
कात्तिक ४,२०८२ गुल्मीः गुल्मीमा दीपावली गर्दा गोठमा आगलागी भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका–९ ददल्कामा दिपावली गर्ने क्रममा मैनबत्ती बाल्दा स्थानीय ४५ वर्षीया शान्ती परियारको ढुङ्गा–माटोले बनेको गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका जनाएको छ ।
आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।







