Thursday, June 4, 2026

बाटो खन्ने क्रममा स्काभेटर पल्टियो ः पुर्णरुपमा क्षती

0

असोज १३, २०७६ गुल्मी ः गुल्मीमा बाटो खन्ने क्रमममा स्काभेटर पल्टिएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ कोटकोटेरी भन्ने स्थान मोटरबाटो खन्ने क्रममा स्काभेटर पल्टिएको हो ।
बाटो खन्ने क्रममा बा २ क ५५५४ नम्बरको स्काभेटर पल्टीएर पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । । मनकामना मोडल इन्जीनियरिङ प्रालिको नाममा रहेको स्काभेटरले श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले काम गरिरहेको थियो ।
श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले इस्मा गाउँपालिका मैदानबाट सोहि ठाउँकै कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटोमा काम भइरहेको थियो । बाटो खन्ने क्रममा एक्कासी पल्टिए पछि चालक फर्सुराम पाण्डे भने हाम फालेर बाच्न सफल भएको श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले जनाएको छ ।
सडक खन्ने क्रममा पल्टिएको स्काभेटर एक सय मिटर पल्टिएको प्रहरीले जनाएको छ । जमिन दबिएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको घलेले जानकारी दिए ।

 

सुनको मूल्यमा गिरावट

0

असोज १३, २०७६ काठमाडौंः उत्तारचढाव भइरहेको सुनको मूल्य घटस्थापनाको भोलिपल्ट पनि घटेको छ। केही दिनदेखि सुनको भाउ घटिरहेको छ। सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ६९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर ८४० रुपैयाँ निर्धारण गरिएको छ। आइतबार छापावाल सुन प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला सुन ६९ हजार ९०० रुपैयाँ रहेको थियो। चाँदी भने ८४५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ।

झापामा भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद

0

असोज १३, २०७६ भद्रपुर, झापा ः अर्जुनधाराबाट ठूलो परिणाममा विस्फोटक पदार्थ बरामद गरिएको छ। बरामद गरिएको स्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले आइतबार राति अर्जुनधारा नगरपालिका–१ स्थित एक घरमा भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरीका अनुसार बमका लागि आवश्यक निओजेल नाइन्टी ९हाइ एक्सप्लोसिभ० लगायतका वस्तु बरामद भएको छ। बरामद गरिएको विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। विस्फोटक पदार्थको विषयमा सोमबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। उनले भने, ‘बरामद गरिएको विस्फोटक पदार्थमा बम बनाउन प्रयोग हुन्छ, बाँकी कुरा पत्रकार सम्मेलनमै जानकारी गराउने छु।’ जिल्लामा श्रंखलावद्ध रूपमा बम विस्फोटका घटना हुन थालेपछि झापा प्रहरीले विप्लवका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ वर्षीय प्रवीण मिश्र ‘मनिष’, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरेको छ। उनीहरूकै बयानको आधारमा अर्जुनधारामा भण्डारण गरी राखिएको विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले बताएको छ।

सरकारकै संरक्षणमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट ः गगन थापा

0
फाइल फोटो

असोज १२, २०७६ काठमाडौं ः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको संरक्षणमा चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन्। पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता थापाले शाहीमाथि कुटपिटको घटना सरकार फासिष्ट हुँदै गएको संकेत भएको दाबी पनि गरेका छन्। दशैँको अवसर पारेर आइतबार काठमाडौंमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी उनले सरकारले कानुन बनाएर, एकपछि अर्को नागरिकको स्वतन्त्रताको हनन् गर्दै अधिनायकवादी शासन ल्याउन खोजिरहेको पनि बताए। ुहिजो चितवनको घटना हेर्नुस्, एउटा नागरिक नेपालको कुनै ठाउँको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्वारा संरक्षित तथा सरकारका मानिसहरुको आह्वानमा उसको ज्यान लिने गरी कुटपिट गरिन्छु, थापाले आक्रोशित हुँदै भने, ुआज त्यही पार्टी कार्यकर्ताबाट हिजो जे भएको छ, ठिकै भएको छ भनेर वक्तव्य निकाल्छ।’ नेता थापाले सरकारले व्यक्तिको स्वतन्त्रता खोस्न नमिल्ने बताए। ‘सरकारले यसरी व्यक्तिको बोल्ने स्वतन्त्रता, उसको सम्पत्तिमाथिको स्वतन्त्रता खोजेर फासिष्ट बन्ने संकेत गर्दैछ,’ उनले भने। नेता थापाले सत्तारुढ नेकपासँग विचारनै नभएकाले पनि सरकारको कामकार्वाही प्रभावकारी हुन नसकेको दावी पनि गरे। नेता थापाले सरकारले संसदमा ल्याएको दर्जनौ कानुन संविधान विरोधी भएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पारेका छन्। थाहाबाट

