पाल्पामा लोडर दुर्घटनामा एकको मृत्यु

0
86

जेठ २५,२०८१पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका(८ कञ्चन खोलामा लोडर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दियाको बागडोरी गाउँपालिका(६ का २६ वर्षीय कमल चौधरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो। गम्भीर घाइते उहाँको रूपन्देहीको बुटवलस्थित चौराह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

लोडर चालक कैलालीको घोडाघोडी गाउँपालिका(२ का ३० वर्षीय समीर चौधरी गम्भीर घाइते हुनुभएको छ। उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ।​

पाल्पास्थित सालझण्डी(ढोरपाटन सडकखण्डमा सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बरको लोडर दुर्घटना भएको थियो। ब्रेक फेल भई सडकभन्दा २० मिटर तल खोलामा खसेको श्रेष्ठले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ .

SHARE