जिल्लामा १२ करोडका नयाँ योजना सार्वजनिक भएका छन् । परराष्ट्र मन्त्री ज्ञवालीको निर्वाचन क्षेत्रमा सडक निर्माण तथा स्तरोन्नतीको लागि तीन करोड ५५ लाख बजेट बिनियोजन गरिएको छ ।
रुरु क्षेत्र गाउँपालिकाको कफि अनुसन्धान केन्द्र सडक स्तरोन्नती, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर–रोटेखोला सडक सडक स्तरोन्नती, सत्यवति गाउँपालिकाको लुम्पेक–गस्कोट–गिदुवा–डिहिङ्ग मोटरबाटो निमार्ण, छत्रकोट गाउँपालिकाको पिपलनेटा–दिगाम–हर्दिनेटा–मानकोट–दौघा सडक स्तरोन्नती र गुल्मीको दरवार गाउँपालिकाको झिरबास–बलिथुम–लुम्पेक मोटरबाटो निर्माणका लागि ५०÷५० लाख रकम बिनियोजन भएको ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए ।
उनको निर्वाचन क्षेत्रमा सडकपछि खानेपानीले प्राथमिकता पाएको छ । विभिन्न खानेपानी आयोजनाको लागि ८० लाख विनियोजन गरिएको छ । जसमा फोक्सिङ्ग–पूर्तिघाट एकिकृत खानेपानी योजनाको लागि ५० लाख र रुरु क्षेत्र गाउँपालिका ४ को चौतारा डिप बोरिङ्गको लागि ३० लाख बजेट बिनियोजन गरिएको नेपालीले बताए । शिक्षाको क्षेत्रमा बिद्यालयका खेल मैदान निर्माण, कम्पाउण्ड निर्माण, आमा समुह भवन निर्माण, विभिन्न मन्दिर लगायतका क्षेत्रमा एक करोडभन्दा बढी बजेट बिनियोजन भएको छ ।
अहिले क्षेत्र नम्बर दुईका अधिकाशं स्थानीय तहले एक घर एक धारा संचालन गरिरहेका छन् । त्यसै कार्यक्रमलाई पूर्णता दिन पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा खानेपानीको लागि तीन करोड ३५ लाख बिनियोजन भएको छ । मदाने गाउँपालिकाको सिर्सेनी एकिकृत खानेपानी आयोजना र मालिका खानेपानी आयोजना वडा नं १ र ४ को लागि ५०÷५० लाख बिनियोजन भएको छ । इस्मा खानेपानी आयोजना वडा नं २, ३ र ६ को लागि ६० लाख बिनियोजन गरिएको बिष्टका स्वकीय सचिव रमेश काउछाले बताए ।
धुर्कोट खानेपानी आयोजना र रेसुङ्गा नगरपालिकाको सेउघा जोगिथुम खानेपानी योजनाको लागि ७०÷७० लाख रकम साझेदारी कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै क्षेत्र नं २ मा पनि शिक्षाको क्षेत्रमा बिद्यालयका खेल मैदान निर्माणदेखि कम्पाउण्ड निर्माणको लागि पनि करिव एक करोड बजेट बिनियोजन भएको छ । करिव ५० लाखका सडक र २१ लाखका मन्दिर मर्मत संभारको लागि बजेट बिनियोजन गरिएको छ । मुसिकोट नगरपालिकाको तल्लाफाँट समुदायीक भवन निर्माणको लागि ५० लाख र मालिका गाउँपालिकाको मरभुङ्ग सभाहल निर्माणको लागि २० लाख बिनियोजन गरिएको छ ।


