दुर्घटना न्यूनीकरणका लागि शुभकामना दिदै चालक र यात्रुलाई बिदाई

0
452

 

 

असोज १२ , २०७६ गुल्मी ः चाड पर्वको बेला दुर्घटना न्यूनीकरण गर्न गुल्मीबाट छुट्ने सवारी चालक र यात्रुलाई फुलमाला लगाएर बिदाई गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनीकरण गर्नको लागि सुरु गरेको कार्यक्रममा तम्घासबाट बुटवलका लागि छुट्ने बसका चालक, सहचालक र एकजना यात्रुलाई फुलमाला लगाएर सुरक्षित यात्राको शुभकामना दिएर बिदाई गरिएको छ ।
जिल्लाको बसपार्कमा एक कार्यक्रमको आयोजना गरेर तम्घासबाट बुटलवका लागि छुट्ने लु २ ख ५७९ नम्बरको बसका चालक, सहचालक र एक जना यात्रुलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले फुल माला अभिर लगाएर सुरक्षित यात्राको शुभकामना दिदै बिदाई गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले चाडपर्वको बेला हर्ष उल्लासले हिड्ने बेलामा दुर्घटना नहोस भन्ने सन्देश दिन चालक,सहचालक र यात्रुलाई जिम्मेरवार बनाउन कार्यक्रम सुरु गरिएको बताए ।


दुर्घटना हुनुमा बिभिन्न खालका तनाव लगायत एक आपसमा समन्वयको कमीले पनि बढने भएकाले सबै पक्ष जिम्मेवार बनेर सुरक्षित यात्रा गर्न गराउन आग्रह गरे । तनाव रहित अबस्थामा सवारी चलाउने र सत व्यवहार गरेर यात्रा गराउन गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे । महान पर्वमा अत्यन्तै उल्लास पूर्ण अबस्थामा हुने यात्रालाई सुखद र गनतव्यमय बनाउनको निम्ति कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
जिल्लाको सदरमुकाम तम्घासमा दशैं वर्षलाई मध्यनजर राखेर नागरिक सहायता कक्ष पनि स्थापना गरिएको छ । जिल्लाको बसपार्क र उदिनढुंगा गरि २ वटा स्थानमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको हो ।
सहयाता कक्षको प्रमुख जिल्ला अधिकारी पौडेलले शुभारम्भ गरे । चाडपर्वमा आउने यात्रुहरुलाई सहज बनाउनको निम्ति सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक प्रबिन आचार्यले बताए । सहायता कक्षमा बस्ने प्रहरीले यात्रुहरुको यात्रालाई सहयोग गर्ने प्रहरीले जनाएको छ ।

SHARE