शारदा बिधा मन्दिर मा बि वामी गुल्मीले मनायो  ७०औं बार्षिकोत्सब।

0
565

रामकृस्ण कंडेल,वामीटक्सार पुष२

गुल्मीको मुसिकोट नगरपालिका८,वामी मैदानमा रहेको शारदा बिधा मन्दिर मा बि ले आफ्नो ७०औं बार्षिकोत्सब कार्यक्रमको अवसर पारेर बिबिध कार्यक्रम हरू सम्पन्न गरेको छ।आज आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो मुसिकोट नगरपालिका प्रमुख तथा बिधालयका पूर्ब बिधार्थी शोमनाथ सापकोटा।कार्यक्रममा प्रमुख अतिथि सापकोटाले आफ्नै गॉऊ ठॉऊमा स्तरिय शिक्षा प्रदान गर्न सकेमा बड्दो बसाई सराई रोक्न सकिने बताऊनु भएको छ।’बसाई सराईको मुख्य कारण गुणस्तरिय शिक्षाको चाहाना रहेकोले सबै मिलेर सामुदायिक बिधालय बाट यस प्रकारको शिक्षाको ग्यारेन्टि गरौ,बसाई सराई रोकिन्छ।सबैको हित हुन्छ’प्रमुख अतिथि सापकोटाले बताऊनु भयो।नगरप्रमुख सापकोटाले आफुहरू नगरपालिकामा बिजय हॉसिल गरे पश्चात यस बिधालयको लागि निकै ठुलो आर्थिक सहयोग गरेको र आगामि दिनमा पनि सहयोग गरिरहने ‘ प्रतिबध्दता ब्यक्त गर्नु भएको थियो। ‘शिक्षक,विद्यार्थी तथा अभिभावकको संयुक्त प्रयासबाट मात्रै शैक्षिक गुणस्तर वृद्धिहुने’मुसिकोट नगरपालिका आर्थिक समिति संयोजक तथा आजको कार्यक्रमका बिशेष अतिथि प्रकाश काफ्लेले बताऊनु भयो।शुभ कामना मन्तब्यको क्रममा बिशेष अतिथि काफ्लेले बिधालयको प्रगतिको उच्च प्रशंसा गर्नु भएको थियो। कार्यक्रममा प्रधानाध्यापक ज्ञानहरि सापकोटाले विद्यालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।बार्षिकोत्सवको समापनको अवसरमा बिधार्थीहरूले तयार गरेका सॉस्कृतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो। एथ्लेटिक्स तर्फ दाैड(ट्रयाक)र फिल्ड तर्फ उफ्रने र फ्याक्ने खेलहरु,साहित्यिक,भलिवल र कपड्डी विधाका खेलहरु सञ्चालन गरिएको थियो।उक्त कार्यक्रममा बिधालयका पूर्ब बिधार्थी तथा महेन्द्र आदर्श नमुना मा बि का पूर्ब प्रधानाध्यापक भिमलाल सापकोटा,वामी विस्व सम्पर्क मन्च,कोरिया शाखाका अध्यक्ष धुर्ब के सी बिशेष अतिथिको रूपमा रहनु भएको थियो।यसै गरि जनप्रतिनिधिहरु,छिमेकि बिधालयका प्रधानाध्यापक हरू, बिधालयका शुभेच्छुक,खेलअनुरागी अभिभाबक हरूको कार्यक्रममा उपस्थिति रहेको थियो। शिक्षक चिरन्जिबि शाक्यको स्वागत मन्तब्य, शिक्षक भिमसेन के सी र बिधार्थी दिलिप रानाको सन्चालन,बिधालय ब्यबस्थापन समितिका सदस्य तथा वडा अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा कार्यक्रम अगाडि बढाईएको थियो।समय अभाबको कारण बॉकि रहेका केहि कार्यक्रम हरू आज सम्पन्न गरिने छ। स्मरण रहोस मंसिर२७गते सम्पन्न हुनुपर्ने समापन समारोहको कार्यक्रम खराब मौसम परिबर्तनको कारण अन्तिम समयमा बिधालयले कार्यक्रम स्थगित गर्नुपर्ने परिस्थिति सृजना भई पुष १गते गर्ने निर्णय गरिएको थियो।

SHARE