खानेपानीमा मात्रै ४० लाख
पछिल्लो समय गुल्मीमा ‘एक घर एक धारा’ कार्यक्रम संचालन भइरहेको छ । सोहि कार्यक्रमलाई पूर्णता दिने उदेश्यले ५ नम्बर प्रदेश सरकारबाट जिल्लाका विभिन्न खानेपानी आयोजनाको लागि ४० लाख विनियोजन गरिएको छ । जसअनुसार रुरु गाउँपालिका १ स्थित रातामाटा खानेपानी योजना, छत्रकोट गाउँपालिका ४ स्थित दिगाम खानेपानी योजनाको लागि, सोहि स्थानमै सिद्धस्थान लिस्ने खानेपानी योजना, गुल्मी दरबार गाउँपालिका ७ स्थित तिरतिरे म्यालडाडाँ लिफ्ट खानेपानी योजना, रेसुगां नगरपालिका ११ स्थित धारापति तुल्सापोखरा खानेपानी योजना र धुर्कोट गाउँपालिका २ स्थित धाराखोला कटुवालटोल सिमलपाटा खानेपानी योजनाको लागि चार÷चार लाख विनियोजन गरिएको प्रदेश सासंद गिता थापाले जानकारी दिइन् । त्यस्तै छत्रकोट गाउँपालिका ५ स्थित खुर्सानीखोला वरडाडाँ खानेपानी योजना र गुल्मीदरबार गाउँपालिका १ स्थित भुतदुला कुटुरीटोल सिमलपाटा खानेपानी आयोजनाको लागि पाचँ÷पाचँ लाख विनियोजन गरिएको छ । गुल्मीदरबार गाउँपालिका ७ स्थित धरेवादी खानेपानी योजनाको लागि दुई लाख ५० हजार र सोहि स्थानकै ठुलाचौर खानपानी योजनाको लागि तीन लाख ५० लाख विनियोजन गरिएको सासंद थापाले जानकारी दिइन् ।

शारदा बिधा मन्दिर मा बि वामी गुल्मीले मनायो  ७०औं बार्षिकोत्सब।

0

रामकृस्ण कंडेल,वामीटक्सार पुष२

गुल्मीको मुसिकोट नगरपालिका८,वामी मैदानमा रहेको शारदा बिधा मन्दिर मा बि ले आफ्नो ७०औं बार्षिकोत्सब कार्यक्रमको अवसर पारेर बिबिध कार्यक्रम हरू सम्पन्न गरेको छ।आज आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो मुसिकोट नगरपालिका प्रमुख तथा बिधालयका पूर्ब बिधार्थी शोमनाथ सापकोटा।कार्यक्रममा प्रमुख अतिथि सापकोटाले आफ्नै गॉऊ ठॉऊमा स्तरिय शिक्षा प्रदान गर्न सकेमा बड्दो बसाई सराई रोक्न सकिने बताऊनु भएको छ।’बसाई सराईको मुख्य कारण गुणस्तरिय शिक्षाको चाहाना रहेकोले सबै मिलेर सामुदायिक बिधालय बाट यस प्रकारको शिक्षाको ग्यारेन्टि गरौ,बसाई सराई रोकिन्छ।सबैको हित हुन्छ’प्रमुख अतिथि सापकोटाले बताऊनु भयो।नगरप्रमुख सापकोटाले आफुहरू नगरपालिकामा बिजय हॉसिल गरे पश्चात यस बिधालयको लागि निकै ठुलो आर्थिक सहयोग गरेको र आगामि दिनमा पनि सहयोग गरिरहने ‘ प्रतिबध्दता ब्यक्त गर्नु भएको थियो। ‘शिक्षक,विद्यार्थी तथा अभिभावकको संयुक्त प्रयासबाट मात्रै शैक्षिक गुणस्तर वृद्धिहुने’मुसिकोट नगरपालिका आर्थिक समिति संयोजक तथा आजको कार्यक्रमका बिशेष अतिथि प्रकाश काफ्लेले बताऊनु भयो।शुभ कामना मन्तब्यको क्रममा बिशेष अतिथि काफ्लेले बिधालयको प्रगतिको उच्च प्रशंसा गर्नु भएको थियो। कार्यक्रममा प्रधानाध्यापक ज्ञानहरि सापकोटाले विद्यालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।बार्षिकोत्सवको समापनको अवसरमा बिधार्थीहरूले तयार गरेका सॉस्कृतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो। एथ्लेटिक्स तर्फ दाैड(ट्रयाक)र फिल्ड तर्फ उफ्रने र फ्याक्ने खेलहरु,साहित्यिक,भलिवल र कपड्डी विधाका खेलहरु सञ्चालन गरिएको थियो।उक्त कार्यक्रममा बिधालयका पूर्ब बिधार्थी तथा महेन्द्र आदर्श नमुना मा बि का पूर्ब प्रधानाध्यापक भिमलाल सापकोटा,वामी विस्व सम्पर्क मन्च,कोरिया शाखाका अध्यक्ष धुर्ब के सी बिशेष अतिथिको रूपमा रहनु भएको थियो।यसै गरि जनप्रतिनिधिहरु,छिमेकि बिधालयका प्रधानाध्यापक हरू, बिधालयका शुभेच्छुक,खेलअनुरागी अभिभाबक हरूको कार्यक्रममा उपस्थिति रहेको थियो। शिक्षक चिरन्जिबि शाक्यको स्वागत मन्तब्य, शिक्षक भिमसेन के सी र बिधार्थी दिलिप रानाको सन्चालन,बिधालय ब्यबस्थापन समितिका सदस्य तथा वडा अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा कार्यक्रम अगाडि बढाईएको थियो।समय अभाबको कारण बॉकि रहेका केहि कार्यक्रम हरू आज सम्पन्न गरिने छ। स्मरण रहोस मंसिर२७गते सम्पन्न हुनुपर्ने समापन समारोहको कार्यक्रम खराब मौसम परिबर्तनको कारण अन्तिम समयमा बिधालयले कार्यक्रम स्थगित गर्नुपर्ने परिस्थिति सृजना भई पुष १गते गर्ने निर्णय गरिएको थियो।