गाउँपालिका भवन उद्घाटन गर्न जाँदा मिनेन्द्रलाई अवरोध

0

असोज १२, २०७६ तनहुँ ः तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजाललाई स्थानीय युवाहरुको समूहले अवरोध गरेको छ। सरकारी भवनमा राजनीतिक रंग नदिइ उद्घाटन गर्नुपर्ने आफूहरुको मागलाई बेवास्ता गर्दै कांग्रेसका नेता ल्याएपछि अवरोधमा उत्रिनुपरेको उनीहरुले जनाएका छन्। भवन उद्घाटनका लागि जाने क्रममा रिजालले बाटैमा अवरोधको सामना गर्नुपरेको हो। नेकपाका कार्यकर्तासहितले गरेको अवरोध छिचोल्दै उनी रिसिङ पुगेर भवन पनि उद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। आफूलाई बाटैमा छेक्न खोजिएपछि नेता रिजालले त्यसको विरोध गरेका छन्। ुप्रधानमन्त्री केपी ओलीको विरोधमा कालो झण्डा देखाउनेलाई पक्राउ गर्ने अनि अन्य पार्टीका नेता कार्यकर्ताको बाटो छेक्न कार्यकर्ता उत्रार्ने कस्तो शैली होरुु, रिजालले प्रश्न गरे। यसैबीच तनहुँ गृहजिल्ला भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रिजालको बाटो छेक्नहरुलाई मण्डलेको संज्ञा दिएका छन्। ुनेता रिजाललाई नेकपाका कार्यकर्ताले मण्डले शैलीमा अवरोध गरेका छन्ु, उनले भनेका छन्, ुगाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवन उदघाटन रिजालबाट गराउने निर्णय भएको थियो। यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो।ु पौडेलले नेकपा कार्यकर्ताहरुले आफ्नो गाउँपालिका भवन उद्घाटनका लागि बसेका जनतामाथि अपमान गर्दै भवन उदघाटनका लागि गएका नेताको बाटो छेकेको दाबी गरेका छन्। ुनेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन्। पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भर्त्सना गर्दछुु, उनले भनेका छन्,ुसत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन्।ु रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फासीवादी शैलीमा अवरोध गरेको उनले जिकिर गरेका छन्। ुयस्ता मण्डले शैलीमा हुने गतिविधि नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारविरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछु, पौडेलले भनेका छन्।
थाहाबाट

