भू राजनीतिक भूमरीको केन्द्र नेपाल स्वीकार्य हुँदैन् : अध्यक्ष बराल

0
241

कात्तिक ३,२०८२ गुल्मी : नेकपा माओवादी(केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले विश्वको भू राजनीतिकको केन्द्र नेपाललाई पार्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।

नेकपा माओवादी (केन्द्र) कालीगण्डकी गाउँपालिकाले पुर्तिघाटमा आयोजना गरेको दीपावली तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अर्को एक प्रसंगमा बरालले वर्तमान अन्तरिम सरकारले घोषण गरेको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउँदै यो त्यो वाहानमा सरकार लम्ब्याउने र द्धन्द्ध निम्त्याउने खेल भएमा त्यो पनि माओवादी केन्द्रलाई स्वीकार्य नहुने बताउनुभएको छ । तोकिएकै समय अवधिमा निर्वाचन हुनुपर्ने बताउँदै बरालले त्यसमा माओवादी केन्द्र खुल्ला हृदयका साथ चुनावमा सामेल हुने उहाँको भनाइ छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा कालीगण्डकी गाउँपालिका भित्रका नेकपा माओवादी –केन्द्रका अगुवा कायकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

SHARE