कानुनी बुझाइमा एकरुपता ल्याउन भन्दै जनप्रतिनिधिलाई पढाउँदै जिल्ला प्रशासन

0

तिलाचन पाण्डे
पुस ,१ , २०७६ गुल्मी ः जिल्ला प्रशासन कार्यलय गुल्मीले कानुनी बुझाइमा एकरुपता ल्याउन भन्दै जनप्रतिनिधिहरुलाई पढाउँदै स्थानीय तहमा पुगेको छ ।
पछिल्लो समयमा जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीमा नागरिकता लगायत अन्य सेवाका लागि सिफारिस गर्दा देखिएका समस्या र कानुनी रुपमा जनप्रतिनिधि र प्रशासनको बुझाइ फरक पर्ने भएकाले पनि यसरी कानुनी बुझाइमा एक रुपता ल्याउन भन्दै जनप्रतिनिधिहरुलाई पढाँउदै स्थानीय तहमा हिडेको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।
कानुनी बुझाइमा एक रुपता नआउन्जेल सेवा ग्राहीहरुले समस्या पाउने गरेको भन्दै नागरिकता ऐन , ब्याक्तिगत घटना दर्ता , नीतिगत ब्यबस्था , जनप्रतिनिधिहरुले सिफारिस गर्दा सेवाग्राहीहरुले पाउने गरेका समस्याहरुको बारेमा जानकारी गराइएको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
अहिलेसम्म जिल्लाको गुल्मीदरवार गाउँपालिका , मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको पहलमा गई जनप्रतिनिधिहरुलाई कानुनी बुझाइमा एकरुपता ल्याउनका लागि अनुशिक्षण कार्यक्रम गरिएको र यसलाई जिल्लाका सबै स्थानीय तहहरुमा अभियानकै रुपमा कार्यक्रम गरिने प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।


यसरी जनप्रतिनिधिहरुले कानुनी ब्यबस्थाको बुझाइमा समस्या नभएपछि सेवा ग्राहीहरुले बिना झन्झट सहजै सेवा पाउन सक्ने भन्दै र सेवा प्रवाहामा कुनै समस्या पैदा नहोस भन्नका लागि जनप्रतिनिधिहरुले कानुनी ब्यबस्थाको बारेमा जानकारी भएमा समस्या नहुने भन्दै यसरी कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
पछिल्लो समयमा बिपत ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि स्थानीय सरकारलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । यता यसरी जिल्ला प्रशासन कार्यलय गुल्मीले जनप्रतिनिधिहरुलाई लक्षीत गरि कानुनी बुुझाइमा एक रुपता ल्याउनका लागि ल्याएको कार्यक्रम प्रभाकारी भएको भन्दै कानुनी बुुझाइमा एक रुपता आएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यलय गुल्मीले यसरी जनप्रतिनिधिहरुलाई लक्षित गरी ल्याएको कार्यक्रमबाट जनप्रतिनिधिहरुले कानुुनी रुपमा जानकारी लिएको भन्दै सेवा ग्राहीहरुले सेवा लिने बिषयमा पनि अझै सहज र सरल हुने दाबी गरे ।
पछिल्लो समयमा जिल्ला प्रशासन कार्यलय गुल्मीमा सेवा ग्राहीहरुको समस्यालाई मध्यनजर राख्दै स्तनपान कक्षको ब्यबस्था समेत गरिएको छ भने फ्रि वाइफाइको साथै सेवा ग्राहीहरुका लागि तातो चिसो पानीको ब्यबस्था , नागरिक साहायता कक्षको समेत ब्यबस्था भएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