मुटु दिवसमा कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच

0

असोज १२ , २०७६ गुल्मी ः गुल्मी कारागारका कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको आयोजनामा जिल्ला कारागार गुल्मीका कैदीबन्दीहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको हो ।
मेरो प्राण मेरो मुटु’ भन्ने नाराका लेखिएका प्लेकार्ड सहित सदरमुकाम तम्घासमा प्रभात फेरि पनि गरिएको थियो । प्रभात फेरिपछि जिल्ला कारागार गुल्मीमा रहेका ८३ जना कैदी बन्दीहरुको स्वास्थ्य जाँच गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेयले जानकारी दिए ।
तनावपूर्ण अबस्थामा रहेका बन्दीहरुलाई तनाव रहित बनाउन र स्वस्थ्य अबस्थामा पनि जानकारी लिनको निम्ति बन्दीहरुको सामुहिक स्वास्थ्य जाँच गरिएको पाण्डेले बताए । कारागारमा रहेका बन्दीहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिने र उनीहरुको स्वस्थ्य बारे सबैको चासो छ है भन्ने उदेश्यले स्वस्थ्य शिबिर राखिएको पाण्डेयले बताए ।
बन्दीहरु सामान्य बिरामी हुँदा बाहिर चेकजाँच गर्न निस्कन नमिल्ने भएकाले सामुहिक रुपमा चेकजाँच गरिएको पाण्डेयको दाबी छ । बन्दीहरुलाई गरिएको चेक जाँचमा १७ जनाको स्वस्थ्य अबस्था थप चेक गर्न पर्ने भएकाले गुल्मी अस्पतालमा पठाइएको हो ।


स्वस्थ्य शिबिरमा गुल्मी अस्पतालका तीन जना बिशेषज्ञ डक्टरहरु सहित ६ जनाले चेक जाँच गरेका थिए । कार्यालयमा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले तनाव रहित अबस्थामा दैनिकी बिताए स्वस्थ्य रहन सकिने बताएका थिए ।
स्वस्थ्य मुटु राख्न नियमित खानापान देखि योगाको आबश्यकता रहेको बताए । रोग लागेर उपचार तर्फ भन्दा पनि रोग नै लाग्न नदिने गरि सजकता रहन ध्यानदिनुपर्नेमा जोड दिए ।
कारागारमा रहेका कैदीबन्दीहरुको स्वस्थ्य जाँच गर्ने उदेश्यले राखिएको शिबिरले बन्दीहरुको स्वस्थ्य अबस्था बारे जानकारी लिन सहज हुने बताए । उनले यस्ता कार्यक्रहरु गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए ।
शिबिरमा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित बिभिन्न कार्यालयका सुरक्षा नियका प्रमुख, संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कारागारमा केहि महिना अधि जिल्ला प्रशासन कार्यालय गुल्मीले योग शिबिर र हाउस वयररिङ्गको तालिम समेत रोखेको थियो ।


२५ जनाको क्षमताको कारागार गुल्मीमा १ जना आश्रीत बालिका सहित ३ जना महिला ८० जना पुरुष गरि ८३ जना बस्दै आएका छन् । कारागार गुल्मीमा कैदीबन्दीहरुलाई आत्मा निर्भर बनाउने उदेश्यले बिभिन्न समयमा तालिमहरु गरिदै आएको छ ।

दुर्घटना न्यूनीकरणका लागि शुभकामना दिदै चालक र यात्रुलाई बिदाई

0

 

 

असोज १२ , २०७६ गुल्मी ः चाड पर्वको बेला दुर्घटना न्यूनीकरण गर्न गुल्मीबाट छुट्ने सवारी चालक र यात्रुलाई फुलमाला लगाएर बिदाई गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनीकरण गर्नको लागि सुरु गरेको कार्यक्रममा तम्घासबाट बुटवलका लागि छुट्ने बसका चालक, सहचालक र एकजना यात्रुलाई फुलमाला लगाएर सुरक्षित यात्राको शुभकामना दिएर बिदाई गरिएको छ ।
जिल्लाको बसपार्कमा एक कार्यक्रमको आयोजना गरेर तम्घासबाट बुटलवका लागि छुट्ने लु २ ख ५७९ नम्बरको बसका चालक, सहचालक र एक जना यात्रुलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले फुल माला अभिर लगाएर सुरक्षित यात्राको शुभकामना दिदै बिदाई गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले चाडपर्वको बेला हर्ष उल्लासले हिड्ने बेलामा दुर्घटना नहोस भन्ने सन्देश दिन चालक,सहचालक र यात्रुलाई जिम्मेरवार बनाउन कार्यक्रम सुरु गरिएको बताए ।


