Friday, June 5, 2026

गुल्मीबाट एक हप्तामै ३२० जनाले राहदानी बनाए, १७ लाख राजस्व संकलन

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
जेठ १९,२०८१ गुल्मीःजिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको एक हप्ताको प्रगति विवरण सार्वजनिकमा ३२० जनाको राहदानीका लागि आवेदन संकलन गरिएको र राहदानीबाट १६ लाख ६७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको प्रशासनले जनाएको छ ।
राहदानीका साथै संस्था दर्ता तथा नविकरणबाट १३ हजार राजस्व संकलन गरी कुल १६ लाख ८० हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गत आइतबार देखी शुक्रबारसम्म ३२० जनाको राहदानीका लागि आवेदन संकलन, ३४४ जनाको राहदानी वितरण ४१३ जनालाई नयाँ नागरिकता प्रदान, १६९ नागरिकताको प्रतिलिपी प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

यस्तै सोही अवधिमा ५५९ जनाको राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन पनि गरिएको र ४४ जनाको परिचयपत्र वितरण गरिएको गैरेले बताउनुभयो । ३०२ दलित, जनजाती ,पारिवारिक विवरण तथा अन्य प्रमाणित र १९ जनाको नावालक परिचयपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।


पछिल्लो एक हप्तामा सेवाग्राहीको चाप बढी भएकाले साँझ ७ बजेसम्म पनि सेवा प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कर्मचारीको अभाव भएपनि टाढा टाढाबाट आएका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उहाँको भनाई छ ।

नागरिकहरुलाई सहज तरिकाले सेवा प्रवाह गर्नु आफूहरुको दायित्व भएकाले विहान साँझ नभनी सीमित कर्मचारी भएपनि ब्यवस्थापन गरी सेवा प्रवाह गरिएको शर्माले बताउनुभयो ।

उच्च माध्यमिक तहको परीक्षा भर्खरै मात्रै सम्पन्न भएकाले नागरिकता र राहदानी बनाउने बढेको प्रशासनले जनाएको छ ।

इन्धनको मूल्य घट्यो

0

जेठ १९,२०८१काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। गए राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ‚ डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।

निर्णयमा सबैको समान पहुँच हुनु नै गणतन्त्र हो : सुदर्शन बराल

0

तिलाचन पाण्डे
जेठ  १५,२०८१ गुल्मी : नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले निर्णयमा सबैको समान पहुँच हुनु नै गणतन्त्र भएको बताउनुभएको छ ।

१७ औ गणतन्त्र दिवसको अवसरमा गुल्मीमा अखिल क्रान्तीकारी र वाइसिएल नेपालले आयोजना गरेको बृहत युवा बिद्यार्थी संबाद कार्यक्रममा  बरालले सो कुरा बताउनुभएको हो ।
पहिले हुकुमी शैलीमा जनतामाथि शासन भइरहेको उदाहरण प्रस्तुत गर्दै बरालले जनयुद्धकै जगमा गणतन्त्र स्थापना भएको बताउनुभएको हो ।  अहिले सर्वसाधारणको निर्णयमा पहुँच भएको उल्लेख गर्दै बरालले संघीयता र गणतन्त्रलेनै देशमा आमुल परिवर्तन भएको दाबी गर्नुभयो ।

यस्तै सोही कार्यक्रममा वाइसिएल नेपालका केन्द्रिय इन्चार्ज रामप्रसाद सापकोटा (दिपशीखा)ले ब्यबस्थाको बारेमा गलत भाष्यको प्रचार भइरहेको बताउनुभएको छ । राम्रो काम भइरहेको समयमा पनि नेताहरुले काम गरेनन् भन्दै गलत तरिकाले प्रचार भइरहेको उल्लेख गर्दै उहाँले गलत तरिकाले भइरहेको प्रचारको बिरोध पनि गर्नुभयो । जनयुद्धकै कारण गणतन्त्र,संघीयता, धर्म निरपेक्षता ,समावेशीता आएको बताउँदै उहाँले अधिकार प्राप्तीका निम्ती माओवादीले हतियार उठाउनुपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अखिल क्रान्तीकारीका केन्द्रिय उपाध्यक्ष नारायण खनाललगायत केन्द्रिय ,प्रदेश र स्थानीय तहका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले गणतन्त्र ठुलो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा दुई सय भन्दा बढी बिद्यार्थी लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।  वाइसिएलका जिल्ला अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा कार्यक्रमको संचालन अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष राजन केशीले गर्नुभएको थियो ।