गोकर्ण बिष्टको निर्वाचन पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत खानेपानीलाई प्राथमिकता

0

गुल्मी , पुस १ गते । गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टको निर्वाचन पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना कार्यक्रम अन्र्तगत खानेपानीलाई गत बर्ष देखि नै बिशेष प्रथामिकता दिइएको छ । आर्थिक २०७६।०७७ मा स्थानीय पुर्वाधार बिकास कार्यक्रममा पनि खानेपानीलाई प्राथमिकता दिइएको छ । यसका साथै शिक्षा , सामुदायिक भबन र सडकका लागि बजेट बिनियोजन गरिएको स्रोतले जनाएको छ । बिनियोजित योजनाका बजेटलाई दुरुपयोग हुन नदिनका लागि नियमित रुपमा अनुगमन गरिने र गुणस्तरीयता र पारदर्शितालाई बिशेष ख्याल गरिने भएको छ । हेरौ कुन योजनाका लागि कति बजेट बिनियोजन भयो त? बजेट रु लाखमा

अर्घाखाँची बस दुर्घटना , तीव्र गतिले १९ जनाको ज्यान गएको छानविन समितिको ठहर

0

पुस १, २०७६ अर्घाखाँची , अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परी १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालमा सडक दुर्घटनापछि कमै मात्र छानविन समिति बन्ने र समिति बने पनि त्यसले समयमै प्रतिवेदन बुझाउने गरेका थिएनन्। २० दिन अघि मंसिर ११ गते अर्घाखाँचीमा भएको बस दुर्घटनाको प्रमुख कारण नै तीव्र गति भएको छानविन समितिले निस्कर्ष निकालेको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु २ ख २१४८ नम्वरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका ६ नरपानी नजिकै सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। दुर्घटनालगत्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानविन टोली निर्माण भएको थियो। छानविन समितिलाई १५ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरी दिएको कार्यादेशअनुसार प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई प्रतिवेदन बुझाइएको हो। सालझण्डी सडकका इन्जिनियर तथा छानविन समिति सदस्य सुधिरकुमार झाले दुर्घटना स्थलको अवलोकनपछि सिंगल लेनको सडक अनुसारको मापदण्डमा कुनै कमि नभएको सडकका कारण दुर्घटना नभएको भनी लिखित प्रतिवेदन दिए। प्रहरी हवल्दार रितन राकस मगरको मेकानिकल चेकजाँचको प्रतिवेदनले पनि प्राविधिक कारणले बस दुर्घटना नभएको देखाएको छ। उक्त दुर्घटनास्थलको भौगोलिक अवस्था सडकको छेउदेखि भिरालो ९भिरपाखो० रहेकाले बस दुर्घटना भई क्षत बिच्छेद अवस्थामा रहे पनि टायर पट्टाको भाग ठिक दुरुस्त रहनुले मेकानिकल हिसावले बस दुर्घटना नभएको प्रतिवेदनमा जनाइएको छ। उपचारमा रहेका अधिकांश घाइतेलाई लिखित रुपमा सोधिएको प्रश्नको उत्तरमा मोडमा बस तीव्र गति रहेकाले स्टेरिड मोड्न नसक्दा सिधैँ भिरबाट गाडी खसेको बताएका थिए। ‘मैले एक्कासि अगाडि हेर्दा गाडी चालक तर्फको साइडबाट बाहिर गई सकेको देखेँ। त्यसपछि गाडी भर्लाङ मार्दा म बाटोदेखि तल जंगलमा खसेको रहेछु। घाइते अर्घाखाँची सन्धिखर्क नगरपालिका ५ तल्लाटोला बस्ने ९हाल चौराहा अस्पताल बुटवलमा उपचारमा रहेका० ४२ वर्षीय विष्णुबहादुर अधिकारी भने। भैरहवा मेडिकल कलेजमा उपचारार्थ अर्घाखाँची पाणिनी गाउँपालिका ८ बस्ने ४४ वर्षीय विष्णु बिकले त्यो दिनलाई सम्झँदै तर्सिदै भने, ुघुम्तिमा आएपछि बस रोकियो। बसमा सवार यात्रु र बस चालकले चिया नास्ता खाएका थिए। त्यसपछि बसमा सबै बसे। चालकले गाडी चलाएर हिडे। नरपानी प्रहरी कार्यालय आउनु भन्दा २ किलोमिटर अगाडि ९पहिला नै० तीव्र गतिका कारण देव्रे साइडको नालीतिर बस गयो। पुनः दायाँ साइड काट्दा बस रोक्न नसेन। अनि बस सिधै भिरबाट खस्यो।ु जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल चेकजाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाई, घुम्तिका सर्वसाधारण र पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका नरपानीका प्रहरी चौकी इन्चार्जको बयान, उद्धारकर्ताको भनाइ, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेका कागजात, घतटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण, फोटोग्राफी र घाइतेका बयान कागजले समेत तीव्र गतिका कारण बस दुर्घटना भएको देखाएको छ। सो रुटमा चल्ने अरू सवारी चालकले समेत सजिलो बाटोमा कसरी दुर्घटना भयो भनी दाबी समेत गरेको छानविन समितिका संयोजक बेल्वासेले बताए। प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रतिवेदनलाई पुन सर्वपक्षीय बैठक बोलाइ जानकारी गराउने बताए। साथै सडक दुर्घटना न्यूनीकरणका लागि पहल गर्ने पनि बताए। उनले यो रूटमा चल्ने गाडीको गति कति हुनुपर्ने, कति समयमा गन्तव्यमा पुग्ने विषयमा छलफल गरी मापदण्डसहित समय अवधि तोक्ने बताए। चालकलाई निकै चनाखो, सचेत भई गाडी गुडाउन समेत प्रजिअ पौडेलले सुझाव दिएका छन्। थाहाबाट

