
असोज ६,२०८२ गुल्मीः गुल्मीमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार सदरमुकामा तम्घासको बसपार्क,उदिनढुङगा र देउरालीमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यस्तै रुरुक्षेत्रको रिडी, मदाने गाउँपालिकाको पुर्कोटदह, मालिका गाउँपालिकाको सिमलटारी, धुर्कोट गाउँपालिकाको बरबोट, चन्द्रकोट गाउँपालिकाको शान्तीपुर, सत्यवती गाउँपालिकको जोहाङ र मुसिकोट नगरपालिकको वामीमा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यसका साथै जिल्ला प्रहरीका सवै युनिटहरुबाट पनि सहायताको सुविधा प्रदान गर्ने अधिकारीले बताउनुभयो ।
सोमबार दिउँसो तम्घासको बसपार्कमा एक कार्यक्रमकाविच यात्रु सहायता कक्षको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्ण्ुाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो ।
चाड पर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नुका साथै सरल र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस अवधिमा बढी दुर्घटना हुन सक्ने भएका कारण सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।






