माटोको गुणस्तर र उर्वराशक्ति बढाउन माटो परिक्षण

0
135

सूर्य सुनार
जेठ १०,२०८१ गुल्मीःप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले गाउँगाउँमा पुगेर नमूना संकलन तथा माटो परिक्षण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा पुगेर कृषकको माटो परिक्षण शिविर गरेको हो ।

 

माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेका बेला त्यसको नियन्त्रणका लागि माटो परिक्षण शिविर गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका कार्यालय प्रमुख गंगा प्रोखरेलले बताउनुभयो । कृषिमा लागेका कृषकहरूको आय–आर्जन बढाउनका लागि कृषकका बारीको माटो परीक्षण गरिएको प्रोखरेलले बताउनुभयो । मुसिकोट नगरपालिका २, ३ र ४ वडाका ५७ जनाको माटो परिक्षण गरिएको हो ।

परीक्षणका क्रममा माटोमा अम्लियपन, पोटास निकै बढ्दै गएको पाइएको कषि ज्ञान केन्द्र गुल्मीका ल्याब टेक्नीशियन कविर पन्थीले बताउनुभयो । माटोलाई जीवित राख्दै उत्पादन बढाउनका लागि माटोको परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

SHARE