पाल्पामा रूखबाट लडेर मीनाको मृत्यु

0
196

जेठ १०,२०८१पाल्पा : पालपाको रम्भा गाउँपालिका पाँचकी ३१ वर्षीया मीना कुमारी लामिछानेको रुखबाट लडेर मृत्यु भएको छ।

 

आफ्नै बारीमा रहेको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनको प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

SHARE