
भदौ ५,२०८२ देउखुरी : लुम्बिनी प्रदेशलाई बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले राप्ती उपत्यका देउखुरीमा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभएको हो ।
घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यका साथ अभियान केन्द्रीत गरिनुपर्ने बताउनुभयो।