अनार खेतीले दाङका किसानलाई डुबायो

0

पुस १, २०७६ दाङ , अनार खेतीका लागि आवश्यक पर्ने प्राविधिक सल्लाह नपाउँदा दाङको शान्तिनगर–२ अमुवाका किसान मर्कामा परेका छन्। अमुवाकी भगवती पौडेलले २०७० सालदेखी अनार खेती शुरु गरिन्। उनले ६ कठ्ठामा अनार खेती गरेको बताइन्। मैक र तोरी खेती गर्दै आएकी पौडेललाई अनार खेतीको लागि उपयुक्त मौसम र माटो रहेको कृषि प्राविधिकले सुझाव दिएपछि ब्यबासायिक रुपमा अनार खेती गरेको उनले बताइन्। अनार रोपेको २ वर्षको अवधिमा बोट निकै लोभ लाग्दा भएका थिए। तर फुल्ने र फल लाग्ने समयमा सिंचाईको अभाव भयो। जसका कारणले अनारका दाना लाग्नै सकेनन्। अनार फागुन चैत्रमा फुल्ने रहेछ, पौडेलले भनिन्, त्यति बेला पानी चाहिने रहेछ। यहाँ हामीलाई पिउने पानीको समस्या हुन्छ, त्यस बेला अनि अनारलाई कसरी पानी पाउनुरु किसानहरुलाई अहिले सरकारले कृषि गर्नको लागि विभिन्न अनुदान दिने गरेको भएता पनि आफुहरुको समस्या प्रति अहिले सम्म कसैले चासो नदिएको उनले गुनासो गरिन्। पौडेल मात्र नभई २०७० सालमा उक्त गाउँमा १४ सय अनारका बोटहरु सप्तरीबाट ल्याई २० जना भन्दा बढिले करिब ५ बिगाह जमिनमा खेती गरेका छन्। मकै र तोरी खेती गर्दै आएका अर्का रेशम खड्काले पनि करिब १५ कठ्ठामा एक सय बोट अनार खेती गरेका थिए। तर ६ वर्ष सम्म अनारबाट कुनै आम्दानी नभएपछि अहिले सबै अनार फालेर मकै र तोरी खेती गर्नु शुरु गरेको बताए। फुल–फुल्ने बेला अनारलाई पानी प्रशस्त चाहिने तर गाउँमा सिंचाईको अभावले अनार फस्टाउन नसकेपछि सबैले पुरानै खेती अंगाल्न शुरु गरेको खड्काले बताए। एउटा अनारको बोट खरिद गर्दा ५५ रुपैयाँ मुल्य परेको र त्यसलाई रोप्न खाडल बनाउन, मल तथा श्रमको मूल्य समेत गर्दा २ हजार जति खर्च भएको अर्का बासुदेब न्यौपानेले बताए। आफुहरुले खेती गर्दा अनारको बजार मुल्य पनि धेरै र हावा पानीले उपयुक्त ठाउँ भएकाले अनार खेती गरेको भएता पनि पानीको कारणले गर्दा आफुहरुलाई समस्या भएको उनले बताए। न्यौपानेले करिब १२ कठ्ठामा एक सय अनारको बोट लगाएको भन्दै करिब ६ बर्ष सम्म