दुर्घटना हुनुमा बिभिन्न खालका तनाव लगायत एक आपसमा समन्वयको कमीले पनि बढने भएकाले सबै पक्ष जिम्मेवार बनेर सुरक्षित यात्रा गर्न गराउन आग्रह गरे । तनाव रहित अबस्थामा सवारी चलाउने र सत व्यवहार गरेर यात्रा गराउन गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे । महान पर्वमा अत्यन्तै उल्लास पूर्ण अबस्थामा हुने यात्रालाई सुखद र गनतव्यमय बनाउनको निम्ति कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
जिल्लाको सदरमुकाम तम्घासमा दशैं वर्षलाई मध्यनजर राखेर नागरिक सहायता कक्ष पनि स्थापना गरिएको छ । जिल्लाको बसपार्क र उदिनढुंगा गरि २ वटा स्थानमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको हो ।
सहयाता कक्षको प्रमुख जिल्ला अधिकारी पौडेलले शुभारम्भ गरे । चाडपर्वमा आउने यात्रुहरुलाई सहज बनाउनको निम्ति सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक प्रबिन आचार्यले बताए । सहायता कक्षमा बस्ने प्रहरीले यात्रुहरुको यात्रालाई सहयोग गर्ने प्रहरीले जनाएको छ ।

