
असोज ७,२०८२ काठमाडौँ : सुनको मूल्य मंगलबार इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । यसअघि सोमबार तोकिएको मूल्य नै अहिलेसम्मको सबैभन्दा महँगो मानिएको भए पनि मंगलबारको मूल्यले नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ ।






