सासंदको प्राथमिकतामा सडक र खानेपानी

0
455

हुमाकान्त पोखरेल
पुस ६ , २०७६ गुल्मी ः प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका गुल्मेली सासंदको विकास आयोजनामा सडक र खानेपानी प्राथमिकतामा परेका छन् । जिल्लामा रहेका दुइवटै निर्वाचन क्षेत्रका सासंदको नजरमा सडक र खानेपानी प्राथमितामा परेका हुन् । निर्वाचन क्षेत्र नम्बर १ का सासंद एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सडक र क्षेत्र नम्बर २ का सासंद एवम् पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले खानेपानीलाई प्राथमिकता दिएका हुन् ।
ज्ञवाली र बिष्टले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरगत छ÷छ करोड विकासका काममा विनियोजन गर्न पाउँछन् । सोहि कार्यक्रम अनुसार जिल्लामा १२ करोडका नयाँ योजना सार्वजनिक भएका छन् । परराष्ट्र मन्त्री ज्ञवालीको निर्वाचन क्षेत्रमा सडक निर्माण तथा स्तरोन्नतीको लागि तीन करोड ५५ लाख बजेट बिनियोजन गरिएको छ ।
रुरु क्षेत्र गाउँपालिकाको कफि अनुसन्धान केन्द्र सडक स्तरोन्नती, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर–रोटेखोला सडक सडक स्तरोन्नती, सत्यवति गाउँपालिकाको लुम्पेक–गस्कोट–गिदुवा–डिहिङ्ग मोटरबाटो निमार्ण, छत्रकोट गाउँपालिकाको पिपलनेटा–दिगाम–हर्दिनेटा–मानकोट–दौघा सडक स्तरोन्नती र गुल्मीको दरवार गाउँपालिकाको झिरबास–बलिथुम–लुम्पेक मोटरबाटो निर्माणका लागि ५०÷५० लाख रकम बिनियोजन भएको ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए ।
उनको निर्वाचन क्षेत्रमा सडकपछि खानेपानीले प्राथमिकता पाएको छ । विभिन्न खानेपानी आयोजनाको लागि ८० लाख विनियोजन गरिएको छ । जसमा फोक्सिङ्ग–पूर्तिघाट एकिकृत खानेपानी योजनाको लागि ५० लाख र रुरु क्षेत्र गाउँपालिका ४ को चौतारा डिप बोरिङ्गको लागि ३० लाख बजेट बिनियोजन गरिएको नेपालीले बताए । शिक्षाको क्षेत्रमा बिद्यालयका खेल मैदान निर्माण, कम्पाउण्ड निर्माण, आमा समुह भवन निर्माण, विभिन्न मन्दिर लगायतका क्षेत्रमा एक करोडभन्दा बढी बजेट बिनियोजन भएको छ ।
अहिले क्षेत्र नम्बर दुईका अधिकाशं स्थानीय तहले एक घर एक धारा संचालन गरिरहेका छन् । त्यसै कार्यक्रमलाई पूर्णता दिन पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा खानेपानीको लागि तीन करोड ३५ लाख बिनियोजन भएको छ । मदाने गाउँपालिकाको सिर्सेनी एकिकृत खानेपानी आयोजना र मालिका खानेपानी आयोजना वडा नं १ र ४ को लागि ५०÷५० लाख बिनियोजन भएको छ । इस्मा खानेपानी आयोजना वडा नं २, ३ र ६ को लागि ६० लाख बिनियोजन गरिएको बिष्टका स्वकीय सचिव रमेश काउछाले बताए ।
धुर्कोट खानेपानी आयोजना र रेसुङ्गा नगरपालिकाको सेउघा जोगिथुम खानेपानी योजनाको लागि ७०÷७० लाख रकम साझेदारी कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै क्षेत्र नं २ मा पनि शिक्षाको क्षेत्रमा बिद्यालयका खेल मैदान निर्माणदेखि कम्पाउण्ड निर्माणको लागि पनि करिव एक करोड बजेट बिनियोजन भएको छ । करिव ५० लाखका सडक र २१ लाखका मन्दिर मर्मत संभारको लागि बजेट बिनियोजन गरिएको छ । मुसिकोट नगरपालिकाको तल्लाफाँट समुदायीक भवन निर्माणको लागि ५० लाख र मालिका गाउँपालिकाको मरभुङ्ग सभाहल निर्माणको लागि २० लाख बिनियोजन गरिएको छ ।


खानेपानीमा मात्रै ४० लाख
पछिल्लो समय गुल्मीमा ‘एक घर एक धारा’ कार्यक्रम संचालन भइरहेको छ । सोहि कार्यक्रमलाई पूर्णता दिने उदेश्यले ५ नम्बर प्रदेश सरकारबाट जिल्लाका विभिन्न खानेपानी आयोजनाको लागि ४० लाख विनियोजन गरिएको छ । जसअनुसार रुरु गाउँपालिका १ स्थित रातामाटा खानेपानी योजना, छत्रकोट गाउँपालिका ४ स्थित दिगाम खानेपानी योजनाको लागि, सोहि स्थानमै सिद्धस्थान लिस्ने खानेपानी योजना, गुल्मी दरबार गाउँपालिका ७ स्थित तिरतिरे म्यालडाडाँ लिफ्ट खानेपानी योजना, रेसुगां नगरपालिका ११ स्थित धारापति तुल्सापोखरा खानेपानी योजना र धुर्कोट गाउँपालिका २ स्थित धाराखोला कटुवालटोल सिमलपाटा खानेपानी योजनाको लागि चार÷चार लाख विनियोजन गरिएको प्रदेश सासंद गिता थापाले जानकारी दिइन् । त्यस्तै छत्रकोट गाउँपालिका ५ स्थित खुर्सानीखोला वरडाडाँ खानेपानी योजना र गुल्मीदरबार गाउँपालिका १ स्थित भुतदुला कुटुरीटोल सिमलपाटा खानेपानी आयोजनाको लागि पाचँ÷पाचँ लाख विनियोजन गरिएको छ । गुल्मीदरबार गाउँपालिका ७ स्थित धरेवादी खानेपानी योजनाको लागि दुई लाख ५० हजार र सोहि स्थानकै ठुलाचौर खानपानी योजनाको लागि तीन लाख ५० लाख विनियोजन गरिएको सासंद थापाले जानकारी दिइन् ।

SHARE