बर्दियामा बढ्यो बालविवाह

0

विमला ढकाल, असोज १२ , २०७६ बर्दिया ः
बर्दिया जिल्लामा पछिल्लो समय बालविबाह बढ्दै गएको छ । उमेर नपुगी धेरै किशोर किशोरीहरुले बालविबाह गर्ने गरेका छन् । केहि समय अघि परिवारका कारण हुने गरेको बालविवाह क्रमीक रुपमा घट्दै गएपनि किशोर किशोरीहरु स्वस्र्फुत यो चपेटामा पर्ने गरेका छन् ।
अहिले १० देखि १९ बर्ष मुनिका बलबालिकहरुले बालविवाह गर्ने गरेको पाईएको छ । विशेष गरी वालिका र महिलाको सवालमा वालविवाहले एउटै मात्र अधिकारको उल्लघंन नगरी उनीहरुको जीवनचक्रमा थुप्रै अधिकारको उल्लघंन श्रृखला सृजना गरी थप हिंसामा पर्ने अवस्थालाई निम्त्याइ दिन्छ ।
वालविवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एशियामा बालविवाहमा हिसाबबाट नेपाल बंगलादेश र भारत पछिको तेश्रो स्थानमा रहेको छ । २०६८ मा गरिएको जनगणना अनुसार विवाहित जनसंख्याको तथ्याङ्कले १० देखि १९ वर्ष भित्र विवाह गर्नेको संख्या जम्मा विवाहित जनसंख्याको ४८।९५ प्रतिसत देखाएको छ ।
चेतनाको अभाव, सहि सूचनाको अभाव, विद्यालय पहँुचको अभाव, किशोरीका लागि सुरक्षाको अभाव तथा सामाजिक वहिस्कार जस्ता पक्षहरुले गर्दा वालविवाह भइरहेको छ ।
कानुनले बन्देज गरेपनि बालविवाह भने बढ्दै
अहिले विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ । उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा वालवालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र दश हजार रुपैंयासम्म जरिवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।
बाल विवाहले समाजमा धेरै जोखिमता निम्त्याएको छ । बालविवाहले उनीहरुलाई शिक्षावाट वञ्चित गराउनुको साथै अर्निणयको बन्दी बनाएको छ । मातृ स्वास्थ्य तथा उनीहरुको स्वास्थ्यमा असर गरेको छ भने घरेलु हिंसा बढाउन उत्तिकै भुमिका खेलेको छ ।
बालबिवाह न्यूनीकरणका लागी तीनै तहका सरकारले कानुन बनाएर अघि बढिरहेका छन् उहाँले भन्नुभयो कानुनि जटिलता हुदाहुदै पनि गुपचुप रुपमा बालविवाहका घटना बढ्दै गईरहेका छन् । स्थानिय समुदाय आफै अग्रसर नभएसम्म बालविवाह न्युनिकरण गर्न नसकिले उहाँले बताउनुभयो ।
अहिले बर्दिया जिल्ला अदालतमा बालविवाहका घटना न्युन मात्रामा मात्रै दर्ता हुने गरेका छन् । कानुनको भागीदार भईने भन्दै स्थानिय समुदायले बालविवाहलाई गोप्य राख्ने गरेका छन् । स्थानियले कानुनको बेवास्था गरि कानुन पालना नगर्नाले पनि बालविवाह न्युनिकरण हुन नसकेको हो ।
विद्यालयबाटै विवाह
उमेर नपुग्दै बिहे गर्नेमा स्कुले बालबालिका रहेको पाइएको छ । बर्दियाका विभीन्न पालिकाहरुमा आठ–नौ कक्षाका विद्यार्थीले बिहे गर्ने गरेको पाइएको जनप्रतिनीधिले जनाएका छन् । बर्दियामा कक्षा ९ र १० मा विद्यालय छाड्ने छात्राको संख्या बढ्दै गएको पाइएको छ ।
अभिभावकले असहमति जनाए पनि बालबालिकाले बिहे गर्ने गरेको उनिहरुको भनाइ छ । स्वास्थ्य संस्था अनुगमनका क्रममा १४–१५ वर्षमै आमा बन्ने गरेको पाइएको छ ।
बाहविवाह न्युनिकरणको पहल जारी
अहिले बर्दिया जिल्लामा बालबिवाह न्यूनिकरणका लागि प्रयासहरु नभएका भने होइनन् । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहकार्य र साझेदारीमा बालविवाह विरुद्धको अभियान चलिरहेको छ ।
बढ्दै गईरहेको बालबिवाह न्युनिकरणका लागी बर्दियाको सदरमुकाम गुलरीयामा केन्द्रिय कार्यालय रहेको दलित महिला संघले बिशेष प्रयास गर्दै आएको छ ।
बर्दियाका ४ वटा नगरपालिकामा बालविवाह न्युनिकरणका लागी सञ्जाल गठन गर्ने क्रममा विहिबार ठाकुरबाबा नगरपालिकामा उक्त सञ्जाल गठन गरिएको छ । बर्दिया जिल्लाका ४ वटा नगरपालिका ठाकुरबाबा, गुलरीया, मधुवन र राजापुरमा बालबिवाह न्युनिकरणका लागी पहल थालिने दलित महिला संघका कार्यक्रम संयोजक देविका केसीले जानकारी दिनुभयो ।
उक्त गठित समितीले ठाकुरबाबा नगरपालिकामा बालविवाह न्युनिकरणका लागी बिभीन्न चरणमा स्थानियहरु संग छलफल गर्ने जनाईएको छ । यसअघि ठाकुरबाबा नगरपालिकामै किसोर किसोरीहरुको नगर स्तरीय सञ्जाल गठन गरिसकिएको छ ।
यस्तै बर्दियाका बिभीन्न पालिकाहरुले पनि बालविवाह न्युनिकरणका लागी पहल थाल्दै आएका छन् । जनप्रतिनीधिहरुले विद्यालय स्तरमा बालबालिकाहरुलाई सचेत बनाउन विद्यालयमै पुगेर सचेतिकरण गर्ने गरेका छन् ।
स्थानिय तहको निर्वाचन भैसकेपछि जनप्रतिनीधिहरुको प्रयासममा बाहविवाह केहि हद सम्म कम भएपनि अझै बालविवाह गर्ने क्रम भने बढ्दो छ ।