पाल्पामा रूखबाट लडेर मीनाको मृत्यु

0

जेठ १०,२०८१पाल्पा : पालपाको रम्भा गाउँपालिका पाँचकी ३१ वर्षीया मीना कुमारी लामिछानेको रुखबाट लडेर मृत्यु भएको छ।

 

आफ्नै बारीमा रहेको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनको प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

माटोको गुणस्तर र उर्वराशक्ति बढाउन माटो परिक्षण

0

सूर्य सुनार
जेठ १०,२०८१ गुल्मीःप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले गाउँगाउँमा पुगेर नमूना संकलन तथा माटो परिक्षण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा पुगेर कृषकको माटो परिक्षण शिविर गरेको हो ।

 

माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेका बेला त्यसको नियन्त्रणका लागि माटो परिक्षण शिविर गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका कार्यालय प्रमुख गंगा प्रोखरेलले बताउनुभयो । कृषिमा लागेका कृषकहरूको आय–आर्जन बढाउनका लागि कृषकका बारीको माटो परीक्षण गरिएको प्रोखरेलले बताउनुभयो । मुसिकोट नगरपालिका २, ३ र ४ वडाका ५७ जनाको माटो परिक्षण गरिएको हो ।

परीक्षणका क्रममा माटोमा अम्लियपन, पोटास निकै बढ्दै गएको पाइएको कषि ज्ञान केन्द्र गुल्मीका ल्याब टेक्नीशियन कविर पन्थीले बताउनुभयो । माटोलाई जीवित राख्दै उत्पादन बढाउनका लागि माटोको परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

गुल्मीको रिडीमा आँखा उपचार केन्द्र स्थापना

0

टोपलाल अर्याल
जेठ ,२०८१ गुल्मीःगुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ को रिडीमा रुरु आँखा उपचार केन्द्रको स्थापना भएको छ । नेपाल नेत्रज्योति संघ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरु क्षेत्र गाउँपालिकाको समन्वय केन्द्र स्थापना भएको हो । शनिबार केन्द्रको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले उद्घाटन गरे ।

 

जिल्लाको छैटौं उपचार केन्द्रका रुपमा सेवा शुभारम्भ भएको छ । सोहि अवसरमा बोल्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीले तीन जिल्लाको केन्द्र पर्ने भएकाले रिडीमा आँखा उपचार केन्द्र स्थापना भएपछि धेरै नागरिकहरुले सेवा प्राप्त गर्ने विश्वास लिएको बताए । उनले विभिन्न समयमा निशुल्क शिविरहरु संचालन गर्ने गरिएको स्मरण गर्दै, गत बर्षदेखि मोतियाबिन्दुको निशुल्क शल्यक्रिया र अहिले केन्द्रनै स्थापना गरिएको बताए ।

 

जिल्लामा स्याथी रुपमा ०४५ सालबाट आँखा उपचार सेवा र ०४९ सालबाट नेपाल नेत्रज्योति संघले गाउँ–गाउँमा शाखा बिस्तार गरेर पनि सेबा प्रबाह गरिरहेको छ । स्थापना भएको थियो । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका सूचना अधिकारी बीर बहादुर कार्कीका अनुसार वामी, शान्तिपुर, सिमलटारी र मदानेमा शाखा विस्तार गरिसकेको छ । अब कालिगण्डकीमा शाखा स्थापना हुनेछ ।

 

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले बार्षिक करिव ३३ हजार नागरिकको आँखाको उपचार र करिब पाँच सय नागरिकको शल्यक्रिया गर्ने गरेको छ । सघको तथ्यांक अनुसार आर्थिक बर्ष ०७८÷०७९ मा ३२ हजार तीन सय ८१ जनाको आँखाको उपचार भएको छ । भने गत बर्ष ३४ हजार नागरिकको आँखाको उपचार गरिएको नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव पदम पाण्डेयले जानकारी दिए । यो आर्थिक बर्षको आठ महिनामा करिव २१ हजार नागरिकको आँखाको उपचार भएको सस्थाले जनाएको छ । केन्द्रमा अहिलेसम्म १७ जना कर्मचारी कार्यरत रहेका छन् ।

