वर्षाले क्षति पु¥याएको पुलको अनुगमन

0
290

सुशीला रेग्मी
असार २२,०७८ पाल्पाःनवलपुरको बौदीकाली गाउँपालिका वडा नं २ डेढगाउँ र घिरिङ गाउँपालिका तनहुँ जोड्ने कालीगण्डकीको खर्र्साङ्घाटको पक्की पुलमा बाढीले क्षति पुगेको स्थलगतको अनुगमन निरीक्षण गरिएको छ । प
क्षति पुगेको ठाउँमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरीटेण्डिन इन्जिनियर, बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना, उपाध्यक्ष माया श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदी, सडक डिभिजन कार्यालय तनहुँका प्रमुख अमित श्रेष्ठ, इन्जिनियर नारायण पौडेल, निर्माण व्यवसायी अकल तामाङ, पत्रकार लगायतको टोलीले स्थलगत अनुगमन निरीक्षण गरेको हो ।
गत जेठ ३१ गते राती करिव ८ वजेको समयमा नदीमा आएको बाढीले तनहुँतिरको भागमा क्षति पु¥याएको छ । जगदेखि नै पुलको आरसीसी पर्खाल भत्किएपछि आवतजावत नै बन्द भएको छ । करिव तीस मिटर जति आरसीसी पर्खाल सबै भत्किएको छ । पुनः निर्माण तथा मर्मत कार्यका करिव ६० देखि ७० लाख बराबरको रकम लाग्ने हिमदुङ एण्ड थोकर कन्ट्रक्सन प्रालिका इन्जिनियर राजन रिजालले बताए ।
क्षति पुगेको पुलको मर्मत कार्य संचालन गरेर छिटो भन्दा छिटो संचालनमा ल्याउन सम्बन्धित निकाय, निर्माण व्यवसायीलाई अनुरोध गरिएको बौदिकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले बताए । आरसीसी पर्खाल भत्किएपछि आउने जाने सडकमार्ग नै बन्द हुन पुग्दा स्थानीयले निकै सास्ती खेप्नु परेको गाउँपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठ बताउछिन ।
पुलमा क्षति पुगेपछि बिरामीलाई अस्पतालसम्म उपचारका लागि लैजान, अति आवश्यक कामकाजमा निस्कन समस्या परेको बौदिकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।
“पुलमा क्षति पुगेपछि सवारी साधन नै ठप्प छ, केही दिन अघिमात्रै कोभिडका बिरामीलाई पोखरा अस्पतालमा लैजान पाल्पाको रामपुर हुदै स्याङ्गजाको चापाकोट, साँखर, तनहुँको बाटो प्रयोग गरेर निकै दुखका साथ २१ घण्टाको समय लगाएर बिरामी पठाउनु परेको छ” प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने ।
मोटरेवल पुलमा क्षति पुगेपछि सवारी साधन संचालन तथा मालसामान ओसारपसार गर्न समस्या परेको डेढगाउँका व्यापारी तुलबहादुर गाहा बताउछन् । पुलमा क्षति पुगेपछि सवारी साधन बन्द हुदा मजदुर खोजेर सामान बोकाउनुपर्ने अवस्था आएको छ । क्षति पुगेको पुलको मर्मत गरेर छिटो पुल संचालमा ल्याउन व्यापारी केशव दरैको अनुरोध छ ।
हिमदुङ एण्ड थोकर कन्ट्रक्सन प्रालि काठमाण्डौँले ठेक्का लिएर पुल निर्माण गरेको हो । २०७४ सालमा पुल निर्माण सम्पन्न भई निरन्तर संचालनमा आएपछि गाउँघरमा उत्पादन भएका कृषिजन्य सामग्री भिमाद, पोखरा लगायतका बजारमा लैजान, पोखरा, भिमाद लगायतका बजारबाट विभिन्न सामग्री गाउँघरमा ओसारपसार गर्न धेरै सहज भएको थियो । नवलपुरतिरको भागको आरसीसी पर्खाल पनि दबिएको छ । पुलमा तत्काल अस्थायी भएपनि वारपार गर्न मिल्ने गरी काम गर्न स्थानीयले दबाब दिएका छन् ।

SHARE