इस्मा दोहली सम्पर्क समाज रूपन्देहीमा नयाँ नेतृत्व

0
44

टोपलाल अर्याल
गुल्मी, ३० बैशाख :इस्मा दोहली सम्पर्क समाज रूपन्देहीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । समाज ०७५ सालमा स्थापना भएको थियो । कोभिड र विभिन्न कारणले अधिवेशन रोएिको थियो ।

 

भर्खरै सम्पन्न अधिवेशनले पुनाराम पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समाजको बरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद अधिकारी (बिष्णु) द्धतिय उपाध्यक्षमा तुल्सीराम बस्नेत रहेका छन् । त्यस्तै सचिवमा बसन्त हितान, सहसचिवमा तेज बहादुर घर्ति, कोषाध्क्षमा मोहन बिक्रम भण्डारी र सहकोषाध्यक्षमा नित्य क्षेत्री निर्वाचित भएका छन् । समाजको सदस्यहरुमा प्रकाश बस्नेत, सुमित्रा बस्नेत, बिमला खड्का र हरिलाल गुरूङ्ग रहेका छन् । दुई जना बैठकले मनोनित गर्नेछ ।

 

दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको प्रमुख अतिथी इस्मा गाउँपालिका ४ का वडाध्यक्ष राजु बस्नेतले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै बस्नेतले समाजले शहरमा आफुहरुलाई एकिकृत गर्दै गरेको सामाजिक कामको प्रसंसा गरे । कार्यक्रममा जेष्ठ नागरिक नारायण अर्याल, खलु प्रसाद पोख्रेल, लक्ष्मी खड्कालाई सम्मान गरिएको थियो । सांस्कृतिक कार्यक्रमहरु मार्फत भैपरी कोष स्थापना गर्ने संस्थापक नेत्र प्रसाद अधिकारी (बिष्णु) लाई पनि सम्मान गरिएको समाजले जनाएको छ ।

 

कार्यक्रममा असल क्रृणी पदम खड्का, पवित्रा खड्का र सुनिता गुरूङ्गलाई सम्मान गरिएको थियो । समाजको आफ्नै कल्याणकारी कोष छ । यो कोषमा देउँसी भैलो तथा सांस्कृति कार्यक्रम गरेर दुई लाख ६४ हजार बढि रकम जम्मा गरिएको छ । कोषबाट बचतकर्ताको मृत्यु भएमा ५१ सय सहयोग गर्ने गरिएको छ ।

 

समाजमा ८९ बचतकर्ता छन् । जसले महिनाको ५ सय उठाउने गरेका छन् । त्यस्तै समाजमा एक हजार तिरेर आजिवन सदस्य बन्ने व्यावस्था छ । अहिलेसम्म ११ जना आजिवन रहेका छन् । समाजले अहिलेसम्म बचतको रकम करिव ११ लाख बचत गरेको छ ।

 

कार्यक्रममा वडाध्यक्ष बस्नेत, इस्माली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसी, पुर्व वडाध्यक्ष गनुप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

SHARE