चन्द्रकोटमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १८ सय नागरिक लाभान्वित

0

जेठ ५,२०८१ गुल्मी :स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उदेश्यले गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

 

शुक्रबार गाउँपालिकाको केन्द्र शान्तिपुरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट सुगर, प्रेसर, थाइराईड्स, दम, पेट, छाती, यौनरोग, हाडजोर्नी तथा नशारोग, महिला प्रसुती तथा स्त्री रोग, छाला तथा यौन रोग यूरो सर्जन रोगका बिरामीले सेवा लिएको चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । फजिसियन सेवा तर्फ ५ सय ८०, हाडजोर्नी तथा नशारोग तर्फ ३ सय ४७ जना महिला प्रसुती तथा स्त्री रोग तर्फ १ सय ६० युरो सर्जन तर्फ २४, छाला तथा यौन र आँखा उपचारमा १५९, प्रयोगशाला तर्फ १ सय ५४ जना सर्वसाधारणले शिविरबाट सेवा लिएका छन् । एकदिने बृहत स्वास्थ्य शिविरमा चन्द्रकोटबासी संगै सत्यवती, वाग्लुङ्गको बरेङ लगायतका स्थानका केही नागरिकले समेत निःशुल्क स्वास्थ्य परिक्षण गराएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

 

एकदिने शिविरबाट कुल १ हजार ७५४ जना सर्वसाधारण लाभान्वित भएका छन् । राम्रो र गुणस्तरीय स्वास्थ्य सेवा लिनको लागि यहाँका नागरिक पाल्पा, बुटवल, काठमाडौं लगायतका ठुला अस्पत्ताल पुग्नु पथ्र्यो तर, गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविर संचालन गरिदिएपछि बाहिर जानुपर्ने बाध्यता हटेको सर्वसाधारण बताउँछन् । उनिहरुले यस्तै कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका छन ।

 

गाउँपालिका भित्रका असाहय तथा आर्थिक अभावका कारण स्वास्थ्य चेक जाँचबाट बन्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । निर्वाचनको समयमा जनतालाई दिएका प्रतिवद्धता पुरा गर्न र जनप्रतिनिधिको पदबहालीको २ बर्ष पुगेको अवसरमा शिविर राखिएको अध्यक्ष केसीको भनाई छ । उहाँले नागरिकलाई सहज तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नका लागी शिविरको आयोजना गरिएको बताउनुभयो ।

 

आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका नागरिकलाई गाउँ तहमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गरिएको हो । गाउँपालिका भित्रका अशक्त गरिब नागरिकले यस शिविर मार्फत थप प्रभावकारी र सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । जनताको स्वास्थ्य नै हाम्रो स्वास्थ्य हो भन्ने नाराका साथ निःशुल्क बृह्त स्वास्थ्य शिविर आयोजना गरेको गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

 

गाउँपालिकाको वार्षिक कार्यक्रममा बजेटको व्यस्थापन गरि जनताको आधारभुत स्वास्थ्य आवश्यकतालाई मध्ये नजर गरी शिविर आयोजना प्रमुख प्रशाकीय अधिकृत बृद्ध प्रकाश पौडेलले गरेको बताउनुभयो ।

गाउँपालिकाले गत बर्ष पनि स्वास्थ्य शिविरको आयोजना गरेको थियो । त्यस बेला शिविर २ दिन सम्म सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार १ दिनको शिबिरले गर्दा केही भिड बढेको उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा फिजिसियनको रुपमा कार्यरत डाक्टर हरि प्रसाद पन्थीका अनुसार चन्द्रकोट गाउँपालिकामा सुगर, थाइराइड्स, प्रेसर जस्ता रोगीहरु धेरै भेटिएको बताउनुभयो ।