आम्दानी नभएपछि धेरै बोटहरु नष्ट गरिसकेर पुरानै खेती गरेको बताए। उनकाअनुसार यदि राम्रोसँग अनारको बोट फस्टाएमा करिब एक सय किलो सम्म अनार फल्ने गर्दछ। तर पानी र रोगको कारणले गर्दा थोरै फले पनि बजार कै कारणले अनार नबिक्ने उनले गुनासो गरे। ८÷१० किलो अनार फले पनि त्यो बिक्दैन्, न्यौपानेले भने, बजार लगेर बेच्दा बिक्दैन्, बिचौलीयाँले प्रति किलो ७०÷८० मा राख्छन्। अनि हामीले दुख गर्ने, लगानी गर्ने तर हामीलाई नाफा नहुने भएकाले पनि अनारखेती तर्फ मन मरेको उनले बताए।
थाहाखबरबाट

ज्ञवालीको निर्वाचन पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत योजना र बजेट सार्वजनिक

0

तिलाचन पाण्डे
गुल्मी मंसिर ३० गते । गुल्मी क्षेत्र नं १ का संघिय सांसद प्रदीप कुमार ज्ञवालीको निर्वाचन पुर्वाधार बिकास साझेदारी कार्यक्रममा योजना तथा बजेटको बिनियोजन गरिएको छ । आर्थिक बर्ष २०७६।०७७ को स्थानीय पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत क्षेत्र नं १ का सडक , खानेपानी ,भबन निर्माण , बिधालय लगायत सडक स्तरोन्तीका लागि बजेट बिनीयोजन गरिएको छ । बिभिन्न योजनाहरुमा बिनीयोजन गरिएको बजेटलाई अधिकतम सदुपयोग गर्नका लागि सबैमा आग्रह समेत गरिएको छ । हेरौ कुन कुन योजनामा कति बजेट बिनीयोजन भयो त ।

सुन्तला बालीमा बाली कटानी

0

तिलाचन पाण्डे
मंसिर ३० , २०७६ गुल्मी ः प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यन्वयन इकाई गुल्मीले सुन्तला बालीमा बाली कटानी गर्ने कार्य सुरु गरेको छ ।

आर्थिक बर्ष २०७६। ०७७ को बार्षिक स्विकृत कार्यक्रम अनुसार छत्रकोट गाउँपालिका वडा नं ३ लुम्छामा कृषि अधिकृत समिर सिंह बहराई मगर , खुबिराम पोखरेल वडा अध्यक्ष तेजकान्त अर्याल , एक गाँउ एक कृषि प्राबिधिक परियोजना कार्यन्वयन इकाईका कर्मचारी , ओ जे टी गर्ने कर्मचारीहरु लगायत सुन्तला ब्यबसायीहरुको उल्लेख्य मात्रामा उपस्तिति रहेको थियो । ब्यबसायीक कृषक बिश्नु प्रसाद पन्तको बगैचामा बाली कटानी कार्य गरिएको परियोजना कार्यन्वयन इकाई गुल्मीले जनाएको छ ।