लकडाउन र विद्यार्थी

0
757

जीवन पोखरेल
विश्वभरी महामारिका रुपमा फैलिएको कोरोना भाइरसको कारण हाल नेपाल पनि बन्दाबन्दीमा छ । गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन अवधि दिनानुदिन बढ्दै छ । प्रत्येक नेपाली नागरिकमा यहि चिन्ता छ –लकडाउन कहिले खुल्ला ? तर नेपालमा संक्रमितको सङ्ख्या बढेसँगै लकडाउन पनि लम्बाइदैँ छ । सानो कक्षादेखि बालबालिकालाई भविष्यका कर्णधार भनेर पढाइन्छ । तर ति कर्णधारको दिन कसरी बित्दै छ ? कलम चलाउन मन लाग्यो ।
लकडाउन कतै केहि खुकुलो होला, आफ्नो ठाउँमा छ । तर नियमित रुपमा संचालन भइरहने कामकाज र गतिविधि भने हुन सकेका छैनन् । भाइरसबाट जोगिने एउटा उपयुक्त तरिका लकडाउन हो । तर शिक्षा क्षेत्रलाई हेर्ने हो भने डामाडोलको स्थिति सिर्जना भएको छ । विद्यालयस्तरिय कुनै पनि कक्षा संचालनमा छैनन ।
वैशाखदेखि नयाँ शैक्षिक क्षेत्र सुरु हुनेहुँदा शिक्षण सँस्थाहरुले विभिन्न तहको परीक्षा संचालन तोकेको थियो । अझ भनौँ भने चार लाख ८२ हजार ७०७ जना एस्.ई.ई. दिने तयारीमा रहेका विद्यार्थीहरुलाई ११ घण्टाअघि मात्र परीक्षा स्थगित भएको सुचना आयो ।

बिगतका कमी–कमजोरीहरुलाई सुधार गर्दै मेहनतका साथ तयारीमा रहेका विद्यार्थी र एस्.ई.ई. भन्दै लगानी बढाएका अभिवावक यतिबेला के को चिन्तामा होलान ? कुरा त्यात्तिमात्र होइन, अन्य कक्षा र तहको पनि लगत्तै परिक्षा संचालनको सुचना आएको थियो । तर दुःखद् कुरा यी मध्ये कुनै पनि परिक्षा संचालनमा आउन सकेनन् ।
एकअर्का व्यक्तिको सम्पर्क अझ भनौँ भने हावाको माध्यमबाट पनि छिटो सर्न सक्ने शक्तिशालि कोरोना भाइरसले विश्वमै ठुलो हलचल पैदा गरेको छ ।

भिडभाडमा नजाने, साबुन–पानीले हात धुने, माक्स र सेनिटाइजरको प्रयोग गरेमा यस भाइरसबाट जोगिन सकिन्छ । अर्को कुरा लकडाउन कडाइका साथ लागु गरिएको पाइन्छ । प्रत्येक नेपालीको दिमागमा छाप छ, कोरोना भाइरस । लकडाउनले दैनिकीमा निकै प्रभाव पारेको देखिन्छ । आयात–निर्यात तथा व्यापार व्यवसाय त ठप्पै छन् । के लकडाउन नै अन्तिम र एकमात्र विकल्प हो त ? खै, अझै कुन समयको प्रतिक्षा गर्ने ? कोरोना हट्छ कि लकडाउन कहिले खुल्छ भन्नेबारे ।
यता बन्दाबन्दीले साना–साना बालबालिकालाई घरपरिवारमा हर्षउल्लास अनि दसैँ आएजस्तो पनि देखिएको छ । छुट्टिपछि किताबको पानो नर्फकाएका बालबालिका पनि भेटिए । पोहोरदेखि पढेको दिमागमा रहिरह्यो होला त, ति बालबालिकाको ? अँह, पत्याउदिन । हुनसक्छ, कुनै विद्यार्थीहरु पढिरहेका पनि होलान्, तर सहरमा हुनेहरु कोठाभित्रै थुनामा छन् त गाउँमा हुनेहरु घरायसी कामकाजमा व्यस्त पनि छन् ।
अर्को सुचना नआउञ्जेल भन्दै सबै परीक्षा ठप्प छन् । लकडाउन पनि लम्बिदै जाने निश्चित छ । लकडाउन नखुल्दासम्म परिक्षा संचालन हुने कुरा पनि आएन । परीक्षा आएपछि मात्र किताब छोप्ने बानीले के अब सुचना नआउञ्जेल पर्खिएरै बस्ने हो त ?
एकातिर त्रासमा बाँचिरहेका नेपाली जनताका समस्या आफ्नै ठाउँमा छन् । अन्य क्षेत्रमा विनियोजित भइसकेको बजेट एवम् देशको अर्थतन्त्र नै खत्तम हुने हो कि भन्ने ठुलो डर छ । कोरोनाकै कारण यसबाट जोगिन लगानी भइरहेको पाइएको छ । लकडाउनको सदुपयोग विद्यार्थीले अझै के मार्फत गर्ने ? कहिँ कतै तपाई, हामीसामु कुनै विकल्प छन् कि ?
पोखरेल नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू बुटबल बहुमुखी क्याम्पस मुल इकाई समितिका सदस्य हुन् ।

SHARE