
भदौ २९,२०८२ काठमाडौँ :आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर एक लाख १५ हजार १०० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यता, चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर दुई हजार ५७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।






