गुल्मीको रिडीमा आँखा उपचार केन्द्र स्थापना

0
71

टोपलाल अर्याल
जेठ ,२०८१ गुल्मीःगुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ को रिडीमा रुरु आँखा उपचार केन्द्रको स्थापना भएको छ । नेपाल नेत्रज्योति संघ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरु क्षेत्र गाउँपालिकाको समन्वय केन्द्र स्थापना भएको हो । शनिबार केन्द्रको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले उद्घाटन गरे ।

 

जिल्लाको छैटौं उपचार केन्द्रका रुपमा सेवा शुभारम्भ भएको छ । सोहि अवसरमा बोल्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीले तीन जिल्लाको केन्द्र पर्ने भएकाले रिडीमा आँखा उपचार केन्द्र स्थापना भएपछि धेरै नागरिकहरुले सेवा प्राप्त गर्ने विश्वास लिएको बताए । उनले विभिन्न समयमा निशुल्क शिविरहरु संचालन गर्ने गरिएको स्मरण गर्दै, गत बर्षदेखि मोतियाबिन्दुको निशुल्क शल्यक्रिया र अहिले केन्द्रनै स्थापना गरिएको बताए ।

 

जिल्लामा स्याथी रुपमा ०४५ सालबाट आँखा उपचार सेवा र ०४९ सालबाट नेपाल नेत्रज्योति संघले गाउँ–गाउँमा शाखा बिस्तार गरेर पनि सेबा प्रबाह गरिरहेको छ । स्थापना भएको थियो । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका सूचना अधिकारी बीर बहादुर कार्कीका अनुसार वामी, शान्तिपुर, सिमलटारी र मदानेमा शाखा विस्तार गरिसकेको छ । अब कालिगण्डकीमा शाखा स्थापना हुनेछ ।

 

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले बार्षिक करिव ३३ हजार नागरिकको आँखाको उपचार र करिब पाँच सय नागरिकको शल्यक्रिया गर्ने गरेको छ । सघको तथ्यांक अनुसार आर्थिक बर्ष ०७८÷०७९ मा ३२ हजार तीन सय ८१ जनाको आँखाको उपचार भएको छ । भने गत बर्ष ३४ हजार नागरिकको आँखाको उपचार गरिएको नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव पदम पाण्डेयले जानकारी दिए । यो आर्थिक बर्षको आठ महिनामा करिव २१ हजार नागरिकको आँखाको उपचार भएको सस्थाले जनाएको छ । केन्द्रमा अहिलेसम्म १७ जना कर्मचारी कार्यरत रहेका छन् ।

SHARE