अन्तरजातीय प्रेम बिबाह

0
390

अहिले समाज तथा समग्र विश्वमा एउटा जल्दोबल्दो समस भनौ कि समाज परिवर्तन को लागि देखाएको बाटो भनौ ? अन्तरजातीय प्रेम बिबाहले विकराल अवस्था सिर्जना गरेको छ २०२० सालको मुलुकि ऐनले जातिय विभेद उन्मुलन भए ता पनि कागजि रूपमा मात्र लागू भए तर व्यवहारिक रूपमा लागू हुन सकेको छैन ।

अहिले २१ औं शताब्दीमा आइपुग्दा पनि जातिय विभेदले समाजमा जरा गाडेर बसेको छ जात दुई वटा मात्र हुने गर्दछन् एक महिला र पुरूष विडम्बना समाज तथा समग्र देशमा अझै पनि पुरातन सोच रिति रिवाजलाई अगाल्दै आएर तल्लो जात र माथिल्लो जात भनेर विभेद गर्दछन् ।

रङ्ग उस्तै ,रगत उस्तै ,बोलि उस्तै ,उस्तै पहिरन , उस्तै जन्मिदा सबै नाङ्गै जन्मिने अनि यो धर्तीमा पाइला टेक्ने प्रकिया पनि उस्तै तर यो विभेद किन ? अहिले को समयमा हेर्ने हो भने अन्तरजातीय प्रेम बिबाह दिनानुदिन बढ्दै गएको सुन्न र देख्न सकिन्छ ।

अस्ति भर्खर नै केटि परियार र केटा बाहुन बिच अन्तरजातीय बिबाह भयो तर पारिवारिक र सामाजिक टचर भएका कुरा सुन्नमा आएको थियो । हिन्दु बाह्मण सदियौ देखि चल्दै आएको जात व्यवस्थाले गर्दा हाम्रो समाजमा मानिसलाई मानव को दर्जा न दिदा कलिला मुना अर्थात यो देशका जनशक्ति र भोलिका कणधार सामाजिक बहिष्कार हुने डरले अन्तरजातीय प्रेम कै कारण कति ले ज्यान गुमाएको सुनेका छौ ।

साथै हिजो जस्तै लाग्छ ( रूकुम सोति घटना ) अन्तरजातीय प्रेम गरेकै कारणले ६ जनाको ज्यान गयो ,देशकै एक सदन ततायो तर न्याय मुलुक भएन त्यो घटना लगतै सुर्खेत मा पनि सम्झना परियार रविक बिच प्रेम बिबाह हुदा केटिले पोहिजम खाहेर ज्यान गयो त्यो लगत्तै बाग्लुङ मा मिरा परियार र क्षेत्रि बिच प्रेम सम्बन्ध हुदा पारिवारिक सल्लाह न मिल्दा ज्यान गयो साथै यस्तै घटना देश भर दिनप्रतिदिन बढ्दै गएका छन् मानवलाइ मानव भनेर स्विकार्नुलाई हामी फेरि यो जात व्यवस्थालाई कागजि नोटमा मात्र नभएर प्यवहारिक रूपले लागू गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

पवित्र प्रेम भन्दा ठुलो जात हुदैन गर्न्थले मानिस बनाएको होइन ,मानिसले गर्न्थ बनाइएको हो । परिवर्तन हुनुपर्छ पनि भन्छन तर परिवर्तन को सुरुबात गर्दा पनि नानाथरी आलोचना र दुख , अन्तरजातीय बिहे गरेका अनेक जोडिहरूलाई माया गरेको मान्छे त पाउँछन् तर परिवारबाट टाढिनु पर्ने परिवार समाजसग को नाता तोडनु पर्ने घर निकाला पनि भए यसको कारण जातकै आधारमा छुवाछूत गर्नु मानव सभ्यताको नाममा धज्जि उडाउनु हो ।

पशुहरूले त एकअर्कालाइ छुवाछूत गर्दैन्न भने हामि त मानव सभ्यताको कलंकको रूपमा रहेको जातीय विभेदले गर्दा समाज तथा समग्र विश्वमा अन्तरजातीय प्रेम बिबाहले गर्दा नै दर्दनाक र अन्यायपूर्ण अवस्था खडा गरेको छ ।

आज पनि जातकै कारण यसरि समाजमा अनि घरपरिवारले लखेट्छन मानिस ठुलो दिलले हुन्छ जातले हुदैन खोइ यो समाज र समग्र बिश्वले बुझेको मलाई मेरो मनमा खेलेको कुरा गर्न चाहे माओवादिले धेरै परिवर्तन गरेको थियो गरिब, निमुखा असाय र जातिय छुवाछूत को अन्त्यको लागि माओवादि लडेकै थियो समाजमा शान्ति हो भन्ने नारा सहित माओवादि लडेको थियो । परिवर्तन भएको देखिएन भन्ने ले जे सुकै भने पनि मेरो विचारमा समाज परिवर्तनको लागि माओवादि सरकार आउनुपर्छ ।

निष्कर्षमा भन्नू पर्दा जातीय विभेद अन्त्य गर्न विभिन्न माथिल्लो पदमा बस्नुहुने आग्रज व्यक्तिहरू र जनसमुदाय मा बस्नुहुने सम्पूर्ण जनशक्तिहरूले यसको बुलन्द विरोध गर्नु पर्ने देखिन्छ ।

लेखक : प्रियंका पन्थी
ठेगाना : रेसुङ्गा नगरपालिका ५ लामडाँडा गुल्मी

SHARE