बालवालिका आफै सचेत नभएसम्म बालविवाह न्युनिकरण गर्न अम्भब
बालबाहिकाहरु स्कुल पढ्दा पढ्दै प्रेम विवाह गर्ने गरेका छन् । बर्दियामा यस्ता थुप्रै उदाहरणहरु छन् । बालवालिका आफै सचेत नभएसम्म बालविवाह न्युनिकरण गर्न असम्भब हुने केहि अगुवाहरुले बताएका छन् ।
जब सम्म विवाह गर्ने उमेर समुहका किसोर किसोरी हरु म विवाह गर्दैन भनेर सचेत हुदैनन् तव सम्म समाजमा कुरीतीका रुपमा जरा गाडेर रहेको बालबिबाह न्युकिरण गर्न नसकिने परिस्थीती सिर्जना भएको उनिहरुले बताएका हुन् ।
ठाकुरबााब नगरपालिकाका नगरउपप्रमुख कृष्णा कुष्मा थारुले बालबिबाहका कारण समाज प्रभावित भैरहेको बताउनुभयो । पछिल्लो समय मागी भन्दा पनि भागी विवाह बढ्दै गएको छ उहाँले भन्नुभयो । यसलाई सामाजीक सस्कारले समेत प्रभाव पारेको छ ।
बढ्दै गईरहेको बालविवाह न्युनिकरणका लागी विवाह गर्ने उमेरका किशोर किशोरीहरु नै सक्रिय हुनुपर्ने देखिएको छ । समाजमा बाधक बनेर रहेको बालविवाह न्युनिकरणमा शिक्षक, बिद्यार्थि तथा अभिभाबकका साथै स्थानिय सरकार समेत सक्रय भएर लाग्नु पर्छ ।
सबैको सक्रिय प्रयासमा बालबालीकाहरुलाई सचेत बनाएर सानो उमेरमा विवाह गर्दा हुने समस्याका बिषयमा सचेतना जगाउन सकियो भने क्रमीक रुपमा बालविवाह न्युनिकरण हुदै जानेमा बर्दियाका केहि अगुवाहरुले बिश्वास लिएका छन् ।

तरकारी खेति बाटै जिविकोपार्जन

0

 

विमला ढकाल, असोज १२ , २०७६ बर्दिया ः

बारीमा लटरम्म फलेको टमाटर, काउली अनि खुर्सानी पनि । झण्डै १० कठ्ठा जती जमीनमा फैलिएको करेसाबारी । मौषमी तथा बेमौषमी दुवै सिजनमा तरकारी लगाईएको हुन्छ । बढि जसो त टनेलमा तरकारी लगाईएको देख्न सकिन्छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँकी बृहस्पति थारु दैनिकी प्रायः करेसाबारीमै बिताउछिन् । थारुले ३ वर्ष अघिबाट नयाँ तरिकाले खेती गर्न थालेकी हुन् । उनले टनेल बनाएर तरकारी खेती गर्छिन् । बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण नहुने भएकाले यसरी खेती गर्न थालिएको उनले बताइन् । बेमौसमी तरकारी लगाउँदा मूल्य पनि धेरै पाइन्छ, सिजनल तरकारीको मूल्य नै पाइँदैन’ उनले भनीन् ‘व्यवसायिक रुपमै खेती गर्ने हो भने त टनेल चाहिँदो रहेछ ।’ बारीमा अहिले पनि टनेलभित्र तरकारीका बेर्ना रोपीएका छन् ।

