कानुनी बुझाइमा एकरुपता ल्याउन भन्दै जनप्रतिनिधिलाई पढाउँदै जिल्ला प्रशासन

0
609

तिलाचन पाण्डे
पुस ,१ , २०७६ गुल्मी ः जिल्ला प्रशासन कार्यलय गुल्मीले कानुनी बुझाइमा एकरुपता ल्याउन भन्दै जनप्रतिनिधिहरुलाई पढाउँदै स्थानीय तहमा पुगेको छ ।
पछिल्लो समयमा जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीमा नागरिकता लगायत अन्य सेवाका लागि सिफारिस गर्दा देखिएका समस्या र कानुनी रुपमा जनप्रतिनिधि र प्रशासनको बुझाइ फरक पर्ने भएकाले पनि यसरी कानुनी बुझाइमा एक रुपता ल्याउन भन्दै जनप्रतिनिधिहरुलाई पढाँउदै स्थानीय तहमा हिडेको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।
कानुनी बुझाइमा एक रुपता नआउन्जेल सेवा ग्राहीहरुले समस्या पाउने गरेको भन्दै नागरिकता ऐन , ब्याक्तिगत घटना दर्ता , नीतिगत ब्यबस्था , जनप्रतिनिधिहरुले सिफारिस गर्दा सेवाग्राहीहरुले पाउने गरेका समस्याहरुको बारेमा जानकारी गराइएको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
अहिलेसम्म जिल्लाको गुल्मीदरवार गाउँपालिका , मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको पहलमा गई जनप्रतिनिधिहरुलाई कानुनी बुझाइमा एकरुपता ल्याउनका लागि अनुशिक्षण कार्यक्रम गरिएको र यसलाई जिल्लाका सबै स्थानीय तहहरुमा अभियानकै रुपमा कार्यक्रम गरिने प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।


यसरी जनप्रतिनिधिहरुले कानुनी ब्यबस्थाको बुझाइमा समस्या नभएपछि सेवा ग्राहीहरुले बिना झन्झट सहजै सेवा पाउन सक्ने भन्दै र सेवा प्रवाहामा कुनै समस्या पैदा नहोस भन्नका लागि जनप्रतिनिधिहरुले कानुनी ब्यबस्थाको बारेमा जानकारी भएमा समस्या नहुने भन्दै यसरी कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
पछिल्लो समयमा बिपत ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि स्थानीय सरकारलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । यता यसरी जिल्ला प्रशासन कार्यलय गुल्मीले जनप्रतिनिधिहरुलाई लक्षीत गरि कानुनी बुुझाइमा एक रुपता ल्याउनका लागि ल्याएको कार्यक्रम प्रभाकारी भएको भन्दै कानुनी बुुझाइमा एक रुपता आएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यलय गुल्मीले यसरी जनप्रतिनिधिहरुलाई लक्षित गरी ल्याएको कार्यक्रमबाट जनप्रतिनिधिहरुले कानुुनी रुपमा जानकारी लिएको भन्दै सेवा ग्राहीहरुले सेवा लिने बिषयमा पनि अझै सहज र सरल हुने दाबी गरे ।
पछिल्लो समयमा जिल्ला प्रशासन कार्यलय गुल्मीमा सेवा ग्राहीहरुको समस्यालाई मध्यनजर राख्दै स्तनपान कक्षको ब्यबस्था समेत गरिएको छ भने फ्रि वाइफाइको साथै सेवा ग्राहीहरुका लागि तातो चिसो पानीको ब्यबस्था , नागरिक साहायता कक्षको समेत ब्यबस्था भएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

SHARE