इन्धनको मूल्य घट्यो

0
74

जेठ १९,२०८१काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। गए राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ‚ डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।

SHARE