“लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रा धरोहर हुन्”

0
776

शालिकराम खनाल
उत्पती देखि नै आज सम्म कसैको उपनिबेसमा नपरेको स्वर्गभन्दा महान मेरो देश, दुई विशाल साम्राज्यहरु गुलाम हुदा पनि अटल भएर उभिएको हिमालको सान मेरो देश आज किन यतिबिघ्न लाचार छ । नेपालले सन् १९४९ मा संयुक्त रास्ट्रसंघमा सदस्यका लागि आबेदन दियतापनी तत्कालीन सोभियत संघको कारण नेपाल सदस्यता पाउन ६ बर्ष संघर्ष गरी सन् १९५५ डिसेम्बर १४ मा संयुक्त रास्ट्रसंघको आधिकारिक सदस्यता पाएको थियो, ।
तत्कालीन राजा श्री ५ महेन्द्र बिरबिक्रम शाहदेब प्रधानमन्त्री मोहनशमशेर जबराको मन्त्रीमण्डलका परराष्ट्र मन्त्री (डाईरेक्टर जनरल) बिजयशमशेर राणाले मेजर पदमबहादुर खत्रीलाई प्रतिनिधिका रुपमा पठाइएका थिए । उक्त समयमा संयुक्त रास्ट्रसंघको सदस्यता लिदा नेपालको सिमाना पुर्बमा मेचीदेखि पश्चिममा काली नदि सहितको भुभाग थियो । नेपाली भौगोलिक समाजका अध्यक्ष नगेन्द्रराज खनालका अनुसार सुगौली सन्धी १८१६ पश्चात् १० बर्षपछि नेपालको नक्सा तयार गरियको थियो ।
लिपुलेक लिम्पियाधुराको नक्सामा कालीनदि स्पष्ट देखियको छ । उक्त नक्सामा आधारित लिम्पियाधुराबाट आएको नदिलाई नै सुगौली सन्धिअनुसार नेपाल भरात सिमाना भएको कुरा हामी पाउन सक्छौ । जुन हाल भारतले ब्यास ऋषि हिमालको पर्बत पर्बत नै गएको काली नदिलाई मिलाएको हामी पढ्न र देख्न सक्छौ । सन् १८५० मा उक्त सुगौली सन्धिमा लिम्पियाधुराबाट बगेको उक्त काली नदिमा नेपाल र भारतको सिमाना लिपुपास तिर लगेर नक्सामा हेरफेर भएको तथ्यांक सार्बजनिक भयको छ ।
सन १८७९ मा भारतले धेरै हेरफेर गरेर परिवर्तन गरि एउटा नक्सा सार्बजनिक ग¥यो । जुन पहिले उल्लेखित कालीनदि सन १८२७ मा कुटि पग्री भनेर समेत फेरिएको लिपुपासबाट बगेको कालिनदी ठाउ नै बिस्थापित गरी फरक गरेर सार्बजनिक गर्यो । लिपुपासबाट आएको कालिनदिलाई भारतले नदिको नाम र ठाँउको नाम फेर्दै फेर्दै तिन पटकसम्म पटक पटक आक्रमण भएको छ ।
बिक्रम सम्बत २०७२ सालम सुशील कोईरालाको सरकारको सिमासम्बन्धी एक अध्ययन टोलिको गठन भएको समितिको सदस्य एबम् पुर्ब नापी बिभागका महानिर्देशक पुण्यप्रसाद ओलिका अनुसार सुगौली सन्धी भएको बेला जहाँ कालीनदि थियो, त्यही नदि सिमाना हुन्छ ।
कोठि, नाबी, गन्डी त्यो तिनओटा गाउको बिषयमा सन् १८१८ मा त्यो बेलाको अंग्रेजÞ सरकारले ती भुभाग नेपालकै हुन् । कालीनदि भन्दा पुर्बपट्टिका हुन र त्यसमा तपाईहरुले बिबाद नगर्न र ती गाउका मनिसहरुले नेपालमा तिरो सम्म तिरेको प्रमाणहरु हामी पाउन सक्छौ । भारतले सन १८५० मा सार्बजनिक गरेको नक्सामा कालिनदी लिम्पियाधुराबाट आएको र सन १८७९ मा सोही कालिनदी लिपुपासबाट आएको कुरा सार्बजनिक गरेको त्यस बिचमा, सुगौली सन्धीमा भएअनुसार नेपालको करिब ३९५ बर्ग कि.मि. ३५ बर्ग कि.मि. लिपुलेक देखि पुर्ब कालापानी र बाकी रहेको भुभाग लिम्पियाधुरा देखि कालीनदि सम्म करिब ४०० बर्ग किमि जति ओगटेको छ ।
विंस. २०१८ सालको जनगणना समेत तिनिहरु समेटियका थिए । साथै २०१५ सालको निर्वाचनमा त्यहाँका मानिसले आफ्नो प्रतिनिधि छनोट गर्नको निम्ती भोट पनि दिएका थिए । सन् १९५० मा नेपाल र भारतबिच शान्ती तथा मैत्री सन्धी गरियो र त्यो सन्धीको धारा ८ ले भारतका पुर्बबर्ती शासकहरु, ब्रिटिश इस्टइन्डिया कम्पनी र सुगौली सन्धीले कायम गरेको भन्ने प्रसंग कतैपनी उल्लेख गरिएको छैन । सन् १९५० को सन्धिमा समेत स्वतन्त्र भारत र नेपालबिचको सिमालाई स्थायित्व दिने कुनै सन्धी नै भएको छैन ।
कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्दै नेपाल सरकारले २०७७ जेष्ठ ५ गतेको मन्त्रीपरिषदको बैठकले नयानक्सा सार्बजनिक गरेको छ । हाल १,४७,१८१ बर्ग कि. मि रहेको नेपालको कुल क्षेत्रफल केही परिमार्जित भएको छ । हाम्रा वीर पुर्खाहरुले देशको सिमानको लागि बगाएको रगत र पसिनाको हामिले सम्मान गर्नुपर्दछ । हाल प्रस्ताबमा आएको नेपालको नक्सा १,४७,५५७ बर्ग कि. मि लागू होस । अहिले सरकारले गरेको प्रयास सराहनिय छ । लिपुलेक लिम्पियाधुरा र कालापानी हाम्रो हो, हाम्रो मातृभुमिको सिमाना १ इन्च पनि तलमाथी मिचेको कुरा हामी देख्न र सुन्न सक्दैनौ ।
   (लेखक रामपुर नगरपालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ, उक्त विचार लेखकका नीजि विचार हुन् ।)

SHARE