शिविरमा सुगर,प्रेसर,थाइराइड्स,बाथ दम छाती तथा मुटुरोग विशेषज्ञ डा.हरिप्रसाद पन्थी,डा.विभव बस्याल र डा.दुर्गा सुरखालीले सेवा प्रवाह गरेको विशेषज्ञ सेवा प्रदान गरेको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत भरतजंग क्षेत्रीले जानकारी दिए । त्यस्तै शिवरमा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा.विकाश न्यौपाने,डा.रमेश अर्याल र उत्सव रेग्मी र महिला प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.ज्योती श्रेष्ठ,डा.शिला ढकाल लगायतका १६ जना विशेषज्ञ डाक्टरले सेवा दिएको क्षेत्रीले बताए । गाउँपालिका भित्रकै आधारभूत अस्पतालमा बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउँदा बिरामीहरुले खुसी व्यक्त गरे । शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो ।

चन्द्रकोटमा १५० रोपनी क्षेत्रफलमा सामुहिक आलु खेती

0

तिलाचन पाण्डे
वैशाख ३०,२०८१ गुल्मीः गुल्मीमा १५० रोपनी क्षेत्रफलमा सामुहिक आलु खेती गरिएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्वर एक दिवु्रङको लुग्दीमा ३४ घररिवारले १४० रोपनी क्षेत्रफलमा सामुहिक आलु खेती गरेको वडा अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।
ग्रामीण स्तरका नागरिकहरुलाई गाउँमै रोजगारी र आत्मनिर्भर बनाउनका लागि सामुहिक  आलु खेतीमा लगाइएको खरेलको दाबी छ ।

 

गत वर्ष सामुहिक आलु खेतीबाट ४० लाख रुपियाँ आम्दामी भएको र आफूहरु आलु  खेतीबाट सन्तुष्ट रहेको उद्यमशिल कृषक समूहका अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।
यस वर्ष ५२ लाख वढीको आलु उत्पादन हुने लक्ष्य लिएको खरेलले बताए ।  उनले एकल प्रयासले मात्र नहुने भएकाले सामुहिकतामा जोड दिएको बताए ।  उक्त स्थानमा एम एस ४२ नामक जातको आलु लगाइएको छ ।

आलु पकेट बिकास कार्यक्रम अन्तर्गत १८ लाख र उद्यमशिलता अन्तर्गत समूहको १३ लाख ६८ हजार गरी कूल ३१ लाख ६८ हजार लगानी भएको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।
कृषकहरुलाई आर्थिक रुपमा आत्म निर्भर र ब्यवसायीक बनाउनका लागि आफूहरुले प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष युवराज केशीले जानकारी दिए । गाउँमै रोजगारी सृजना गरी बसाइँ सराइँको दरलाई पनि घटाउने गरी पालिकाले योजना बनाएको उनको दाबी छ ।

गुल्मीमा ८७१ हेक्टर क्षेत्रफलमा आलु खेती

जिल्लामा ८७१ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लाको चन्द्रकोट, मालिका, मदाने ,सत्यवती, गुल्मीदरबार गाउँपालिका  र मुसिकोट नगरपालिकामा ब्यवसायीक रुपमा आलु खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

गत वर्ष जिल्लामा  आठ हजार एक सय मेट्रीक टन आलु उत्पादन भएको र   दुई करोड ७१ लाखको आलु जिल्ला बाहिर निर्यात भएको भण्डारीले बताए ।

आलु खेतीका लागी ज्ञानकेन्द्रले प्राविधिक सहयोगका साथै अनुदान र प्रविधिहरु सहयोग गर्दै आएको जनाएको छ ।

इस्मा दोहली सम्पर्क समाज रूपन्देहीमा नयाँ नेतृत्व

0

टोपलाल अर्याल
गुल्मी, ३० बैशाख :इस्मा दोहली सम्पर्क समाज रूपन्देहीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । समाज ०७५ सालमा स्थापना भएको थियो । कोभिड र विभिन्न कारणले अधिवेशन रोएिको थियो ।

 

