डिप्रेसन अघि र पछिकि उनी 

0
437
परिवर्तनशिल समय सङसङै जीवन पनि परिवर्तनशिल छ। यही समय सगसगै मानिसले पनि सुनौलो गन्तव्यको यात्रा सुनिश्चित गरेको हुन्छ ।अनेक पहाडहरु फोर्दै विभिन्न सङ्ग्रहहरु सङ जुधै मनिस सफलताकाे शिखरमा पुग्छ ।त्यो सुनौलो यात्रा गर्दा आउने कठिन परिस्थिति सङ डटेर सामाना गर्छ । दृढ इच्छाशक्ति लगनशीलता मिहिनेत र  परिश्रमले प्राय व्यक्ति लक्ष्यमा पुग्छ भनि काेहि नराम्रो सङ बजारिन्छ ।त्यहि बाट पनि काेहि नयाँ उर्जा लिएर अगाडि बढ्छ काेहि त्यहि दलदलमै फसिरहेकाे हुन्छ ।
म आज मेरो परिबार ,समाज , साथी र म आफै लाइ हेर्छु अनि मुल्यांकन गर्छु ।हाम्रो परिबार ले हामी लाइ कुनै दिन पनि हार्न सिकाएन ।हामी राेएर,कराएर भए पनि हामी हाम्रो इच्छा आकङ्क्षा हरु पुरा गर्दै गयौं ।म बेला बेला झसकिन्छु अनि हेर्छु मेरो भविष्यलाई अनि साेच्छु मलाई कुनै दिन हार्नु पर्यो भने !
यस्तै सामान्य परिवारमा जन्मेकि छाेरीकाे कथा हाे।जिद्दी स्वभाव भने बच्चा देखिकाे नेै बानी  थियाे।उनलाई राेएर भए पनि हरेक कुरा जित्नु  नै पर्थ्यो  ।याे स्वभाव भने उमेर बढ्दै गए पनि घटेन। समय पनि सधै कहाँ एउटै हुन्छ र  सधै आफुले मात्र जित्छु भन्ने सोच राखेर पनि कहाँ हुन्छ र ! दुर्भाग्यबस उनलाई आफ्नो शैक्षिक यात्रामा हार्नु पर्यो।त्यो  हार मुटुमा बिझयाे  ।अौधि पीडा भयाे आफुले हार्नु पर्दा ।आफ्नो जीवन मा कालो बादल छाएको अनुभुति गरिन ।
रङिन सपना को फुलबारी सजाएकि उनी नैराशयतामै विवश हुन पुगिन्। मनमा डर र चिन्ता मात्र भरियाे। त्यो कुराले मानसिक तनाब दिन थाल्यो । म अब केही गर्न सक्दिन भन्ने कुरा साेच्न थालिन् ।म गर्न सकिन भने मलाई समाजले के भन्ला के साेच्ला भन्ने कुरामा पुगिन्।दिन बित्दै गए याे समस्या बढ्दै जान थाल्यो ।सुरुमा त याे समस्या कसैसग बताइनन्। जब याे समस्याले आफू भित्र भएका आशालाइ निराशामा बदल्न थाल्यो ,उनले याे कुरा परिवारमा बताइन् ।
परिवारमा याे कुरा बताएपछि उपचार गर्नु त टाढाको कुरा भयाे ,उनलाई परिवार भित्र नै लुकाउन थालियाे।खै  हाम्रो समाजले बुझ्न नसकेकाे हाे या हामीले बुझाउन नसकेका हौं ,मानसिक तनाव भएकाे व्यक्तिलाई डाक्टरकाेमा लग्नु हुदैन भन्ने साघुराे मानसिकता ।त्यहि साघुराे मानसिकताका कारणले उनले महिनौ सम्म उपचार पाइनन्। जसकाे कारणले दैनिक कुरामा असर पर्दै जान थाल्याे। उनी एकदम रुने गर्थिन। आत्मविश्वासमा कमि ,नैराशयता,एक्लाेपन, असुरक्षा,डर,र चिन्ताले घेर्न थाल्यो ।
महिनौ सम्म  यस्ता लक्षण देखिए पछि उनकाे उपचार गरियाे।मानसिक राेग विशेषज्ञ  डाक्टरका  अनुसार उनलाई डिप्रेेेसन भएको रहेछ।डिप्रेेसन भएको भन्दा हाम्रो समाजले किन पागलपनााकाे  नाम दिन्छ । त्यहि सोचका कारणले उनले  अौषधि खान मानिनन्।एकान्त ठाउँ मात्र मन पर्न  गर्थ्यो। आफुले  के गरेको आफैले थाहा पाउने थिईनन्। भावनात्मक साथ नपाउँदा पटकपटक आत्महत्याको प्रयास गरिन ।
त्यस समयमा उनलाई शारीरिक पीडा पनि थपिन पुग्याे।मानसिक तनाव भएकाे बिरामीलाई शारीरिक पीडा थपिदा सहिनसक्नु भयो । दिन्प्रति  दिन लक्षण हरु बढ्दै जान थाले पछि उनले डिप्रेेेसन पत्ता लागेकाे तनि महिना पछि मात्र औषधि  प्रयोग गर्न थालनी ।औसधि प्रयोग गरेको केहि दिन सम्म त केही प्रभावनै परेन। आफू ले के गरेकाे आफैले थाहा पाउने थिईनन्।बिस्तारै औसधि ले काम गर्न   थाल्यो आफू मा नयाँ सन्सार देख्न थालिन्।  त्यो  काहालि लाग्दो अवस्थाबाट  आफुमा नया उर्जा लाउन थालिन् ।अहिले उनकाे मानसिकतामा जुन  समस्या आफूमा  हुँदा आफुले जति पिडा सहुनु परेको थियाे ,त्यो समस्या अरु लाइ हुन नदिन हर कदम प्रयास गर्ने छु।
बढ्दो मानसिक तनावकाे याे त एउटामात्र उदाहरण मात्र थियो ।,घर ,परिवार  र समाजले याे कुरा नबुझदा मानिसले आफ्नो ज्यान पनि गुमाएका धेरै उदाहरण हामी सङ छन्न्।वास्तव नै  मानसिक  तनाव बढ्दो क्रम मा छ।
                                                      (लेखक प्रतिक्षा ज्ञवालि कक्षा १२ बुटवल )
SHARE