बृहस्पती बेर्ना बेचेरै पनि एक सिजनमा बढिमा १० देखि १२ हजार सम्म आम्दानी गर्छिन् । बारीमै तरकारीका बेर्ना लिन थुप्रै मान्छे आउने गरेको उनले बताइन् । लहरे बालीका लागि स्थायी प्रकृतीको झाल बनाइएको टनेलभित्र प्रत्येक बिरुवाको जरामा थोपा प्रबिधिबाट सिचाई गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । उक्त तरकारी खेतीमा गाईभैसीको गहुँत संकलन गरेर बिषादीको रुपमा प्रयोग गर्ने गरिन्छ । खुल्ला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनको भनाई छ । बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरण्ीाय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनु पर्दछ । यसका लागि प्लाष्टिक घर एक मुख्य प्रविधिको रूपमा रहेको छ । प्लाष्टिकको घर भित्र बर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिन्छ । बृहस्पतिले मौषमी तथा बेमौषमी दुबै खेति गर्दै आएकि छिन् । एक सिजनमा उनि झण्डै ८० देखि ९० क्विन्टल सम्म त टमाटर मात्रै विक्री गर्छिन् । आज सम्म उनले टमाटर बढिमा एक किलोको ८० रुपैया सम्म बिक्री गरेकि छिन् । उत्पादन गरेको तरकारी स्थानिय बजारमै खपत हुन्छ । पहिले नगरपालिकामा तरकारी संकलन केन्द्र नहुदा धेरै तरकारी त खेर जान्थ्यो । कति त गाई भैसिले नै खान्थे । तर अहिले तरकारी संकलन केन्द्र सञ्चालनमा आएपछि धेरै सजिलो भएको थारुले बताइन् ।

उत्पादन गरिएको तरकारी संकलन केन्द्रले नै खरिद गरिदिन्छ । ३ बर्ष अघि देखि ब्यबसायिक रुपमा तरकारी खेति सुरु गरेकी थारुले अहिले बिदेश गएका आफ्ना श्रीमालाई पनि नेपाल फर्काउन सफल भईन् । उनका श्रीमान अहिले बारीमै सघाईरहेका छन् । अहिले उनले भैसि पालन समेत सुरु गरेका छन् । ३ बर्ष विदेश बसेर फर्किएका बृहस्पतीका श्रीमान मायाराम थारु अब विदेश जाने योजना नभएको बताउछन् । बिदेश जाने युवाहरुलाई पनि उनि आफ्नै भुमीमा पसिना बगाउन अनुरोध गरिरहेका छन् । बृहस्पति पनि थोरै तरकारी लगाउने ब्यक्तीलाई टोकरीमा तरकारी बिक्री नगरेर अब ब्यबसायिक रुपमा तरकारी उत्पादन गर्न सुझाब दिन्छीन् । आफ्ना श्रीमानलाई नेपाल फर्काउन सफल भएकोमा बृहस्पति धेरै खुसी पनि छिन् ।

३ बर्ष अघि उनले प्रधानमन्त्री कृषी परियोजना अन्तरगत समुह मार्फत अनुदान पाएनि थिइन् । समुहमा ४५ जना कृषक रहेका छन् । बृहस्पति नगरकै उत्कृष्ठ कृषक मध्यमा पछिन् । उनि जस्तै कृषीबाटै जिवीकोपार्जन गरिरहेका अन्य कृषकहरु समेत छन् । उनिहरु पनि आधुनीक तरिकाबाट ब्यबसायिक रुपमै कृषी खेति गर्नुपर्ने बताउछन् । बर्दियामा पछिल्लो समय आधुनिक पद्दतिबाट तरकारी खेती गर्ने क्रम बढेको छ । धेरै कृषकले टनेल खेति र थोपा सिचाई प्रयोग गर्दै आएका छन् । व्यसायिक रुपमै तरकारी खेती गर्न किसान आकर्षित भएपछि नयाँ नयाँ पद्दतिको प्रयोग बढेको हो ।

गुल्मीमा कुटपिटबाट एक जनाको मृत्यु

0

असोज १२ , २०७६ गुल्मी ः
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिका वडा नं ६ खडकोटका ६४ बर्षिय दुर्गादत्त ढकाललाई स्थानीय ४५ बर्षिय टोपबहादुर सार्कीले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार सार्कीलाई प्रक्राउ गरीएको र शबलाई पोष्टमाटमका लागि पाल्पा लैजाने तयारी भइरहेको जानकारी दिए । घलेका अनुसार उनीहरुको पहिले देखिनै आपसी बिबाद रहदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै सार्कीलाई कर्तब्य ज्यान संबन्धी मुद्धा दर्ता गर्ने तयारी भएको घलेले बताए ।