निर्णयमा सबैको समान पहुँच हुनु नै गणतन्त्र हो : सुदर्शन बराल

0
214

तिलाचन पाण्डे
जेठ  १५,२०८१ गुल्मी : नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले निर्णयमा सबैको समान पहुँच हुनु नै गणतन्त्र भएको बताउनुभएको छ ।

१७ औ गणतन्त्र दिवसको अवसरमा गुल्मीमा अखिल क्रान्तीकारी र वाइसिएल नेपालले आयोजना गरेको बृहत युवा बिद्यार्थी संबाद कार्यक्रममा  बरालले सो कुरा बताउनुभएको हो ।
पहिले हुकुमी शैलीमा जनतामाथि शासन भइरहेको उदाहरण प्रस्तुत गर्दै बरालले जनयुद्धकै जगमा गणतन्त्र स्थापना भएको बताउनुभएको हो ।  अहिले सर्वसाधारणको निर्णयमा पहुँच भएको उल्लेख गर्दै बरालले संघीयता र गणतन्त्रलेनै देशमा आमुल परिवर्तन भएको दाबी गर्नुभयो ।

यस्तै सोही कार्यक्रममा वाइसिएल नेपालका केन्द्रिय इन्चार्ज रामप्रसाद सापकोटा (दिपशीखा)ले ब्यबस्थाको बारेमा गलत भाष्यको प्रचार भइरहेको बताउनुभएको छ । राम्रो काम भइरहेको समयमा पनि नेताहरुले काम गरेनन् भन्दै गलत तरिकाले प्रचार भइरहेको उल्लेख गर्दै उहाँले गलत तरिकाले भइरहेको प्रचारको बिरोध पनि गर्नुभयो । जनयुद्धकै कारण गणतन्त्र,संघीयता, धर्म निरपेक्षता ,समावेशीता आएको बताउँदै उहाँले अधिकार प्राप्तीका निम्ती माओवादीले हतियार उठाउनुपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अखिल क्रान्तीकारीका केन्द्रिय उपाध्यक्ष नारायण खनाललगायत केन्द्रिय ,प्रदेश र स्थानीय तहका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले गणतन्त्र ठुलो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा दुई सय भन्दा बढी बिद्यार्थी लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।  वाइसिएलका जिल्ला अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा कार्यक्रमको संचालन अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष राजन केशीले गर्नुभएको थियो ।

SHARE