गुल्मीबाट एक हप्तामै ३२० जनाले राहदानी बनाए, १७ लाख राजस्व संकलन

0
151
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
जेठ १९,२०८१ गुल्मीःजिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको एक हप्ताको प्रगति विवरण सार्वजनिकमा ३२० जनाको राहदानीका लागि आवेदन संकलन गरिएको र राहदानीबाट १६ लाख ६७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको प्रशासनले जनाएको छ ।
राहदानीका साथै संस्था दर्ता तथा नविकरणबाट १३ हजार राजस्व संकलन गरी कुल १६ लाख ८० हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गत आइतबार देखी शुक्रबारसम्म ३२० जनाको राहदानीका लागि आवेदन संकलन, ३४४ जनाको राहदानी वितरण ४१३ जनालाई नयाँ नागरिकता प्रदान, १६९ नागरिकताको प्रतिलिपी प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

यस्तै सोही अवधिमा ५५९ जनाको राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन पनि गरिएको र ४४ जनाको परिचयपत्र वितरण गरिएको गैरेले बताउनुभयो । ३०२ दलित, जनजाती ,पारिवारिक विवरण तथा अन्य प्रमाणित र १९ जनाको नावालक परिचयपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।


पछिल्लो एक हप्तामा सेवाग्राहीको चाप बढी भएकाले साँझ ७ बजेसम्म पनि सेवा प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कर्मचारीको अभाव भएपनि टाढा टाढाबाट आएका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उहाँको भनाई छ ।

नागरिकहरुलाई सहज तरिकाले सेवा प्रवाह गर्नु आफूहरुको दायित्व भएकाले विहान साँझ नभनी सीमित कर्मचारी भएपनि ब्यवस्थापन गरी सेवा प्रवाह गरिएको शर्माले बताउनुभयो ।

उच्च माध्यमिक तहको परीक्षा भर्खरै मात्रै सम्पन्न भएकाले नागरिकता र राहदानी बनाउने बढेको प्रशासनले जनाएको छ ।

SHARE