करिडोरको सडकमा खोला तर्न फड्के पुल निर्माण

0
129
बडहरे खोलामा निर्माण गरिएको फडके । तस्बिर : खबरमार्केट

भदौ ५,२०८२ गुल्मीः कालीगण्डकी करिडोरमा खोलाको वहाव बढेपछि खोला तर्नका लागि स्थानीयहरुले फड्के पुल निर्माण गरेका छन् ।

वर्षायामाको समयमा खोलामा पानीको वहाव बढेकाले खोला तर्न नसकेपछि स्थानीयहरुको सक्रियतामा खोलामा फड्के पुल निर्माण गरेका हुन् । जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या भएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेको स्थानीय बीरेन्द्र अर्यालले जानकारी दिनुभयो । बर्षायामको समयमा खोला बढ्ने र आवत जावत गर्न समस्या भएकाले स्थनीयहरु मिलेर फडके पुल निर्माण गरेको स्थानीयहरुले जनाएका छन् ।

कालीगण्डकी करिडोरको रिडी–हर्मिचौर सडक खण्डमा सो फड्के पुल निर्माण भएपछि बर्षायामको समयमा पनि आवत जावत गर्नका लागि सहज भएको कालीगण्डकी गाउँपालिका वडा न १ हर्मिचौर बकेवाका बीरेन्द्र अर्यालले जानकारी दिनुभयो । खोला बढ्दा पैदल यात्रीहरुलाई बढी जोखिम हुने र खोलाले ज्यानसमेत लिन सक्ने भएकाले स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरिएको अर्यालले बताउनुभयोे ।

सत्यवती गाउँपालिका वडा नं २ पाँहादी र कालीगण्डकी गाउँपालिका हर्मिचौरको मितेरी साइनोजस्तै रहेको सत्यवती गाउँपालिका वडा नम्वर दुईका वडा अध्यक्ष खडगबीर थापाले बताउनुभयो । बर्षाले खोला बढेपछि उक्त सम्बन्ध टुटने हो की भन्ने आफूहरुलाई चिन्ता लाग्दै आएको स्थानीयहरुले बताएका छन् । अहिले सो फड्के पुल निर्माण भएपछि मोटरसाइकल र पैदल यात्रा गर्नमा सहज भएको स्थानीयहरुले बताएका छन् । उक्त फड्के पुल निर्माणको पारिश्रमिक सत्यवती गाउँपालिकाले दिने गरी मौखिक सहमती भएको थापाले बताउनुभयो ।

कालीगण्डकी करिडोर गैंडाकोट,राम्दी,मालढुंङगा सडक आयोजना कार्यालय पाल्पाले उक्त खोलामा पुलको डिजाइन भएको र खोलामा बन्ने पुल डबल ल्यान्डको बन्ने कार्यालयले जनाएको छ ।

SHARE