Thursday, June 4, 2026

गुल्मीमा दीपावली गर्दा गोठमा आगलागी

0
सांकेतिक तस्बिर

कात्तिक ४,२०८२ गुल्मीः गुल्मीमा दीपावली गर्दा गोठमा आगलागी भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–९ ददल्कामा दिपावली गर्ने क्रममा मैनबत्ती बाल्दा स्थानीय ४५ वर्षीया शान्ती परियारको ढुङ्गा–माटोले बनेको गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका जनाएको छ ।

आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भू राजनीतिक भूमरीको केन्द्र नेपाल स्वीकार्य हुँदैन् : अध्यक्ष बराल

0

कात्तिक ३,२०८२ गुल्मी : नेकपा माओवादी(केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले विश्वको भू राजनीतिकको केन्द्र नेपाललाई पार्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।

नेकपा माओवादी (केन्द्र) कालीगण्डकी गाउँपालिकाले पुर्तिघाटमा आयोजना गरेको दीपावली तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अर्को एक प्रसंगमा बरालले वर्तमान अन्तरिम सरकारले घोषण गरेको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउँदै यो त्यो वाहानमा सरकार लम्ब्याउने र द्धन्द्ध निम्त्याउने खेल भएमा त्यो पनि माओवादी केन्द्रलाई स्वीकार्य नहुने बताउनुभएको छ । तोकिएकै समय अवधिमा निर्वाचन हुनुपर्ने बताउँदै बरालले त्यसमा माओवादी केन्द्र खुल्ला हृदयका साथ चुनावमा सामेल हुने उहाँको भनाइ छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा कालीगण्डकी गाउँपालिका भित्रका नेकपा माओवादी –केन्द्रका अगुवा कायकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

इतिहासकै उच्च विन्दुमा सुनको मूल्य

0

असोज ७,२०८२ काठमाडौँ : सुनको मूल्य मंगलबार इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । यसअघि सोमबार तोकिएको मूल्य नै अहिलेसम्मको सबैभन्दा महँगो मानिएको भए पनि मंगलबारको मूल्यले नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ ।

गुल्मीमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

0

असोज ६,२०८२ गुल्मीः गुल्मीमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार सदरमुकामा तम्घासको बसपार्क,उदिनढुङगा र देउरालीमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यस्तै रुरुक्षेत्रको रिडी, मदाने गाउँपालिकाको पुर्कोटदह, मालिका गाउँपालिकाको सिमलटारी, धुर्कोट गाउँपालिकाको बरबोट, चन्द्रकोट गाउँपालिकाको शान्तीपुर, सत्यवती गाउँपालिकको जोहाङ र मुसिकोट नगरपालिकको वामीमा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यसका साथै जिल्ला प्रहरीका सवै युनिटहरुबाट पनि सहायताको सुविधा प्रदान गर्ने अधिकारीले बताउनुभयो ।

सोमबार दिउँसो तम्घासको बसपार्कमा एक कार्यक्रमकाविच यात्रु सहायता कक्षको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्ण्ुाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो ।
चाड पर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नुका साथै सरल र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस अवधिमा बढी दुर्घटना हुन सक्ने भएका कारण सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घट्यो सुनको मूल्य

0

भदौ २९,२०८२ काठमाडौँ :आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर एक लाख १५ हजार १०० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यता, चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर दुई हजार ५७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

नेपालमा नयाँ सरकार गठन महत्त्वपूर्ण : बेलायत

0

भदौ २८,२०८२काठमाडौँ : बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएको हो।

बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीलाई स्वीकार गर्दै जवाफदेहिता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ। थाहाखबर

सुनको मूल्य हालसम्मकै उच्च

0

भदौ १७,२०८२ काठमाडौँ : सुनको मूल्य हालसम्मकै उच्चमा पुगेको छ ।

सोमबार प्रतितोला सुन दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला छ सय बढेको हो ।

आज सुनको मूल्य दुई लाख पाँचह हजार ९०० रुपैयाँमा कारोवार भएको छ । चाँदीको मूल्य प्रतितोला १५ ले बढेर दुई हजार ४८५ पुगेको छ ।

आज कुशे औँसी, ‘बुवाको मुख हेर्नेदिन’ पनि आजै

0

भदौ ७,२०८२ काठमाडौँ :प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ।

यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ।

मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए। यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ। बेत्रावतीमा पनि पिता दिवङ्गत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन्।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।

मोती जयन्ती मनाइँदै

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान दिनुभयो।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो। यही छापाखानामार्फत् नेपालमा पत्रकारितको सुरुआत् भएको हो।

दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले विभिन्न कार्यक्रम गर्दैछन्।

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

0

भदौ ५,२०८२ देउखुरी : लुम्बिनी प्रदेशलाई बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले राप्ती उपत्यका देउखुरीमा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभएको हो ।

घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यका साथ अभियान केन्द्रीत गरिनुपर्ने बताउनुभयो।

करिडोरको सडकमा खोला तर्न फड्के पुल निर्माण

0
बडहरे खोलामा निर्माण गरिएको फडके । तस्बिर : खबरमार्केट

भदौ ५,२०८२ गुल्मीः कालीगण्डकी करिडोरमा खोलाको वहाव बढेपछि खोला तर्नका लागि स्थानीयहरुले फड्के पुल निर्माण गरेका छन् ।

वर्षायामाको समयमा खोलामा पानीको वहाव बढेकाले खोला तर्न नसकेपछि स्थानीयहरुको सक्रियतामा खोलामा फड्के पुल निर्माण गरेका हुन् । जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या भएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेको स्थानीय बीरेन्द्र अर्यालले जानकारी दिनुभयो । बर्षायामको समयमा खोला बढ्ने र आवत जावत गर्न समस्या भएकाले स्थनीयहरु मिलेर फडके पुल निर्माण गरेको स्थानीयहरुले जनाएका छन् ।

कालीगण्डकी करिडोरको रिडी–हर्मिचौर सडक खण्डमा सो फड्के पुल निर्माण भएपछि बर्षायामको समयमा पनि आवत जावत गर्नका लागि सहज भएको कालीगण्डकी गाउँपालिका वडा न १ हर्मिचौर बकेवाका बीरेन्द्र अर्यालले जानकारी दिनुभयो । खोला बढ्दा पैदल यात्रीहरुलाई बढी जोखिम हुने र खोलाले ज्यानसमेत लिन सक्ने भएकाले स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरिएको अर्यालले बताउनुभयोे ।

सत्यवती गाउँपालिका वडा नं २ पाँहादी र कालीगण्डकी गाउँपालिका हर्मिचौरको मितेरी साइनोजस्तै रहेको सत्यवती गाउँपालिका वडा नम्वर दुईका वडा अध्यक्ष खडगबीर थापाले बताउनुभयो । बर्षाले खोला बढेपछि उक्त सम्बन्ध टुटने हो की भन्ने आफूहरुलाई चिन्ता लाग्दै आएको स्थानीयहरुले बताएका छन् । अहिले सो फड्के पुल निर्माण भएपछि मोटरसाइकल र पैदल यात्रा गर्नमा सहज भएको स्थानीयहरुले बताएका छन् । उक्त फड्के पुल निर्माणको पारिश्रमिक सत्यवती गाउँपालिकाले दिने गरी मौखिक सहमती भएको थापाले बताउनुभयो ।

कालीगण्डकी करिडोर गैंडाकोट,राम्दी,मालढुंङगा सडक आयोजना कार्यालय पाल्पाले उक्त खोलामा पुलको डिजाइन भएको र खोलामा बन्ने पुल डबल ल्यान्डको बन्ने कार्यालयले जनाएको छ ।