भर्खरै सम्पन्न अधिवेशनले पुनाराम पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समाजको बरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद अधिकारी (बिष्णु) द्धतिय उपाध्यक्षमा तुल्सीराम बस्नेत रहेका छन् । त्यस्तै सचिवमा बसन्त हितान, सहसचिवमा तेज बहादुर घर्ति, कोषाध्क्षमा मोहन बिक्रम भण्डारी र सहकोषाध्यक्षमा नित्य क्षेत्री निर्वाचित भएका छन् । समाजको सदस्यहरुमा प्रकाश बस्नेत, सुमित्रा बस्नेत, बिमला खड्का र हरिलाल गुरूङ्ग रहेका छन् । दुई जना बैठकले मनोनित गर्नेछ ।

 

दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको प्रमुख अतिथी इस्मा गाउँपालिका ४ का वडाध्यक्ष राजु बस्नेतले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै बस्नेतले समाजले शहरमा आफुहरुलाई एकिकृत गर्दै गरेको सामाजिक कामको प्रसंसा गरे । कार्यक्रममा जेष्ठ नागरिक नारायण अर्याल, खलु प्रसाद पोख्रेल, लक्ष्मी खड्कालाई सम्मान गरिएको थियो । सांस्कृतिक कार्यक्रमहरु मार्फत भैपरी कोष स्थापना गर्ने संस्थापक नेत्र प्रसाद अधिकारी (बिष्णु) लाई पनि सम्मान गरिएको समाजले जनाएको छ ।

 

कार्यक्रममा असल क्रृणी पदम खड्का, पवित्रा खड्का र सुनिता गुरूङ्गलाई सम्मान गरिएको थियो । समाजको आफ्नै कल्याणकारी कोष छ । यो कोषमा देउँसी भैलो तथा सांस्कृति कार्यक्रम गरेर दुई लाख ६४ हजार बढि रकम जम्मा गरिएको छ । कोषबाट बचतकर्ताको मृत्यु भएमा ५१ सय सहयोग गर्ने गरिएको छ ।

 

समाजमा ८९ बचतकर्ता छन् । जसले महिनाको ५ सय उठाउने गरेका छन् । त्यस्तै समाजमा एक हजार तिरेर आजिवन सदस्य बन्ने व्यावस्था छ । अहिलेसम्म ११ जना आजिवन रहेका छन् । समाजले अहिलेसम्म बचतको रकम करिव ११ लाख बचत गरेको छ ।

 

कार्यक्रममा वडाध्यक्ष बस्नेत, इस्माली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसी, पुर्व वडाध्यक्ष गनुप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

चन्द्रकोटमा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने 

0

२९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण  गरेको  दिनको अवसरमा  जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने  शनिबार पत्रकार भेटघाट गरेर जानकारी गराएको हो ।

गाउँपालिकाले अघिल्लो वर्षबाट  नि:शुल्क स्वास्थ्य शिविर गर्ने कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताउनुभयो  । शिविरमा विभिन्न रोगका१६ जना बिशेषज्ञ डाक्टरहरुको सहभागीता हुनेछ ।

चन्द्रकोट गाउँपालिका गुल्मीको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको स्वस्थ नागरिकको परिकल्पनालाई व्यवहारमा लैजादै गाउँपालिका भित्रका नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य शिविरमा राख्ने गरेको पालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी वहन गर्ने क्रममा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य परिक्षण मार्फत स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिले लिएको छ ।

आर्थिक अभावले अनेत्र गएर उपचार गराउन नसक्ने नागरिकलाई राहत दिने उदेश्यले बृहत नि: शुल्क शिविर राखिएको अध्यक्ष खत्रीले बताउनुभयो । शिविरमा जटिल रोगका बिरामी फेला परे अनेत्र उपचारमा जानको लागि गाउँपालिकाले शहरीकरण गर्ने अध्यक्ष खत्रीको भनाइ छ ।

यसक्षेत्रका नागरिक विभिन्न रोगका बिशेषज्ञ सेवा लिन पाल्पा, बुटवल, काठमाडौं जानुपर्ने बाध्यता छ । गतवर्ष पालिकाले राखेको शिविरमा २ हजार बढी नागरिकले सेवा लिएका थिए ।

पालिकाले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने पनि गर्ने भएको छ ।